अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

२२ असोज ७५, मंगलबार

बेइजिङ, २२ असोज
चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गरेका छन् । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो ।

बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा आरोप–प्रत्यारोप भएको बताइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ जापान, उत्तर कोरिया र दक्षिण कोरियाको भ्रमण गरी चीन आइपगेका थिए ।

बेइजिङको डिआओयुताई गेस्ट हाउसमा भएको भेटवार्तामा चिनीया विदेशमन्त्री वाङले अमेरिकाले दुई देशबीचको पछिल्लो व्यापारिक तनावका विषयमा बढाइचढाइ कुरा गरेको आरोप लगाएका थिए । यी दुई मुलुकले एकअर्का विरुद्ध अर्बौं डलरका सामानमा करवृद्धिको घोषणा गरेका छन् ।

Advertisement

विदेशमन्त्री वाङले ताइवानका सम्बन्धमा अमेरिकाले एकपछि अर्को कदम चालेको र चीनको सार्वभौमसत्तालाई चोट पुग्ने अन्य धेरै कार्यहरु गर्न थालेको आरोप लगाए ।

“यी कार्यहरुले दुवै पक्षबीचको आपसी विश्वासलाई असर पारेको छ, र चीन–अमेरिका सम्बन्धमा नकारात्मक असर पर्न थालेको छ । यो दुवै मुलुकका जनताको चाहना विपरीतको कार्य हो,” विदेशमन्त्री वाङले भने ।

“हाम्रो चाहना नै अमेरिकाले यी भड्किला कार्यहरु समयमै रोकोस् भन्ने हो । दुवै मुलुकले सहयोगात्मक नीति अवलम्बन गर्नु पर्दछ र द्वन्द्व एवं विरोधको सिलसिला रोक्नु पर्दछ ।”

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकामा आयोजित एक समारोहमा बोल्दै चीनको सैनिक आक्रामकता, व्यवसाय चोरी तथा मानव अधिकारको बढ्दो उल्लङ्घनका बारेमा तीव्र आलोचना गरेका थिए । उनले आगामी नोभेम्बरमा हुने अमेरिकी चुनावमा चीनले हस्तक्षेप गर्न लागेको आरोप समेत लगाएका थिए ।

संयुक्तराज्य अमेरिकाले ताइवानलाई हातहतियार बेच्न लागेकामा पनि चीनले आपत्ति जनाएको छ । ताइवानका सम्बन्धमा वासिङटनले चीनको दाबीलाई स्वीकार गरेपनि अमेरिकी उच्च अधिकारीलाई ताइवान भ्रमणमा जाँदा चीनको स्वीकृति लिनु नपर्ने नयाँ नियम प्रयोगमा ल्याइएको छ ।

वाङको धारणाका सम्बन्धमा प्रतिक्रिया जनाउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले आफू चीनसँग वार्ता गर्नकै लागि आएको बताए । “तपाइँहरुले उठाएका मुद्दाहरुमा हाम्रो आधारभूत रुपमै भिन्न मत छ,” उनले भने । “चीनका पछिल्ला कदमहरुमाथि हाम्रो पनि चासो छ र हामीबीचको महत्वपूर्ण सम्बन्धका कारण विवादित विषयमा छलफल गर्न हामीले चाहेका छौं ।”

विदेशमन्त्री पोम्पेओले बेइजिङमा यसै महिना हुनेगरी तय भएको अमेरिकी रक्षामन्त्री जीम म्याटिस र उहाँका चिनीया समकक्षीबीचको भेटघाट स्थगित गरिएको समेत जानकारी दिए । “दुई मुलुकबीचको रणनीतिक संवाद रोकिएकामा म दुःखित छु, र यसको मुख्य कारण चीन हो,” उनले भने ।

तर चिनीया विदेशमन्त्री वाङले तत्काल प्रतिक्रिया जनाउँदै भने, “यो रणनीतिक संवाद चीनले रद्द गरेको छैन । मैले सही कुरा बताइरहेको छु ।”

यद्यपी उत्तर कोरियाको आणविक महत्वाकाँक्षालाई नियन्त्रणमा राख्ने विषयमा दुवै नेताले सकारात्मक धारणा राखेका थिए । चीनले उत्तर कोरियामाथि लागेका आर्थिक प्रतिबन्धहरुमा खुकुलो गर्न आग्रह गरेको थियो ।

चिनीया विदेशमन्त्री वाङले उत्तरका सम्बन्धमा बेइजिङ र वासिङटनबीच सञ्चार र सहयोगलाई बढावा दिनुपर्नेमा जोड दिए।
रासस÷एएफपी

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top