उज्यालोको पर्व तिहार आजदेखि विधिवत् सुरू

१ कात्तिक ८२, शनिबार

१ कार्तिक , काठमाण्डौ ।

Advertisement

उज्यालो, प्रेम र भाइबहिनीको आत्मीयताको प्रतीक तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् रूपटमा आरम्भ हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष आज (शनिबार) दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दिउँसोपछि पर्ने त्रयोदशीका कारण आज धनतेरस (धन त्रयोदशी) र यमदीपदान मनाइँदैछ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज साँझ दीपदान गरे यमयातनाबाट मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ।

Advertisement

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार साँझको समयमा त्रयोदशी तिथि परेकाले आज धनतेरस र यमदीपदान पर्व मनाइन्छ। बिहान त्रयोदशी परेमा काग तिहार गर्ने परम्परा रहेकाले काग तिहार आइतबार मनाइने भएको छ।

धनतेरसका दिन धनदेवता धनवन्तरीको पूजा गरिन्छ भने यमदीपदान परिवारका सदस्यको संख्याका आधारमा गरिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दीप दक्षिण फर्काएर बाल्नुपर्छ।

Advertisement

तिथिको घटबढका कारण कात्तिक २ गते आइतबार बिहान नरक स्नानपछि कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा एकैदिन पर्छ। यस दिन अरुणोदयअघि अपामार्गसहित स्नान गरी नदीमा बत्ती बगाउने परम्परा छ, जसले नरकको यातनाबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यही दिन गरिनेछ। रातमा औँसी तिथि परेकाले यही दिन महालक्ष्मीको पूजा गर्नुपर्ने शास्त्रीय नियम छ।

कात्तिक ४ गते मंगलबार कुनै विशेष पर्व नपरेको भए पनि यो दिन तिहारको मध्य चरण मानिन्छ। गोवद्र्धन पूजा र नयाँ वर्ष नेपाल संवत् ११४६ पर्छ । कात्तिक ५ गते बुधबार गाई, गोरु र गोवद्र्धन पूजा साथै आत्म (म्ह) पूजा मनाइनेछ।

यसै दिनबाट नेपाल संवत् ११४६ सुरु हुने समितिले जनाएको छ। यस दिन हलितिहार र बलीपूजा पनि गरिन्छ। कात्तिक ६ गते बिहीबार भाइटीका मनाइनेछ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको छ।

भाइटीका लगाउने दाजुभाइ पश्चिम फर्केर बस्ने र लगाइदिने दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् मानिन्छ। नेवारी समुदायमा यो दिनलाई किजा पूजा भनिन्छ।

सूर्यास्त नभएसम्म टीका लगाउन कुनै आपत्ति नहुने समितिले जनाएको छ। तिहारलाई ‘उज्यालोको चाड’ पनि भनिन्छ। राजधानीलगायत देशभर बत्ती, दियो र सजावटले घर–घर झिलिमिली बनेका छन्।

केहीले कोजाग्रत पूर्णिमादेखि नै दीपावलीलाई निरन्तरता दिने परम्परा सुरू गरेका छन्। सहरी क्षेत्रहरूमा यो चलन झनै बढ्दो छ। बडादसैँमा सुनसान रहने काठमाडौँ तिहारमा भने उत्सवमय बन्छ।

लक्ष्मीपूजाको रात भैलो र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने परम्परा यसपालि पनि निरन्तर रहनेछ। विशेष गरी कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु गर्ने परम्परा छ।

तिहारका बेला कौडा, लङ्गुर बुर्जा, तासजस्ता मनोरञ्जनका खेल खेल्ने चलन पुरानो हो। तर नेपाल प्रहरीले पटाका नपड्काई, सभ्य र सुरक्षित तरिकाले पर्व मनाउन अपिल गरेको छ।
उज्यालो, सौन्दर्य र आपसी स्नेहको प्रतीक तिहार आजदेखि सुरु हुँदैछ — घर–घर दीपले झिलिमिली हुँदै पाँच दिनसम्म देश उत्सवमय बन्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top