९ जेठ , काठमाण्डौ ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को भर्खरै सकिएको रोमान्चक खेलमा अल्जेरियाले जोर्डनविरुद्ध उत्कृष्ट जित निकालेको छ । खेलमा जोड्नविरुद्ध सानदार पुनरागमन गर्दै २–१ को जित नकिालेको हो । खेलको पहिलो हाफमा पिछडिएको अल्जेरियाले दोस्रो हाफमा सानदार पुनरागमन गरेको हो ।
खेलको ३६ औँ मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई सुरुवाती १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा जोर्डनले सोही अग्रता कायम राखे पनि दोस्रो हाफमा अल्जेरिया खेलमा फर्कियो । अल्जेरियाका लागि ६९ औँ मिनेटमा एन बेनबोआलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८२ औँ मिनेटमा अमिन गोइरीले कर्नरबाट आएको बललाई पोस्टको दिशा दिँदै अल्जेरियालाई २–१ को महत्त्वपूर्ण जित दिलाएका छन् । यो जितसँगै अन्तिम ३२ मा अल्जेरियाको सम्भावना बाँकी छ । यो हारसँगै जोड्ने भने समूह चरणबाटै बाहिरिएको छ ।
यो समूहबाट अर्जेन्टिना ६ अंकसहित अघिल्लो चरण प्रवेश गरिसकेको छ भने अस्ट्रियाले दुई खेल खेल्दा एक हार र एक जित निकाल्दै तीन अंक जोडेको छ । यससंगै समूह चरण अन्तिमतिर पुगेसँगै नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्ने क्रम जारी छ ।
यसक्रममा सह–आयोजक मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । दक्षिण कोरियामाथि १–० को जित निकाल्दै उसले समूह ए को शीर्ष स्थान सुरक्षित गरेको हो । यता समूह डीमा अष्ट्रेलियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्यो।
यसअघि उसले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकालेको थियो । यस्तै समूह ईमा आइभरी कोस्टलाई २–१ ले पराजित गरेपछि जर्मनी अन्तिम ३२ मा पुगेको हो । जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ ले हराएको थियो ।समूह जेमा कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अस्ट्रियामाथि २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ ।
मेसीले विश्वकपमा आफ्नो गोल संख्या १८ पु¥याउँदै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत कायम गरेका छन् । यस्तै समूह आईमा किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा इराकलाई ३–० ले हराउँदै फ्रान्सले अन्तिम ३२ मा स्थान पक्का गरेको छ । फ्रान्सले प्रतियोगिताको सुरुआती खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।
समूह आईमा सेनेगलमाथि ३–२ को जित निकाल्दै २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे नकआउट चरणमा पुगेको छ । नर्वेले पहिलो खेलमा इराकलाई ४–१ ले हराएको थियो । यता विश्वकपबाट बाहिरिने टोलीहरूमा समूह सीमा रहेको ब्राजिलसँग ३–० ले पराजित भएपछि हाइटी विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो ।
पहिलो खेलमा पनि उसले स्कटल्यान्डसँग १–० को हार बेहोरेको थियो । यस्तै समूह डीमा १० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीएको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ । अष्ट्रेलियासँगको पहिलो खेलमा पनि उसले २–० को हार बेहोरेको थियो ।
समूह एफमा जापानसँग ४–० र स्विडेनसँग ५–१ को हारपछि ट्युनिसिया विश्वकपबाट बाहिरिएको तेस्रो टोली बनेको छ । पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा राउन्ड अफ ३२ समावेश गरिएको हो । यो चरण जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछ ।
समूहका शीर्ष दुई टोली स्वतः नकआउट चरणमा पुग्नेछन् । त्यसबाहेक समूहमा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट आठ टोलीले पनि अन्तिम ३२ मा स्थान बनाउनेछन् । विश्वकपको नकआउट यात्रा राउन्ड अफ ३२ बाट सुरु भएर राउन्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल हुँदै जुलाई १९ मा हुने फाइनलसम्म पुग्नेछ ।
विश्वकप इतिहासमै पहिलो पटक फिफाले समान अंक भएका टोलीबीच गोलअन्तरभन्दा हेड–टु–हेड नतिजालाई प्राथमिक आधार बनाएको छ । समान अंक भएमा पहिलो चरणमा सम्बन्धित टोलीबीचको प्राप्त अंक, गोलअन्तर, गोल संख्या हेरिनेछ । त्यसपछि मात्र समग्र गोलअन्तर, समग्र गोल संख्या, अनुशासन अंक (कार्ड) र अन्तिम अवस्थामा फिफा वरीयताको आधारमा निर्णय हुनेछ ।
यस्तै अब बाँकी तालिका अनुसार समूह चरणः जुन ११–२७ सम्म, राउन्ड अफः ३२ः जुन २८–जुलाई ३ सम्म, राउन्ड अफः १६ जुलाई ४–७ सम्म, क्वाटरफाइनलः जुलाई ९–११ सम्म, सेमिफाइनलः जुलाई १४–१५ सम्म, यस्तै तेस्रो स्थानको खेलः जुलाई १८ मा र फाइनलः जुलाई १९मा हुने छ ।




