विराटनगरमा ग्याँस सिलिण्डर पड्किएर आगलागी, करीब ८ लाखको क्षति

विराटनगर,असोज २०
विराटनगर महानगरपालिका– ६ सरौचिया स्थित कबाडी समानहरु राखेको गोदाममा आगलागी हुँदा करीब ८ लाखको क्षति भएको छ ।

Advertisement

विराटनगर – ६ निवासी शंकर सहनीको गोदाममा गएराती करीब ११ : १५ तिर आगलागी भएको हो ।

पड्किएको ग्याँस सिलण्डर । गोदाममा रहेको उक्त कोशी ग्याँस सिलिण्डर पड्किएर आगो लागेको हुनसक्ने अनुमान छ ।

आगलागी भए लगत्तै गएको महानगरपालिकाको दमकल, स्थानिय र प्रहरीको सक्रियतामा करिब २ बजे तिर नियन्त्रणमा लिईएको थियो ।

Advertisement

गेदाम बन्द रहेको बेला अचानक ग्याँस सिलिण्डर पड्किएर आगो लोगेको हुनसक्ने स्थानीयबासीले बताएका छन् ।

Advertisement

आगलागीबाट गोदामका प्लाष्टिकका समान, कबाडी समान नष्ट हुनुका साथै सिटी रिक्सा र गोदाम अगाडीको चिया पसलमा क्षति पुगेको छ ।

आगलागीबाट क्षती भएको प्लाटिकका भाँडा
क्षतिग्रस्त सिटी रिक्सा

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top