२८ जेठ , काठमाण्डौ ।
आज बिहानैदेखि कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावले बिहीबार बिहानैदेखि कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको पूर्वानुमान छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ । केही दिन अघिदेखिको लगातार तातो दिनको पूर्वानुमान गर्दै आएको विभागले आज भने तातो हावाको लहरको चेतावनी दिएको छैन ।
धेरै ठाउँमा वर्षाको पूर्वानुमान गरेको छ । यसैबीच, मौसमविद् विनोद पोखरेलले आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो १० घण्टादेखि लागिरहेको उनले प्रस्ट पारेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार खोटाङको कुर्लेघाटमा पछिल्लो एक घन्टाको अबधीमा २३.८ मिलिमिटर वर्षा भएको छ। जयरामघाट, उदयपुरको उदयपुरगढीमा पनि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा मापन भएको छ।
बर्दियाको ओरहीखोलामा ७०.२ मिलिमिटर वर्षामापन भएको छ। स्यानो श्री चेपाङमा ५४.२ मिलिमिटर, सुर्खेतको कालीदमारमा ५४.६, स्याङ्जाको मालुंगामा ५३, पाल्पाको तानसेनमा ५३, नवलपुरको डाँडामा ५८.६, मकवानपुरको मकवानपुर गढीमा ५०.६, काठमाडौंको कपनमा ५२.२ मिलिमिटर वर्षा मापन भएको छ।
इस्तै आज राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग तथा कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ।
यसैबीच हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी ‘हिन्दुकुश–हिमालय (एचकेएच) मनसुन आउटलुक २०२६’ बिहीबार प्रकाशित गरेको हो। एचकेएच मनसुन आउटलुक २०२६, विश्व तथा क्षेत्रीयस्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित छ।
यसको उद्देश्य जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसमअघि सरकार, विपद् व्यवस्थापन निकाय र समुदायलाई योजना तथा पूर्वतयारीमा सहयोग पु¥याउनु रहेको इसिमोडले जनाएको छ। यस अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तानलगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा यस क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ।
यसका बाबजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमहरूको सम्भावना उच्च रहने बताएका छन्। ‘कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय हो,’ इसिमोडका जलविज्ञ मनीष श्रेष्ठले भने, ‘समुदाय र सम्बन्धित निकायहरूले छोटो अवधिका मौसम पूर्वानुमान तथा परामर्शहरूलाई नजिकबाट पछ्याउन आवश्यक छ।’
अनियमित वर्षा र बढ्दो तापक्रमको संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ। लामो समयसम्मको सुक्खा अवस्थापछि अचानक भारी वर्षा हुन सक्ने भएकाले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरोको अवस्था सिर्जना हुन सक्छ।
हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्र एसियाभर तीन हजार ५०० किलोमिटरसम्म फैलिएको छ। यसले अफगानिस्तान, बङ्गलादेश, भूटान, चीन, भारत, म्यान्मा, नेपाल तथा पाकिस्तान गरी आठ देश समेट्छ। उच्च हिमाली शृङ्खला, मध्यपहाडी क्षेत्र तथा मैदान समेटिएको यो क्षेत्र करिब दुई अर्ब मानिसको खाद्य, पानी तथा ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ।
साथै, असंख्य दुर्लभ तथा अपूरणीय जीवजन्तु र वनस्पतिको बासस्थान पनि हो। यो क्षेत्र जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयबाट सिर्जित विश्वव्यापी संकटका असरबाट जोखिमग्रस्त छ।
२८ जेठ , काठमाण्डौ ।