×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026

सुदनले मध्यरातमा घोषणा गरेको ‘द सिभिलियन फोर्स’ कस्तो छ ?

१८ पुष २०८२

१८ पुष , काठमाण्डौ ।

परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङ बिहीबार राति ११ बजेर ११ मिनेट ११ सेकेन्डमा राष्ट्र एकीकरण अभियान र ‘द सिभिलियन फोर्स’ नामक प्लेटफर्मको घोषणा गरेका छन् ।

Advertisement

भिडिओ सन्देश जारी गर्दै गुरुङले राष्ट्र एकीकरण अभियान डटकम को टेस्ट भर्सन सार्वजनिक भएको जानकारी दिएका हुन् । यस प्लेटफर्मले आम जनताका समस्यालाई तल्लो तहदेखि नै संकलन गरी राज्यको केन्द्रसम्म पु¥याउने र समाधान खोज्ने पुलको काम गर्ने उनले बताएका छन् ।

‘सिभिलियन फोर्स गाउँको समस्यालाई केन्द्रसम्म ल्याएर समाधान गर्ने डिजिटल प्लाटफर्म हो,’ उनले भनेका छन् । गुरुङका अनुसार यस वेबसाइटमा मुख्यतया दुई प्रकारका एजेन्डाहरूमा काम गरिनेछ ।

राष्ट्रिय एजेन्डाअन्तर्गत मुलुकको समग्र समस्या, जस्तै; सरकारको अस्थिरता र यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सामूहिक छलफल र समाधानको बाटो खोजिने छ । स्थानीय समस्याअन्तर्गत गाउँ–टोलका बाटो, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत समस्याहरूलाई नागरिकले सिधै रिपोर्ट गर्न सक्नेछन् ।

यस अभियानमा आधुनिक प्रविधिको उच्च प्रयोग गरिने बताइएको छ । भर्सन २ मा आर्टिफिसियल इन्टेलिजेन्स (एजेन्टिक एआई) लाई नेपालको संविधान र कानुनका धाराहरू सिकाएर ट्रेन गराइने गुरुङले जानकारी दिए ।

एआईले नागरिकका समस्यालाई कानुनी आधारमा विश्लेषण गर्नेछ भने विज्ञहरूको टोलीले त्यसलाई प्रमाणीकरण गरी अन्तिम ड्राफ्ट बनाउनेछ । उक्त फाइललाई काठमाडौँमा रहने छायाँ सरकार को टोलीले सम्बन्धित मन्त्रालय र विभागहरूमा पु¥याएर कार्यान्वयनका लागि दबाब दिने कार्यविधि तय गरिएको छ ।

भिडिओमा गुरुङले भनेका छन्, “चुनावपछि सधैँ नेताहरू शक्तिशाली हुन्छन्, तर अब जनता शक्तिशाली हुनुपर्छ । यो प्लेटफर्मले नागरिकको आवाजलाई संगठित गरी उनीहरूलाई नै निर्णयकर्ता बनाउनेछ ।”

उनले यो कुनै राजनीतिक दल नभई देश परिवर्तनका लागि उभिएको नागरिकहरूको संगठित शक्ति भएको स्पष्ट पारे । हाल इन्टरनेटको पहुँच भएका ठाउँमा यो अभियान केन्द्रित भएको र आगामी दिनमा इन्टरनेट नभएका दुर्गम गाउँ र हिमालपारिका जिल्लाहरूको समस्या कसरी केन्द्रसम्म पु¥याउने भन्ने विषयमा समेत गृहकार्य भइरहेको उनले बताए ।

‘स्थानीय स्तरको कुनै काम केन्द्रको एउटा सीमित निर्णयले रोकिएको छ भने स्याडो गभर्मेन्टका रूपमा रहेको फोर्सले मन्त्रालयदेखि लिएर विभिन्न स्थान पुगेर उक्त समस्या समाधानको काम गर्नेछ,’ उनी भन्छन्।

“यो हाम्रो पहिलो खुड्किलो मात्र हो,” उनले थपे, “हामी हरेक नेपालीको समस्याको समाधान खोज्नेछौँ ।” १० दिनसम्म परीक्षणका रूपमा रहने र यस अवधिमा प्राप्त हुने सुझाव र प्रतिक्रियाका आधारमा सुधार गरी आगामी २७ पुस गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस का दिन यसको भर्सन १ आधिकारिक रूपमा लन्च गर्ने योजना उनले सुनाएका छन् ।

उनले राष्ट्रिय एकीकरण अभियानमा जोडिएर समाजदेखि राज्यसम्म परिवर्तनको बाटो खोल्न सक्ने बताएका छन् । आज हरेक गाउँ–गाउँमा समस्या एकै रहेको भन्दै उनले उल्लेख गरेका छन्, बाटो–पुल, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवा अपुग, युवामा बेरोजगारी र विदेशिनु नै विकल्प जस्तै, कृषि उत्पादनको मूल्य बजारले नदिने दुव्र्यसन, कुसंस्कार र जुवाले परिवार विखण्डन, राजनीति, गुटबन्दी र विभाजनले विकास रोकिएको, सीप छ, क्षमता छ तर अवसर र नेतृत्व पारदर्शी छैन, बुद्धिजीवी, श्रमिक, युवा र महिलाको आवाज दबिन्छ योजना कहिल्यै कागजमै, काम मैदानमा कहिल्यै देखिँदैन । तर, यी सबै बदल्न सक्ने सुदनको विश्वास छ ।

गुरुङले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई वेबसाइटमा लग–इन गरी यस राष्ट्र निर्माणको महाअभियानमा जोडिन समेत आह्वान गरेका छन् । भविष्यमा भने यसमा एआई र मोबाइल एप समेत समावेश गर्ने योजना रहेको उनको भनाइ छ।

विशेषगरी जेनजी पुस्तालाई एकीकृत गर्दै भ्रष्टाचार विरुद्ध आवाज उठाउन यो मञ्चले प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ। उनी भन्छन्, ‘सरकारले गरेको निर्णय विरुद्धमा आवाज उठाउनु प¥यो भने आवाज उठाउन सक्ने हिसाबमा सिभिलियन फोर्स बनाएका छौँ।’

केही समयअगाडि देखि सुदनले सत्तामा पुगेर गैरजिम्मेवार हुने दलहरूलाई लाइनमा ल्याउन सिभिलियन फोर्स बनाउने बताउँदै आएका थिए। यसमा सबै जेनजी एकै ठाउँमा आउने र सर्वसाधारण नेपालीलाई पनि जोड्ने उनको भनाइ छ।

Advertisement

जेनजी आन्दोलमा उठाइएका मागलाई मुख्य आधार मानेर भोलि सरकारमा रहेको व्यक्ति र कर्मचारीले भ्रष्टचार गर्न खोजेको समयमा खबरदारी गर्ने र आम नेपाली तथा जेनजीले एकीकृत रुपमा आफ्ना माग समेत उठाउन सक्ने सोचका साथ यो प्लाटफर्मको उपयोग गरिने उनले बताए।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top