×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

रवि बालेन, कुलमान नमिल्दा नि चिन्ता, मिल्दा पनि चिन्ता

२१ पुष २०८२

२१ पुष , काठमाण्डौ ।

नेपाली समाजमा एउटा भनाइ छ तिन टिकट महा विकट । वास्तवमा नेपालका दलहरूको इतिहास हेर्ने हो भने यो भनाइ ठुला र पुराना भनिएका सबै दलमा लागु हुन्छ । पार्टीमा मुख्य तिन नेता देखा पर्छन् । पहिला एक हुन पार्टी पनि पहिलो बनाउँछन् ।

Advertisement
Advertisement

अनि त्यसपछि लाग्छन् आन्तरिक कलहमा अनि पार्टी पनि अद्योगति लाग्छ र आफू पनि सकिने बाटो तर्फ लाग्छन् । जेनजी विद्रोहपछि नेपाली राजनीतिमा फेरि एक पटक एउटा बलियो नयाँ शक्ति देखा परेको छ ।

जेनजीले मात्र हैन आम नेपाली जनताले समेत आशा र भरोसा गरेको त्यो शक्तिमा पनि तिन जना नै नेता प्रमुख पात्रका रूपमा उदाएका छन् । यो देखेर फेरि कतै इतिहास त दोहोरिने हैन भन्ने मनमा चिसो सबैको पसेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकीकृत भएसँगै वैकल्पिक राजनीतिक शक्तिको एउटा बलियो धार बनेको छ ।

रास्वपा २०७९ को संसदीय निर्वाचनमा जनताबाट अनुमोदित एउटा नयाँ पार्टी हो । बालेन र कुलमान घिसिङ अहिलेका पुस्तामा सबै भन्दा रुचाएका पात्र हुन् । जेनजी आन्दोलनमा उठेका मुद्दा सम्बोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक स्थापित गर्न देशका लागि निष्ठावान नेतृत्वको आवश्यकता पर्छ ।

यति बेला आम जनताले यी तिन नेतालाई त्यही रूपमा हेरेका छन् । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र बहाली भयो । जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई जनताले एकल बहुमतसहित सत्तामा पु¥याए ।

त्यस बेला काँग्रेसमा पनि तिन हस्तीहरू थिए । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला । यी तिन नेता मिल्दा बहुमत ल्याएको पार्टी तिन जना नेता बिचको टकराबले मुलुकलाई मध्यावधि चुनावमा धकेल्यो ।

परिणामस्वरूप काँग्रेस दोस्रो राजनीतिक शक्तिका रूपमा खुम्चियो । त्यस पछि फेरि तिन भाइ देखा परे शेरबहादुर, सुशील कोइराला र रामचन्द्र पौडेल । यी तिन नेता बिच पनि आन्तरिक कलह चली नै र¥यो । अहिले सम्म पनि काँग्रेसले त्यो घाउ मेटाउन सकेको छैन ।

गिरिजा प्रसाद, कृष्ण प्रसादको टकराबको वरीपरिनै काँग्रेसमा गुट चली रहेको छ । २०६२÷०६३ सालको परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको माओवादी पनि २०६४ को संविधान सभा निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनेर स्थापित भयो ।

त्यति बेला माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ पार्टीका प्रमुख तिन नेता नै थिए । उनीहरू मिलेर जनमत अनुसार पार्टीलाई अझ बढी उत्तरदायी र जिम्मेवार बनाउनुपर्नेमा आपसमै विभिन्न विषयमा मतान्तर बढाउँदै गए ।

पार्टीबाट वैद्य र भट्टराई क्रमैसँग बाहिरिए भने त्यस यता माओवादीको सङ्गठनात्मक अवस्था निरन्तर गिर्दो अवस्थामा पुग्यो । अहिले पार्टीले माओवाद भन्ने शब्द नै आफ्नो नामबाट हटाउन पुग्यो ।

यति मात्र होइन, २०७४ को निर्वाचनकै सम्मुख नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको प्रतिबद्धतासहित चुनावमा तालमेल गरे । जनताले यी दुवै दललाई एकीकृत भएर सरकार बनाउने म्यान्डेट दिए । दुई दलबिच एकता पनि भयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । यसको नेतृत्वमा पनि तीनै जना नेता नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल थिए । यो त झनै चरम विवादको केन्द्र बन्न पुग्यो ।

तीन नेताबिचको कलहले नेकपा नेतृत्वको सरकार मात्र ढलेन, नेकपा नाम गरेको दल नै विघटन भएर साबिककै एमाले र माओवादी केन्द्र ब्युत्याउने अवस्थामा पुग्यो । यस अघिको नेकपा एमालेमा पनि तिनै जना नेता मुख्य नेतृत्वमा थिए ।

केपी शर्मा ओली, माधव कुमार नेपाल र झालनाथ खनाल । यी नेताहरू बिच पनि पार्टी भित्रको शक्ति सन्तुलनका विषयमा धेरै विवाद धेरै लामो सम्म चल्यो । त्यसैले नेपाली समाजमा रहेको एउटा उखान तिन टिकट महा विकट भने झैँ रवि, बालेन कुलमानको त्रिपक्षीय एकता फेरी पुराना पार्टीकै रोग जस्तै बन्ने हो कि भन्ने चासो र चिन्ता अहिले पनि जीवित छ ।

त्यसका केही छिटाहरू एकतासँगै बाहिर समेत आउन थालेका छन् । अहिले रवि, बालेन र कुलमानबिच भएको एकताले जति उत्साह बढाएको छ तर विगतको दलीय इतिहासले आम मानिसलाई झस्काएको पनि छ ।

एउटै दलभित्र लामो समयदेखि सहकार्य गर्दै आएका नेताहरू पनि आफ्नो पार्टीले सहज बहुमत प्राप्त गरेको अवस्थामा शक्ति सङ्घर्षमा होमिएका कारण निर्धारित समयसम्म सरकार टिक्न नसकेको यी उदाहरणको अपवाद बन्न फरक–फरक धरातल र पृष्ठभूमिबाट एकता प्रक्रियामार्फत जोडिएका रवि, बालेन र कुलमान सक्षम होलान् त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

राजनीतिक स्थिरता, बेरोजगारी अन्त्य, देशको विकास हुने अपेक्षाका साथ जनताले ती दललाई मतमार्फत विश्वास प्रकट गरे पनि आन्तरिक शक्ति सङ्घर्षका कारण जनताका मुद्दा ओझेलमा परे ।

‘अब त पाँच वर्ष सरकार टिक्छ’ भन्ने अपेक्षा जनताले गरिरहँदा दलभित्रै विभिन्न विषयमा विवाद चुलिने, एकले अर्कालाई उपेक्षा गर्ने र जनताको मुद्दाभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिने राजनीतिक परिपाटीले देशमा राजनीतिक स्थिरता र विकास हुन सकेन ।

लामो समयदेखिको जनआक्रोश जेनजी आन्दोलनमार्फत विस्फोट भयो । त्यसले मुलुकलाई नयाँ राजनीतिक कोर्समा ल्याएको हो । जेन–जी विद्रोहले नेपाली राजनीतिमा केवल सरकार फेरेन, यसले सोच, चेतना र अपेक्षाको धरातल नै हल्लाइदियो।

अब भावनात्मक भाषण, पुराना नारा र खोक्रा प्रतिबद्धताले काम चल्दैन। परिणामस्वरूप बनेको सुशीला कार्की नेतृत्वको सरकारबाट नागरिकले कम्तीमा पनि परिवर्तनको दिशामा ठोस पाइला चालिने अपेक्षा गरेका थिए।

तर दुर्भाग्यवश, जेन–जीको विद्रोही चेतनाबाट जन्मिएको सरकार आफैँ चुनावी सरकारजस्तै मात्र बन्न पुग्यो । रवि , बालेन र कुलमान बीच देखिएको राजनीतिक सहकार्य कुनै आकस्मिक गठ जोड होइन।

यो जनआक्रोश, युवा दबाब र लामो समयदेखि थन्किएको परिवर्तनको आकाङ्क्षाको परिणाम हो। नागरिकले यिनलाई केवल वैकल्पिक अनुहारका रूपमा होइन, काम गरेर देखाएका पात्रका रूपमा चिनेका छन्।

रविको पहिचान भ्रष्टाचार र सत्ताको बेथितिविरुद्धको निर्भीक आवाज हो भने बालेनको पहिचान निर्णय क्षमतासहितको कार्यान्वयन हो। कुलमानको पहिचान राज्य संयन्त्रभित्रै बसेर माफियाविरुद्ध जित निकाल्ने साहस हो।

यिनै कारणले नागरिकले लामो समयदेखि भन्दै आएका थिए “यी तीन जना एक ठाउँ आए भने मात्र पुरानालाई हल्लाउन सकिन्छ।” अहिले त्यो सम्भावना देखिँदा आशा स्वाभाविक रूपमा बढेको छ।

नयाँ शक्तिहरू एक ठाउँ आउन थालेसँगै पुराना दलहरूभित्र असहजता देखिन थालेको छ। काँग्रेस र एमालेजस्ता सङ्गठनात्मक रूपमा बलिया दलहरूले आफ्ना विगतका काण्ड, समझदारी र संरक्षित कमजोरीहरू उजागर हुने डर महसुस गर्न थालेका छन्।

त्यसैले उनीहरू नयाँ शक्तिलाई रोक्न विभिन्न किसिमका रणनीति बनाउँदै छन् । कतै डर देखाएर, कतै भ्रम फैलाएर, कतै “अराजकता आउँछ” भन्ने भाष्य सिर्जना गर्न खोजी रहेका छन् ।

जेन–जी विद्रोहपछि नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ। नयाँ शक्तिहरूका लागि सबैभन्दा ठुलो चुनौती बाहिर होइन, भित्र छ। महत्त्वाकाङ्क्षा, अहम र लोकप्रियताको मोह लोकतान्त्रिक आन्दोलनका सबभन्दा खतरनाक शत्रु हुन्।

यदि रवि, बालेन र कुलमानले एक अर्काको भूमिका, सीमा र योगदानलाई सम्मान गर्न सकेनन् भने नागरिकको आशा निराशामा बदलिन धेरै समय लाग्दैन। एकता दीर्घकालीन हुनुपर्छ, चुनावी मात्र होइन।

तत्काल, मध्यम र दीर्घकालीन रोडम्याप नयाँ शक्तिले ल्याउन सक्नु पर्छ । लोकतन्त्रलाई बलियो बनाउने नाममा बेथिति सहनु हुँदैन। विश्वका धेरै देशमा सुधार नहुँदा लोकतन्त्र अधिनायकवादतर्फ मोडिएको उदाहरण हाम्रो आँखाअगाडि छन्। नेपालले त्यो गल्ती दोहो¥याउने छुट अब छैन।

रवि, बालेन र कुलमानबिचको एकताले नेपाली राजनीतिमा निराश नागरिकलाई आशा दिएको छ। तर नेपाली नागरिक अब भावनामा बग्ने अवस्थामा छैनन् । २०४६ यता पटक–पटक धोका खाइसकेका जनताले यस पटक परिणाम हेरेर मात्र विश्वास गर्ने मनस्थितिमा छन्। इतिहासले अवसर दिएको छ।

Advertisement

जनताले हेरी रहेका छन् काँग्रेस कृष्णप्रसाद, गणेशमान र गिरिजा प्रसाद मात्र हैन शेरबहादुर, सुशील कोइराला र रामचन्द्र पौडेलदेखि एमालेका केपी ओली, माधव कुमारदेखि झालनाथ सम्म र कुनै बेलाको नेकपाका ओली, प्रचण्ड र माधव नेपालकै जस्तै आन्तरिक कलहमा फसेर पार्टी र देशलाई नै रवि, बालेन र कुलमानले धोका दिने हुन कि इमान्दारीताका साथ जेनजी विद्रोह र आम नेपाली जनताको चाहना अनुसार देश निर्माणमा लाग्ने हुन त्यसका लागि भने कुनै पर्ने हुन्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top