×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

देश राजनीतिक अस्थिरताको नयाँ मोडमा पुगेको बेला ऊर्जा मन्त्री कुलमान घिसिङले वैकल्पिक शक्ति निर्माणको अभियानलाई तीव्र बनाएका छन् । ‘राष्ट्रिय उज्यालो पार्टी’ नाममा दल दर्ताको तयारी गरिरहेका उनले जेन–जी आन्दोलनको मर्म र नयाँ पुस्ताको अपेक्षा समेट्ने गरी नयाँ राजनीतिक यात्राको सुरुआत गर्न खोजेका हुन् ।

Advertisement

घिसिङले पछिल्ला दिनमा स्वतन्त्र र वैकल्पिक शक्ति निर्माणमा सक्रिय विभिन्न व्यक्ति तथा समूहसँग तीव्र संवाद थालेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन), रास्वपाका नेताहरू, धनगढीका मेयर गोपी हमाल, समाजसेवी भगवान् कोइराला, चिकित्सक सन्दुक रुइत, कूटनीतिज्ञ कुलचन्द्र गौतम, व्यवसायी शेष घले लगायतसँग छलफल भइरहेको स्रोत बताउँछ ।

घिसिङ निकट स्रोतका अनुसार पार्टीको विधान, नियमावली, घोषणापत्र र दल दर्तासम्बन्धी सम्पूर्ण गृहकार्य पूरा भइसकेको छ । प्रस्तावित दलको नाम ‘राष्ट्रिय उज्यालो पार्टी’ राख्ने तयारी गरिएको छ ।

पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति र १५ पदाधिकारी रहनेछन् । विधानको प्रस्तावनामा जेन–जी आन्दोलनको भावना, सुशासन, सामाजिक न्याय र राष्ट्रको स्वाभिमानलाई केन्द्रमा राख्दै नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको सङ्घर्षको गाथालाई निरन्तरता दिने लक्ष्य उल्लेख छ ।

घिसिङको सचिवालय स्रोतका अनुसार उनी “मन्त्रीबाट राजीनामा दिएर देशव्यापी अभियानमा जाने” तयारीमा छन् । घिसिङले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, र रास्वपा लगायत वैकल्पिक धारका दलहरूलाई एउटै मोर्चामा ल्याउने योजना अघि बढाएका छन् ।

तर ती दलहरू आफ्नै आन्तरिक विवादमा फसेकाले तत्काल सहमति जुट्न सकेको छैन । स्रोतका अनुसार, संविधान संशोधन र राजनीतिक सुधारका लागि दुई तिहाइ बहुमत आवश्यक भएकाले रणनीतिक रूपमा सबै पक्षलाई समेट्ने प्रयास भइरहेको छ ।

काठमाडौँ महानगरका मेयर बालेन साह पनिले पनि नयाँ दल गठन गर्न सक्ने अनुमान धेरैको थियो । तर उनले अहिले सम्म दल दर्ताका लागि कुनै पनि गतिविधि गरेको बाहिर देखिएको छैन ।

स्रोतका अनुसार बालेन, कुलमान र रवि लामिछानेबिच वैकल्पिक शक्ति निर्माणबारे छलफल भए पनि परिणाम बाहिर आउन सकेको छैन । रास्वपाका केही नेताहरूले कुलमानलाई पार्टी सभापति बनाउने, रवि लामिछानेलाई संरक्षकको भूमिकामा राख्ने र बालेनले समर्थन गर्ने प्रस्ताव अघि सारेका थिए ।

तर, यो योजनामा रास्वपाका अधिकांश नेताहरू सहमत देखिएका छैनन् । बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देश चलाउन युवा पुस्ता आउनुपर्छ, म कार्यकर्ता बन्न तयार छु।”

उनले आफू दलको कुनै पदमा नजाने र नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने सङ्केत दिएका छन् । जेनजी विद्रोह पछि नेपालमा नयाँ दल खोल्ने बाढी नै चलेको छ । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे सँगै दल दर्ताको बाढी चलेको हो ।

बिहीबार मात्रै निर्वाचन आयोगमा वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल दर्ता गरेका छन् । बस्नेत एक व्यवसायी हुन । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाज शास्त्री दिनेश प्रसाईँसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

पार्टीको अध्यक्षमा प्रसाईँ छन् । पार्टीको महासचिव पीयूषप्रसाद कायस्थ छन् भने व्यवसायी बस्नेत चाही सदस्यमा मात्र बसेका छन् । पार्टीको विधानमा पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था छ ।

बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असोज १२ गते नै निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी दर्ता गराएका थिए ।

पार्टीको अध्यक्षमा साम्पाङ आफैँ रहेका छन् । पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरिएको छ । पार्टीको उपाध्यक्ष राजकुमार तामाङ लामा ९देवराज०, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन् ।

यस ५ सदस्यीय पदाधिकारीका साथै २३ सदस्यीय केन्द्रीय समिति रहने गरी दलको संरचना प्रस्ताव गरिएको छ । देशको परम्परागत राजनीतिप्रति जनता र युवापुस्ता मोह भङ्ग हुँदै गएको बेला वैकल्पिक शक्ति निर्माणको लहर तीव्र बन्दै छ ।

Advertisement

कुलमान घिसिङको नेतृत्वमा बन्न लागेको ‘राष्ट्रिय उज्यालो पार्टी’ त्यस लहरको केन्द्र बन्ने वा नयाँ राजनीतिक प्रयोगका रूपमा सीमित हुने भन्ने कुरा हेर्न केही समय कुर्नै पर्ने हुन्छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top