×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

५ आश्विन २०८२

५ असोज , काठमाण्डौ ।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका शक्तिशाली तीन विभाग सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः मन्त्रालय मातहत नै फर्काउने भएको छ ।

Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत आउन लागेको हो भने राष्ट्रिय अनुसन्धान विभाग पनि गृह मातहत नै फर्किन लागेको हो । अब यी विभागहरू सम्बन्धित मन्त्रालयमा फर्काउन कार्यविभाजन नियमावली संशोधन हुनेछ ।

२०७४ सालको निर्वाचनपछि करिब दुई तिहाइ बहुमतसहित एमाले–माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यी विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । शक्ति केन्द्रीकरण गर्ने प्रयासस्वरूप यी निकायहरू ओलीले आफूमातहत राखेका थिए ।

तर, अनुसन्धान र अभियोजन कमजोर भएसँगै ती निकाय सम्बन्धित मन्त्रालयमै फर्काउनुपर्ने माग उठेको थियो । अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने दुई विभाग प्रधानमन्त्री कार्यालय मातहत स्वतन्त्र निकायजस्तै बनेपछि प्रभावकारी काममा समस्या आएको अर्थ मन्त्रालयको दाबी छ ।

सम्पत्ति शुद्धीकरणबारे निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्सले पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्न नहुने सुझाव दिएको थियो । अन्ततः ८ वर्षपछि ती निकाय सम्बन्धित मन्त्रालय मातहतमा आएका छन् ।

प्रधानमन्त्री कार्कीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेर फाइल पेस गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी हुन् । मन्त्रिपरिषद्को आज बस्ने बैठकले यसबारे निर्णय गर्ने भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि फिर्ता गराउने बहस चलेको थियो ।

तर उनले पनि पहल गरेका थिएनन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले पनि विभागहरूलाई पुरानै स्थानमा फर्काउने प्रयास गरेनन् । त्यो बेला मुलुक सङ्घीयतामा गएको बेलामा महत्त्वपूर्ण विभाग विकेन्द्रीकरण गर्नुपर्नेमा केन्द्रीकृत गरेको भन्दै ओलीको आलोचना भएको थियो ।

यसैबीच प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारदेखि न्यायिक जाँचुबुझ आयोग बनाउनेसम्मको तयारीमा जुटेकी छिन् । सरकार बनेको एक सातासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएकोमा प्रधानमन्त्री कार्की दबाबमा परेकी छिन् ।

गत शुक्रबारसम्म मन्त्रीहरू नियुक्त गर्ने तयारी भए पनि निर्णय भने हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीको प्रस्तावलाई केही व्यक्तिले भने मन्त्री बन्न अस्वीकार गरेका थिए । कार्कीको चाहना भएका व्यक्तिले नमानेको र केही व्यक्तिहरूले अनावश्यक चासो राखेर मन्त्रीका लागि ‘लबिङ’ गरेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा ढिला हुँदा जेन–जी आन्दोलनलाई बद्नाम गर्नेहरू बढ्न आशंकामा पनि कार्की रहेकी छिन् । त्यसैले, भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेकी छिन् । यद्यपि, नामहरू टुंगो नलागेका कारण केही दिन लम्बिन सक्ने पनि आँकलन गरिएको छ ।

जेन–जी समूहले आफ्नो तर्फबाट केही नाम प्रधानमन्त्री कार्कीलाई बुझाएको छ । मन्त्रिपरिषद् विस्तारबाहेक प्रधानमन्त्री कार्की दुईवटा निर्णय भने तत्काल नै गर्ने तयारीमा छिन् । जेन–जी आन्दोलनको क्रममा २३ र २४ भदौमा भएका घटनामाथि छानबिन गरी दोषीमाथि कारबाही सिफारिस गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने तयारी भएको छ ।

यो न्यायिक आयोगमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नाम चर्चामा आएको छ । उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ ।

Advertisement

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top