फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

३१ जेठ ८३, सोमबार

१ असार,काठमाण्डौ ।

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ ।

फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ । घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेका छन् ।

Advertisement

डिगो एप नेपालभित्र मात्र उपलब्ध इन्टरनेटमा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म हो, जसमार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।

Advertisement

मोबाइल पास–रु.५४९

मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि यो सबैभन्दा किफायती विकल्प हो । यो पासमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिने भए पनि एक पटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

सिजन पास–रु.९९९
अझ बढी सुविधा र बहु–उपकरण पहुँच चाहने दर्शकहरूका लागि रु. ९९९ को सिजन पास उपलब्ध छ । यस पासमार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिनेछ । मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपको रोमाञ्चकता अनुभव गर्न सकिनेछ ।

टेलिभिजनमा फुल एचडी अनुभव

परिवार तथा साथीभाइसँग बसेर ठूलो स्क्रिनमा विश्वकप हेर्न चाहने दर्शकहरूका लागि डिशहोमले रु. ९९९ मा टेलिभिजन सिजन पास उपलब्ध गराएको छ । यसमार्फत ग्राहकहरूले डिशहोम डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टिभी सेट–टप बक्समा फुल एचडी गुणस्तरमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

यस सुविधाको लाभ लिन सक्रिय नियमित सदस्यता अनिवार्य हुने कम्पनीले जनाएको छ । डिशहोमले डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएको स्पष्ट पारेको छ । रु. ९९९ को डिगो सिजन पासमार्फत ग्राहकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमा विश्वकपका खेलहरू हेर्न सक्नेछन् ।

त्यसैले एन्ड्रोइड टेलिभिजन प्रयोगकर्ताले डिगो एपमार्फत सिधै टेलिभिजनमै खेलको मज्जा लिन सक्नेछन् । तर डिशहोम डीटीएच सेट–टप बक्स वा डिशहोम आईपी टिभी सेट–टप बक्समार्फत विश्वकप हेर्न चाहने ग्राहकहरूले टेलिभिजन सिजन पास खरिद गर्नुपर्नेछ।

डिगो सिजन पासले डिशहोम डीटीएच वा आईपी टिभी सेवामा पहुँच प्रदान गर्दैन। यदि कुनै ग्राहकले डिशहोमको डीटीएच वा आईपी टिभी सेट–टप बक्समार्फत घरको टेलिभिजनमा तथा बाहिर रहँदा डिगो एपमार्फत मोबाइल वा अन्य डिजिटल उपकरणमा विश्वकप हेर्न चाहनुहुन्छ भने डिगो सिजन पास र टेलिभिजन सिजन पास दुवै छुट्टाछुट्टै खरिद गर्नुपर्नेछ ।

विश्वकपका कुनै पनि महत्वपूर्ण खेल नछुटाउन ग्राहकहरूले आफ्नो आवश्यकता अनुसारको सेवा छनोट गरी सहज रूपमा पास खरिद गर्न सक्नेछन् । डिशहोम डीटीएच तथा आईपी टिभीका लागि विश्वकप सिजन पास डिशहोमका आधिकारिक डिलरदाइ, खल्ती, ईसेवा, कनेक्ट आईपीएस तथा अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यममार्फत खरिद गर्न सकिनेछ ।

यस्तै डिगो विश्वकप पास भने खल्ती, ईसेवा, ग्लोबल आइएमई मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत मात्र खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top