×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

यू-१८ महिला साफ च्याम्पियनसिप : उपाधि जित्नबाट चुक्यो नेपाल

२२ आश्विन २०७५

काठमाडौं,असोज २२

भुटानमा सम्पन्न साफं यू–१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले उपविजेतामै चित्त बुझाउनुपरेको छ ।

Advertisement
Advertisement

भुटानको चामलिमिथाङ राष्ट्रिय स्टेडियममा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग १–० गोलको हार बेहारेपछि नेपाल उपाधि जित्नबाट चुकेको हो ।

पहिलो हाफ दुवै टोली गोलरहित बराबरीमा रहेपनि दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता बनाएको थियो।

खेलको ४९औं मिनेटमा मसुरा प्रविनले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। लामो फ्रिकिकलाई सदुपयोग गर्दै प्रविणले हेड गोल गरेकी थिइन्। एक गोलले पछि परेपछि नेपाली टोलीले आक्रामक खेल खेल्दै बंगलादेशलाई दबाबमा राखे पनि गोल भने गर्न सकेन।

समूहगत चरणको खेलमा पनि नेपाल बंगलादेशसँग २–१ गेलले पराजित भएको थियो। हारसँगै साफले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै रह्यो।

Advertisement
Advertisement

सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो। त्यस्तै समूह चरणको पहिलो खेलमा भने पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top