रुख काटेको हेर्न गएका कलाकारको मृत्यु

२२ असोज ७५, मंगलबार

काठमाडौँ,असोज २३
चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ ।

Advertisement

आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले थिचेर उनको निधन भएको हो ।उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए ।

Advertisement

विपरीत दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढलेको र रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो ।

ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top