×

NEPAL TIMES UPDATES

Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

१८ पुष २०८२

१८ पुष , काठमाण्डौ ।

जेनजी आन्दोलनले नेपाली राजनीतिमा केवल एउटा आन्दोलनको नाम मात्र छाडेको छैन,यसले पुरानो राजनीतिक संरचनामाथि गम्भीर प्रश्न पनि उठाएको छ । संसद विघटन, पुनःस्थापना, सरकार परिवर्तन र निरन्तर गठबन्धनको खेलले थाकिसकेको नेपाली समाज “अब को प्रधानमन्त्री ?” भन्ने प्रश्नमा मात्र अड्किएको छैन, बरु “कस्तो प्रधानमन्त्री ?” भन्ने गहिरो बहसतर्फ मोडिएको छ ।

Advertisement
Advertisement

२०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनले केवल सांसद छान्ने हैन, नेपालको भावी दिशा तय गर्ने निर्णायक मोड प्रदान गर्नेछ । यही सन्दर्भमा बालेन्द्र साह (बालेन), गगन थापा र हर्क साम्पाङमध्ये को प्रधानमन्त्री बन्ने भन्ने बहसले सामाजिक सञ्जाल, चोक–चौतारा, कफी–हाउस र राजनीतिक मञ्च तताएको छ।

तर यो बहस सतही नामको प्रतिस्पर्धा मात्र होइन। यसभित्र राजनीतिक संस्कृति, वैचारिक सङ्घर्ष, राष्ट्रवाद, विकास मोडल, सुशासन र विदेशी प्रभाव जस्ता गहिरा तहहरू छन्। जेन्जी आन्दोलन ः पुस्तान्तरण कि विद्रोह? भन्ने मुल प्रश्न छ ।

जेन्जी आन्दोलन मूलतः एउटा पुस्तागत विद्रोह हो । यो आन्दोलनले “हामी राजनीतिमा छैनौँ” भन्ने भ्रम तोडिदियो। यो आन्दोलनले देखायो युवा मौन छैनन्, उनीहरू विकल्प खोजिरहेका छन्। यस आन्दोलनपछिको मुख्य उपलब्धि के हो भन्ने अर्को प्रश्न उठ्न थालेको छ ।

पुराना दलहरू र तिनका शीर्ष नेतृत्व रक्षात्मक अवस्थामा पुगेका छन् । “नेता होइन, प्रणाली बदल” भन्ने हिजोको नारा अब “नेतासहित प्रणाली बदल” मा रूपान्तरित हुँदैछ । मतदाताले पहिलो पटक प्रधानमन्त्रीको अनुहार हेरेर मत हाल्ने सम्भावनाबारे खुलेर बहस गर्न थालेका छन् यही कारण हो २०८२ को निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह जस्तै बन्ने संकेत देखिएको छ।

आज भोलिको प्रधानमन्त्रीको चर्चामा नयाँ पुस्ताका वैकल्पिक शक्ति बनेर निस्केका हर्क साम्पाङ, बालेन शाहहरुको नाम अग्र पंक्तीमा छ । पुरानो दलभित्रको नयाँ अनुहारपनि चर्चामा आइ रहेका छन् । त्यसको पहिलो नम्बरमा पर्ने नेता हुन गगन थापा ।

यदी संसद पुनःस्थापना वा अड्को फुकाउने नाममा कल्याण श्रेष्ठ, प्रकाशमान सिंह राउत, डा. शेखर कोइराला, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने भनेपनि आश्र्चय चाँही हुदैन् । नेपाली राजनीति अझै संक्रमणकालमै छ ।

आज नेपाली नागरिक मोटामोटी तीन कित्तामा देखिन्छन्न् । पुराना दल नै ठीक भन्ने एउटा पंक्ती छ । यी मतदाता स्थायित्व खोज्छन् । उनीहरूलाई डर छ “नयाँ आएर के गर्लान् ?” अर्को नयाँ नै चाहिन्छ, जे भए पनि भन्ने पक्ती निकै ठूलो देखिन्छ । यी मतदाता आक्रोशित छन्।

उनीहरू पात्रभन्दा पनि प्रणाली तोड्ने साहस खोज्छन्। त्यसमा पनि अर्को तेस्रो पक्ष छ जो नयाँ तर सक्षम चाहिन्छ भन्नेहरु पनि उतिकै छन् । मतदाता भावनामा होइन, विश्लेषणमा आधारित निर्णय गर्न खोजिरहेका छन्। हर्क, बालेन र गगनको प्रतिस्पर्धा यही तेस्रो कित्तामा केन्द्रित छ।

धरानबाट उठेको एउटा नाम आज राष्ट्रिय बहसको केन्द्रमा छ, हर्क साम्पाङ। श्रमसंस्कृतिको खुलेर वकालत गर्ने, विदेशी प्रभावको तीव्र आलोचना गर्ने, एमसीसीविरुद्ध स्पष्ट अडान, “ श्रम र पसिना बगाएर देश बनाऔँ” भन्ने नाराले आज हर्कको पार्टीले माहोल बनाउँदै गएको छ ।

जेनजी विद्रोहपछि दर्ता भएका नयाँ पार्टी मध्ये सबै भन्दा बलियो बनेर श्रमसंस्कृती पार्टी अघि वढी रहेको देखिन्छ । भावनात्मक अभिव्यक्ति कहिलेकाहीँ वहकीने साम्पाङको राष्ट्रिय तहको कूटनीति अनुभवको अभाव देखिएपनि हर्क साम्पाङ पुराना जस्तो नेता होइनन्।

उनले “हर्कवाद” भनेर जुन विचार अघि सारेका छन्, त्यो माक्र्सवाद–लेनिनवादपछिको नेपाली सन्दर्भमा नयाँ प्रयोग हो । यो विकासलाई श्रमसँग जोड्ने उनको मौलिक प्रयास हो । उनले आफूलाई प्रधानमन्त्रीका रुपमा उभ्याएका छन् ।

तर यो प्रत्यक्ष निर्वाचन प्रणाली नभइ संसदीय अंक गणित भएकाले हर्कले मात्रै चुनाव जितेर हुनेछैन् । अन्य कसैसँग गठबन्धन नै नगर्ने अडानमा रहेका हर्कले प्रधानमन्त्री बन्न १३८ सिटको बहुमत नभए अंकगणितको खेल खेल्न सक्ने शक्तिशाली राष्ट्रिय दलको जनमत प्राप्त गर्नुपर्नेछ ।

भावी प्रधानमन्त्रीका लागि चर्चामा रहेका अर्का पात्र हुन् काठमाडौं महानगरको मेयर बालेन्द्र शाह बालेन , मेयर बनेपछि बालेन एउटा प्रशासक मात्र रहेनन्, राजनीतिक प्रतीक बने। उनी अबको चुनावमा रास्वपाले सरकार बनाउने अवस्था रह्यो भने देशको प्रधानमन्त्री बन्नेछन् ।

यसका लागि बालेनले रास्वपासँग प्रधानमन्त्री बन्ने सहितको ७ बुँदे सहमति गरिसकेका छन् । रास्वपा विघटित प्रतिनिधिसभाको चौथो शक्ति र अहिले वैकल्पिक शक्तिहरुको केन्द्र रहेका कारण जनताले म्यान्डेड दिए भने बालेन नै अबको प्रधानमन्त्री बन्न सक्छन् ।

रास्वपासँगको सहमतिसँगै बालेन अन्तराष्ट्रिय संचारमाध्यामका हेडलाइन बनिसकेका छन् । यसमा कुटनैतिक चासो समेत बढेर गएको छ । काठमाडौंमा अनुभूत गर्ने किसिमको परिणाममुखी काम, भ्रष्टाचारविरुद्ध कठोरता, संस्कृति र पहिचान संरक्षण, ग्रेटर नेपालको नसा, राष्ट्रवादी संकेतहरू बालेनले दिइसकेका छन् ।

तर एमसीसीबारे स्पष्ट धारणा नआउनु, रास्वपाले वैचारिक खाका नदिनु उनी माथि उठेका प्रश्न हुन । तरपनि बालेन विकासवादी त हुन्, तर प्रधानमन्त्रीका लागि विकाससँगै वैचारिक स्पष्टता पनि आवश्यक हुन्छ।

अब कुरा गरौ कांग्रेस नेता गगन थापाका । उनी पुरानो पार्टीभित्रको नयाँ अनुहार हुन खोजिरहेका छन् । गगन थापा एउटा विरोधाभास पात्रका रुपमा देखिदै आएका छन् । तर उनी नयाँ सोचका प्रतिनिधि हुन् ।

यदि कांग्रेसले उनलाई साँच्चिकै अघि सा¥यो भने गगन बलियो प्रतिस्पर्धी बन्न सक्छन्। तर त्यो संभावना आजको दिनसम्म अत्यन्त न्युन बन्दै गएको छ । कांग्रेस भित्रभित्रै दुई कित्तामा पुगिसकेको छ ।  देशले अबको प्रधानमन्त्री केवल राजनीतिक नेतृत्व र प्रशासक होइन, राष्ट्रवादी कूटनीतिक योद्धा खोजको छ ।

भारत, अमेरिका र चीनको स्वार्थबीच नेपाललाई आत्मसम्मानका साथ उभ्याउन सक्ने क्षमता आवश्यक छ। हर्क साम्पाङ खुला रूपमा विदेशी हस्तक्षेपको विरोध गर्छन् । बालेन मौन राष्ट्रवादमा देखिन्छन् । गगन सन्तुलनवादी धारमा छन् ।

मतदाताले यही तौलिरहेका छन् । को नेता विदेशीलाई होइन, देशलाई पहिलो राख्छ? चुनावी कार्यक्रमहरुमा जनलहर ओर्लिएको देख्दा हर्क साम्पाङ्को नयाँ पार्टी विस्तार तिव्र छ भन्ने देखिन्छ । अर्को तर्फ रवि लामीछानेले बालेन र कुलमानलाई जोडेपछि रास्वपाले बलियो लय टिपेको देखिन्छ भने पुरानो दल कांग्रेसमा भने किचलो बढ्दो क्रममा छ ।

यसले काँग्रेसका महामन्त्री गगन थापालाई असर पार्ने कुरामा दुई मत छैन् ।सबै मतदाताहरुले कसलाई प्रधानमन्त्री बनाउने गरी मतदान गर्ने भन्ने एक्कीन गरिसकेका छैनन् । हर्क, बालेन र गगनमध्ये कसलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त हुन्छ भन्ने मतदाताहरुले विश्लेषण गरिरहेका छन् ।

तर सामाजिक संजाल र पपुलिजमका आधारमा चर्चामा रहेका बालेन, हर्क र गगनले आवश्यक म्यान्डेड पाएनन् र मतदाताले यसपटक पनि आफूलाई करेक्सन गरेनन् भने यसको लागि पूरानै राजनीतिक दलहरुमा जानेछ ।

यसबाट पूरानै शक्ति एमालेबाट केपी शर्मा ओली र नेकपाबाट प्रचण्ड हावी हुने र उनीहरुकै सत्तारोहण नहोला भन्न सकिन्न् । यदी जनताले पार्टी हैन प्रधानमन्त्री रोजेर मतदान गरे भने राष्ट्रवादी, नेपाली जनताका आधारभूत आवश्यकताबारेमा बुझेको नेता रोज्न सक्छन् ।

भ्रष्टाचार विरुद्ध क्रुर र शुसासनको पक्षमा सतीसाल बन्न सक्ने नेता देशको प्रधानमन्त्री चाहीएको छ भन्ने कुरा नेपाली जनताले बुझेका छन् । आफ्नै भिजन सहित अघि बढेको व्यक्तित्व, जनमूखी भएर बाच्न सक्ने, घुस, कमिसनको चास्नीमा डूबुल्की नमारेको, नेपाली सामाजिक रितिरिवाज र संस्कृतिका मूल्यमान्यतामा घुलमिल गरेको नेता जनताको रोजाइमा पर्ने छ ।

बालेन्द्र शाहलाई रास्वपाको प्रधानमन्त्रीका रुपमा अघि सार्ने पक्का पक्की गरिसकेको छ । हर्क साम्पाङले घोषणा नै गरी सके अबको निर्वाचनमा नेपाली जनताले हर्कलाई नै प्रधानमन्त्री बनाउँछन् भनेर ।

उनको तर्क छ, नेपालको प्रधानमन्त्री जनताले बनाउने हो विदेशीले हैन् । यसका अर्थ पछिल्लो गठबन्धन विदेशीको इसारामा भएको हो भन्ने उनको आरोप छ । त्यो कुरालाई मतदाताहरुले कत्तिको पत्याउने हुन त्यो थाहा पाउन चुनाव नै कुर्नु पर्ने हुन्छ । कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका लागि अघि सार्ने कुरामा नै शंका छ।

उनी यति बेला पार्टी भित्र विद्रोह गरी रहेका छन् । यदि सफल भएर र आए भने उनी नै भावी प्रधानमन्त्रीका रुपमा अघि सर्न सक्छन् । हाम्रा धेरै नेताहरु गाउँमूखी छैनन्। शहर केन्द्रितमात्र स्वभाव भएकाहरुले गाउँ नै गाउँले भरिएको गाउँले जीवनको पीडा नबुझ्ने हुन् कि भन्ने चिन्ता छ।

सयौ बर्षदेखि चल्दै आएको माक्सवाद लेलिनवाद हुदै प्रचण्ड पथदेखि हर्कवाद सम्म आइ पुगेको नेपाली राजनितिले अब वादलाई प्रसय दिन्छ कि जेनजीहरुका आवाजसहित जनताको अवस्था परिवर्तन गर्न विकास र समृद्धिलाई भन्ने हेर्न बाँकी छ ।

गगन सँग पुरानै समाजवाद छदै छ भने बालेन विकासवादी त हुन तर उनी लागेको पार्टी रास्वपाले कुनै त्यस्तो नयाँ बादको खाका अगाडी ल्याएको छैन् । नेपालमा घुस, कमिसनको चास्नीमा डूबुल्की नमारेको व्यक्ति पाउन नै मुस्कील जस्तै भइ सकेको छ ।

यसमा हर्क साम्पाङ् र बालेन साहले अन्य नेता जस्तो वदनामी नै कमाएका नेता हैनन् । बालेनले संस्कृति, रितिरिवाज बचाउन काम गरेको देखिएको छ । हर्क समेतले आफ्नो संस्कृति, रितिरिवाजलाई आत्मसाथ गरेको पाइन्छ ।

चुनावी घोषणा पत्र नै सार्वजनिक गरिसकेका हर्क नेपालको भौगोलिक परिवेश अनुसार ‘रगत बगाएर होइन, पसिना बगाएर देशको मुहार फेरौं’ भन्दैछन् । अहिले बालेनको विकास मोडल भने प्रतिक्षारत रहेको छ ।

आज देशलाई भारत, अमेरिका,चीनको रणनीतिक स्वार्थ भूमि होइन त्यसभन्दा माथी उठेर नेपालको स्वाधिनतालाई अझ बलियो बनाउँदै नेपालको आवश्यकता, असम्लग्न र अहस्तक्षेपको नीतिलाई निडरताका साथ विदेशी कूटनीतिज्ञहरु माझ राख्ने सक्ने व्यक्तिको आवश्यकता परेको छ ।

Advertisement
Advertisement

जनताले सवल ब्यक्तिलाई देशको प्रधानमन्त्री बनाउन प्रत्यक्ष र समानुपातिक संसदीय निर्वाचन प्रणालीबाट सरकार बनाउन सक्ने गरी आफ्नो मताधिकारको प्रयोग गरुन । जुन दलले जनहित र राष्ट्रहितलाई सबैभन्दा माथि राखोस् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top