जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

३ असार, काठमाण्डौ।

फ्रान्समा भएको जी ७ शिखर सम्मेलनमा नेताहरू बीचको अनौपचारिक छलफल अहिले चर्चाको तातो विषय बनेको छ। उनीहरूको खुला–माइक कुराकानीको क्रममा धेरै नेताहरूले व्यक्तिगत गोप्य कुराहरू खुलासा गरेका छन् । इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीले एक महिनाअघिदेखि धूम्रपान त्यागेको समेत खुलासा गरेकी छन् ।

विश्वका प्रमुख अर्थतन्त्रहरू सम्मिलित जी–७ शिखर सम्मेलनमा युद्ध, व्यापार, जलवायु परिवर्तन र विश्वव्यापी चुनौतीजस्ता गम्भीर विषयमा छलफल भइरहेका बेला नेताहरूबीच भएका केही अनौपचारिक तथा रोचक संवाद पनि चर्चामा आएका हुन्। सम्मेलनस्थलमा जडान गरिएका ‘हट माइक’ (सक्रिय माइक्रोफोन) ले ती संवाद रेकर्ड गरेपछि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका हुन्।

Advertisement

फ्रान्सको एक ताल किनारस्थित रिसोर्टमा आयोजित सम्मेलनका क्रममा बैठक कक्षभित्र र बाहिर रहेका माइक्रोफोनले नेताहरूबीच भएका अनौपचारिक कुराकानीसमेत कैद गरेका थिए। ती संवादमा धूम्रपान, खेलकुद, मौसमदेखि ग्रीनल्यान्डसम्मका विषय समेटिएका थिए।

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आफूले धूम्रपान छोडेको खुलासा गरेकी छन्। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले मेलोनीलाई “आज बिहान चुरोट खानुभयो ?” भनेर सोधेपछि उनले आफूले मे १ यता चुरोट नखाएको बताएकी थिइन्। मेलोनीको उक्त भनाइपछि क्यानडा, बेलायत, जापान तथा युरोपेली संघका नेताहरूले उनलाई बधाई दिएका थिए।

Advertisement

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मजाक गर्दै “निकोटिन प्याच प्रयोग गरिरहनुभएको छ ?” भनेर प्रश्न गरेका थिए। जवाफमा मेलोनीले “म निद्रा भगाउनका लागि केवल ब्ल्याक कफी पिइरहेकी छु,” भनेकी थिइन्। अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकपको माहोलका कारण सम्मेलनमा खेलकुद पनि प्रमुख छलफलको विषय बनेको थियो।

मध्याह्न भोजनका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसहित अन्य नेताहरूबीच फुटबलबारे कुराकानी भएको थियो। कुनै नेताले फ्रान्सेली राष्ट्रिय टोलीको समर्थनमा “अले ले ब्लु” भन्दै उत्साह व्यक्त गरेका थिए भने अर्का नेताले हालै फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जितेको च्याम्पियन्स लिग उपाधिको चर्चा गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ह्वाइट हाउसमा आयोजित यूएफसी (अल्टिमेट फाइटिङ च्याम्पियनसिप) प्रतियोगिताको उल्लेख गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटको प्रशंसा गरेका थिए। यस्तै बेलायती प्रधानमन्त्री केयर स्टार्मरले केप भर्डे र विश्व च्याम्पियन स्पेनबीच गोलरहित बराबरीमा सकिएको खेल निकै रोमाञ्चक रहेको टिप्पणी गरेका थिए।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाबीच भएको अर्को संवाद पनि माइक्रोफोनमा कैद भएको थियो। कुराकानीका क्रममा ट्रम्पले कोस्टातर्फ हेर्दै केवल “ग्रीनल्यान्ड” शब्द उच्चारण गरेका थिए। यद्यपि उक्त टिप्पणी कुन सन्दर्भमा गरिएको थियो भन्ने स्पष्ट हुन सकेन।

ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने सम्बन्धमा ट्रम्पले विगतमा दिएका अभिव्यक्तिका कारण युरोपेली नेताहरूले पटक–पटक आपत्ति जनाउँदै आएका छन्। मध्याह्न भोजनपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफ्नो घडी त्यहीँ छाडेका थिए। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अन्य नेताहरूलाई म्याक्रोंले घडी बिर्सिएको जानकारी गराएपछि त्यहाँ रोचक माहोल बनेको थियो।

यसक्रममा ट्रम्पले हाँस्दै भने, “यदि उनले घडी छाडेका हुन् भने मलाई दिनुहोस्।” ट्रम्पको उक्त टिप्पणीसँगै सम्मेलनस्थलमा उपस्थित नेताहरूबीच हाँसोको फोहोरा छुटेको थियो। शिखर सम्मेलनका क्रममा नेताहरूबीच उपहार आदानप्रदान पनि गरिएको थियो। फ्रान्सका राष्ट्रपति म्याक्रोंले आगामी वर्ष फ्रेन्च आल्प्स क्षेत्रमा आयोजना हुने साइकलिङ विश्व च्याम्पियनसिपको प्रवद्र्धनका लागि सहभागी नेताहरूलाई साइकल उपहार दिएका थिए।

यस्तै, जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनको नाम र ‘४७’ नम्बर अंकित जर्मन राष्ट्रिय फुटबल टोलीको जर्सी उपहारस्वरूप प्रदान गरेका थिए। ट्रम्पले उक्त जर्सी हातमा उठाएर फोटो खिचाएका थिए र उपस्थित सबैलाई मुस्कुराउँदै देखाएका थिए। पछि मर्जले उक्त तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका थिए, “अन्ततः हामी एउटै टोलीमा छौं।”

जी–७ समूहका शीर्ष नेताहरूको वार्षिक शिखर सम्मेलन यसपटक फ्रान्सको इभियाँले बाँ सहरमा सम्पन्न भएको छ। यो सम्मेलन १५ देखि १७ जून २०२६ सम्म फ्रान्सको इभियाँमा आयोजना भएको थियो। जी–७ समूहमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका गरी सात औद्योगिक राष्ट्र समावेश छन्, जसको अध्यक्षता वार्षिक रूपमा घुम्ती प्रणालीअनुसार हुने गर्छ।

यसपटक फ्रान्सले अध्यक्षता गरेको हो । युरोपेली युनियनका तर्फबाट युरोपेली परिषद्का अध्यक्ष आन्तोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायन सम्मेलनमा सहभागी भएका थिए। साथै, फ्रान्सका राष्ट्रपति इमानुएल मक्रोँले जी–७ सदस्य नभएका केही राष्ट्र प्रमुखहरूलाई पनि निम्तो दिएका थिए, जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति समावेश थिए।

यस वर्षको सम्मेलन विश्वमा चलिरहेका विविध संकटको पृष्ठभूमिमा सम्पन्न भयो। युक्रेन युद्ध, व्यापारिक तनाव र इरान–अमेरिका द्वन्द्व यस सम्मेलनको मुख्य एजेन्डामा रहे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौतापछि यस सम्मेलनमा सहभागी भएका थिए ।

इरान विवादले युक्रेन युद्धलाई ओझेलमा पारेको भन्दै फ्रान्सका राष्ट्रपति मक्रोँले ट्रम्पलाई युक्रेनलाई निरन्तर समर्थन गर्न र रुसमाथि दबाब बढाउन मनाउने प्रयास गरेका थिए। अमेरिकाले युक्रेनलाई दिने सहायता घटाएसँगै फ्रान्स र अन्य युरोपेली सहयोगीहरू अहिले युक्रेनका सबैभन्दा ठूला सैनिक र आर्थिक सहायता प्रदायक बनेका छन्।

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top