×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

१३ मंसिर २०८२

१२ मंसिर, काठमाण्डौ ।

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित रास्वपाको नेताहरूले उनलाई पार्टीमा स्वागत गरे। रास्वपा प्रवेश कार्यक्रममा बोल्दै देश निर्माणको लागि सबै इमान्दारहरु एक ठाउँमा आउनुपर्ने बताए।

Advertisement
Advertisement

उनले जनताको विश्वासले नै रास्वपा आगामी चुनावमा एक्लै सरकार चलाउने ठाउँमा पुग्ने विश्वास व्यक्त गरे। सो क्रममा नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताए ।

रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

पार्टीका सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको उनले बताए । परिवर्तनका लागि इमान्दार व्यक्तिहरू जोडिनु आवश्यक रहेको भन्दै उनले रास्वपामा त्यस्ता व्यक्तिहरू बताए ।

पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको बताए । जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

२४ भदौको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।

उनले जनतालाई पुरानै नेता पालेर नबस्न र सोच बदल्न आग्रह गरे। उनले पार्टी सभापति लामिछानेलाई अन्यायपूर्ण व्यवहार गरेर फसाइएको दाबी गरे। नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो ।

धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए ।

तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि उनले राजीनामा दिएका थिए । उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत बताएका छन् ।

Advertisement

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा जन्मिएका पोखरेललाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडेर पनि तत्कालीन सरकारले पूर्वाग्रह साँधेको आरोप थियो । रास्वपा प्रवेशपछि उनी आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान पनि गरिएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top