×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

जयनगर-जनकपुर रेलः मंसिर देखि सञ्चालनमा आउने, बर्दिबास-निजगढ पनि अघि बढ्यो

२३ आश्विन २०७५

काठमाडौं,असोज २३
जयनगर–जनकपुर रेल मंसिर देखि सञ्चालनमा आउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणका क्रममा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३४ किलोमिटर लामो रेल उद्घाटन गर्न लागिएको हो ।

रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारका अनुसार आगामी डिसेम्बर९मंसिर०महिनाभित्र सो रेल सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । नेपाल र भारतबीच वेट लिजमा सो रेल सेवा सञ्चालन गर्ने सहमति भैसकेको छ ।

Advertisement

भारतीय रेल सेवा निगमले रेलका इञ्जिन, चालक र प्राबिधिक उपलब्ध गराउनेछ । भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन र नेपालीहरुले रेल सञ्चालनको ज्ञान प्राप्त गरिसकेपछि आफैं सञ्चालन गर्नेछ ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भैसकेको छ । नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ ।

भारत सरकारले १० अर्ब लागतमा जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर रेल निर्माण गरिदिने सम्झौता भएको थियो । सोमध्ये ३४ किलोमिटरमा रेल गुडाउने तयारी अन्तिम चरणमा पुगेको हो ।

बर्दिबास–निजगढमा पुल
कालिञ्जोर र फुल्चोर खोलामा पुल निर्माण गरिरहेको रेल बिभागले पौराही खोला, साथीहरी खोला, अमो खोला, चाँदी खोला, लामाहा खोलामा पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले पुर्वपश्चिम रेलमार्गलाई निजगढबाट मकवानपुर हुँदै चितवनबाट नवलपरासीको तम्सरिसयामा जोड्ने गरि डीपीआर निर्माणको काम अघि बढाएको जानकारी दिए ।

मिश्रले काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग पनि निजगढ हुँदै अघि बढ्ने जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्जका कारण बिरगञ्ज काठमाडौं रेलमार्गलाई निजगढ लगिएको हो भने पर्सा निकुञ्ज र चितवन निकुञ्जका कारण पुर्वपश्चिम रेलमार्गलाई पनि निजगढबाटै मकवानपुर मोडिएको हो ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top