×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

सुन अहिलेसम्मकै महंगो, कति पुग्यो ?

२२ आश्विन २०८२

२२ असोज , काठमाण्डौ ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

मंगलबार सुन दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो । तर, आज उक्त रेडर्क तोडिएको हो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकड पार गरेको छ ।

आजको कारोबारमा १.५२ प्रतिशत अर्थात ५९ डलरले बढेसँगै सुनको मूल्यले ४ हजारको आँकडा पार गरेको हो ।  यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११ डलरमा भईरहेको छ ।

विश्वमा बढेको आर्थिक तथा राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।  सुनको मूल्य यतिबेला सन् १९७० को दशकपछिकै उच्च दरले बढिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल महिनामा ट्यारिफ घोषणा गरेसँगै सुनको मूल्य २५ प्रतिशतले बढिसकेको छ ।  यस्तै अमेरिकाले आर्थिक तथ्यांक सार्वजनिक गर्न गरिरहेको ढिलाईका कारण लगानीकर्ता चिन्तित बन्दा समेत सुनको मूल्य वृद्धि भईरहेको छ ।

अहिलेमात्रै होइन प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसहरू सुनसँग निकै मोहित भएको पाइन्छ । यसका विभिन्न कारणहरु रहेका छन् । यसको इतिहास हेर्दा प्राचीन इजिप्टका शासकहरुको समाधिदेखि ओलिम्पिक्स विजेताहरुको पदकसम्म मानिसहरु लामो समयदेखि सुनसंग मोहित हुँदै आएका छन् ।

राजाहरुको मुकुट होस् वा ओस्करमा पुरस्कार दिइने प्रतिमा, धेरै कुरामा सुन प्रयोग भएको देखिन्छ । सुन हाम्रो जनजीवनमा जतातातै छ, सुनौलो टिकटदेखि सुनको डिस्कसम्म । सुनको हतकडीदेखि कमेडी गोल्डसम्म सुन प्रायोगको व्यापकता छ ।

हिन्दु मान्यताकै कुरा गर्ने हो भने सुनलाई पवित्रतासंग जोडेर हेरिन्छ । मूलतः ताराहरुको अवशेषहरुमा उत्पन्न हुने यो धातुका भौतिक गुणहरु अद्धभुत छन् । यसलाई सजिलै विभिन्न आकारमा ढाल्न सकिन्छ ।

तर यो पगाल्न टिन वा लेडजस्ता धातुलाई भन्दा बढी तापमान चाहिन्छ । यसमा न खिया लाग्छ, न उगाल आउँछ । विद्युतीय उपकरणका लागि पनि उपयुक्त हुन्छ । तपाइँको मोबाइलमा सुनका सुक्ष्म अंशहरु पक्कै हालिएको हुन्छ ।

धातुहरुमा यो अलिक दुर्लभ धातु हो । वास्तवमा  पृथ्वीमा अहिलेसम्म भेटिएको सबै सुन एक ठाउँमा भेला पार्ने हो भने प्रत्येक भुजा २३ मिटर हुने एउटा घनाकार बनाउन सकिन्छ । दुर्लभ भएकाले नै सुन बहुमूल्य बनेको हो ।

हिजोआज रेस्टुराँमा तपाइँ कसैलाई सुनको सिक्कमा भुक्तानी दिन सक्नुहुन्न । तर बजार कमजोर हुँदाको अवस्थामा यो अझै पनि एउटा सुरक्षित सम्पत्ति हो । अनि देशहरुले आफ्नो शक्ति देखाउन अझै पनि सुन थुपार्ने गरेका छन् ।

तर सुनलाई नजिकैबाट नियाल्ने हो भने यसको महत्ता घट्न थाल्छ । हामी यसलाई मन पराउँछौं, तर हामी यससंग आसक्त नै छौं । सुनकै लागि स्पेनी सेना नायकहरुले अमेरिकी महादेशहरुमा आतंक मच्चाएका थिए ।

इन्का, माया र एज्टेकहरुमाथि अत्याचार गरेर उनीहरुले स्पेनका शासकहरुलाई १०० टन सुन पठाएका थिए । अहिलेको मूल्यमा त्यसलाई झण्डै ६ अर्ब डलर पर्छ । अधिकांश त्यस्तो सुन पगालियो ।

त्यसक्रममा असंख्य कलात्मक वस्तु र गरगहान मासियो । १९ औं शताब्दीमा मानिसहरु सुन खोज्न क्यालिफोर्निया र दक्षिणी अस्ट्रेलियाका विकट स्थानमा ओइरिए । केहीको भाग्य चम्कियो ।

बन्र्हाडर््ट होल्टर्मानले सन १८७२ मा अस्ट्रेलियामा २८९ केजी तौलको सुनको विशाल ढिक्का फेला पारे । आदिवासीहरुले भने नराम्रो दुःख पाए । सुनखानीका लागि उनीहरुमाथि आक्रमण भयो र उनीहरुलाई आफ्नो भूमिबाट धपाइयो ।

सुनको विवादकै कारण केही युद्धहरु भए । अझै पनि पृथ्वीबाट निरन्तर सुनको दोहन भइरहेको छ । तर सुन उत्खननमा धेरै उर्जा खपत हुन्छ । सुनखानीबाट प्रत्येक वर्ष झण्डै २.८ करोड कारहरुबाट उत्सर्जन हुनेजति नै कार्बन निस्किन्छ ।

सतर्कतापूर्वक उत्खनन नगरे नदीहरु दूषित हुनसक्छन्, जैविक प्रणाली बिथोलिन सक्छ र पारोजस्ता अतिविषाक्त प्रदूषकहरु हावामा फैलिन सक्छन् । नियमन नगरिएका साना खानीमा लाखौं मानिसहरु संलग्न छन् ।अति विपन्न देशहरुमा ससाना बच्चाहरुलाई पनि सुन खोज्ने काममा लगाएको पाइन्छ ।

मान्छेको सुनप्रतिको यो असक्तिबाट हिंसा, शोषण र विनाश भएको छ । सुनका कारण उत्पन्न नराम्रो पक्षतिर ध्यान दिने हो भने यो बहुमूल्य धातुको विवेकपूर्ण प्रयोगमा ध्यान दिन सकिन्थ्यो कि ? अनि अर्को कुरा, आफ्नो प्रिय व्यक्तिलाई जन्मदिनमा सुनको कुनै गहना उपहार दिन चाहानुहुन्छ भने सुन कसरी तपाइँको हातसम्म आइपुग्छ भन्ने कुरा सम्झिनुहोला ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top