×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

एमालेमा ओली अझ शक्तिशाली बन्दै

१४ मंसिर २०८२

१३ मंसिर, काठमाण्डौ ।

नेपालका अहिले सम्मका प्रमुख तिन दल मध्ये जेनजी विद्रोहपछि नेकपा एमालेले पार्टी महाधिवेशन गर्नेमा पहिलो बनेको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुदैछ ।

Advertisement

६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट ११ औँ महाधिवेशनका लागि आज देश भर नेकपा एमालेका प्रतिनिधि छनोट हुँदै छन् । तिनै प्रतिनिधिले मतदान गरी पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।

लामो समय सम्म पार्टीमा एक छत्र शासन गर्दै आएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा आफूलाई चुनौती दिन खोजेको भन्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगरी आफै अध्यक्ष बन्न विधान समेत संशोधन गरेका थिए ।

तर पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि आज हुने प्रतिनिधि छनोटमा नेकपा एमालेका दुई समूह भिड्दै छन् जसका कारण देशभर प्रतिनिधि छनोटमा मतदान हुने अनुमान गरिएको छ ।

पुराना राजनीतिक दलहरूको सत्ता लिप्साका कारण मुलुक भ्रष्टाचारमा चुलुम्ब डुबेको र त्यसको प्रमुख पात्रका रूपमा आरोप लगाएका एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ नजिकको सरकारको नेतृत्व गरी रहेको अवस्थामा ज्यान जोगाउन प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाली सेनाको सहयोगमा हेलिकप्टर चढेर भाग्नु परेको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले ३६ वर्ष भन्दा बढी यो देशमा आलोपालो गर्दै सत्तामा रजाइँ गरेका राजनीतिक दलहरूलाई पर्दाबाट हटाएर सडकबाट सरकार घोषणा गरेको थियो ।

जेनजी विद्रोह सफल भए सँगै पुराना राजनीतिक दलहरूमा समेत नयाँ र युवा नेतृत्वमा आउने आशा गरिएको थियो । तर त्यसको ठिक विपरीत केही हप्ता सेनाको सुरक्षामा बसेका निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भए ।

अनि जेनजी विद्रोहपछिको परिवर्तनलाई अस्वीकार गर्ने भन्दै पार्टीको नेतृत्वमा बाट नहट्ने दाबी गर्न थालेका । देशको सबै भन्दा ठुलो र पुरानो दल नेपाली काँग्रेस अहिले सम्म महाधिवेशन कहिले गर्ने भन्ने आन्तरिक किचलोमा फसेको छ ।

जेनजी विद्रोह हुँदाको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले जेनजी विद्रोह सँग पार्टीलाई रूपान्तरण गर्ने भन्दै साना कम्युनिस्ट घटकहरू सँग एकीकरण गर्दै हिँडी रहेको छ । अहिले तेस्रो दलका रूपमा नेपाली कम्युनिस्ट पार्टी देखिएको छ ।

जेनजी विद्रोहलाई सबै भन्दा बढी आत्मासाथ गरीका नेताहरू फेरी पुरानै शैलीमा पार्टीको नेतृत्व कब्जा गरेर बसेका छन् । यो पार्टी पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता असफल भइ सकेका नेताहरूकै कब्जामा छ ।

यहाँ युवा पुस्ताका नेताहरूको बोली यसरी दबाइएको छ उनीहरू केही वर्ष बोल्न सक्ने अवस्थामा छैन । जेनजी विद्रोहपछि सुधारिएको एमाले हेर्ने इच्छा धेरैको थियो । तर केपी शर्मा ओली पछिल्ला दिन अझ शक्तिशाली बन्दै आएका छन् ।

उनी पार्टी भित्रका आफ्ना विरोधीहरूलाई भित्तामा पुर्‍याउने रणनीतिमा देखिन्छ । विद्या भण्डारीको बाटो बन्द गरेको ओली ११ औँ महाधिवेशनबाट सर्व सहमत अध्यक्ष बन्न चाहन्थे तर इश्वर पोखरेल वाधकका रूपमा निस्किए ।

इश्वर पोखरेललाई एमालेका नेता पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल लगायतका नेताहरूले साथ दिने धेरैको अनुमान थियो । तर प्रतिनिधि छनोटकै अघिल्लो दिन यी नेताहरूले ओली सँग आत्मसमर्पण गरेका खबरहरू बाहिर आए सँग एमालेमा नयाँ राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित सात पदाधिकारीले केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष मान्ने निष्कर्ष निकालेपछि ओली अझ शक्तिशाली बन्ने भएका छन् । उपाध्यक्ष द्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्या अर्यालले ओलीको विकल्प नखोज्ने निष्कर्ष निकालेको दाबी गरिएको छ ।

गुन्डुमा ओलीसँग भएको अनौपचारिक छलफलपछि उनीहरूले ओलीलाई नै साथ दिने भएका हुन् । ओलीका निकै विश्वास पात्रका रूपमा सुरक्षा कबज बनेर निस्केका महेश बस्नेत यी सात पदाधिकारीहरूलाई फकाउन लागि परेका थिए ।

उपाध्यक्ष पौडेलले सार्वजनिक रूपमा ओलीको पक्षमा वकालत गरी सकेका पात्र हुन भने उपाध्यक्ष बादल, सचिवहरू भट्ट, विश्वकर्मा, महासेठ र अर्यालले भने अहिले सम्म बाहिर खुलेर बोलेका छैनन् ।

ईश्वर पोखरेललाई एमाले अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरू पनि ‘सात पदाधिकारी’को भाष्यबाट तरङ्गित बनेका छन् । ‘विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले पोखरेललाई साथ दिने अनुमान सबैको थियो ।

ईश्वर पोखरेललाई एघारौँ महाधिवेशनबाट अध्यक्ष बनाउने अभियानमा जुटेका नेताहरू नखुलेका पदाधिकारीलाई आफ्नो पक्षमा पार्ने प्रयत्न भने अहिले पनि जारी राखेका छन् ।

ईश्वरको पक्षमा खुलेका सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट र योगेश भट्टराईहरूले त्यसका निम्ति आफू त्याग गरेर भए पनि ओली समूहका नेताहरूलाई तान्ने कोसिसमा छन् ।

उनीहरूको ध्यान पृथ्वी सुब्बा गुरुङलाई महासचिव दिएर ईश्वर पोखरेलको पक्षमा उभ्याउने प्रत्ययन थियो । विष्णु पौडेल विद्या भण्डारी सँगै निकट रहेकाले उनको साथ पोखरेललाई हुन्छ भन्नेमा धेरैको विश्वास पनि थियो ।

दसौँ महाधिवेशन पश्चात् नै पौडेल र गुरुङले अलग शक्ति सङ्घर्ष गर्दै आएका थिए । ओलीलाई नै नेता माने पनि महासचिव शङ्कर पोखरेलहरूको समूहसँग पौडेल–गुरुङ भिड्दै आएका थिए ।

प्रदेश अधिवेशनहरूमा प्यानल बनाएरै यी दुई समूह भिडेका थिए । कतिपय जिल्ला अधिवेशनहरूमा यस्तो प्रवृत्त देखिएको थियो । तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष बन्ने गरी अघि बढेपछि एमालेभित्रको शक्ति९सङ्घर्ष फेरिएको थियो ।

महासचिव पोखरेलले सार्वजनिक भाषण र सामाजिक सञ्जालमा स्ट्याटस लेखेरै एमालेभित्र शक्ति–सङ्घर्ष फेरिएको सन्देश दिई सकेका छन् । पूर्व राष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका पदाधिकारी लागेका थिए ।

Advertisement

तर भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय ओलीले लिएपछि ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । नेताहरू बिच समूहगत भिड्न भई रहेका आज हुने प्रतिनिधि छनोटले ११ औँ महाधिवेशनको नेतृत्वमा को आउँछ भन्ने आकलन गर्न भने सहज हुने छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top