×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा बिकमाथि भएको बलात्कारपछि हत्या प्रकरणले देशभर आक्रोशसँगै न्यायको आवाज उठिरहेको छ । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत शहीद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

Advertisement
Advertisement

यो घटनो पनि विगतकै निर्मला पन्त, भागीरथी भट्ट, प्रमिला थारु, नमिता , सुनिता लगायतका किशोरीको जस्तै नियति भोग्नु पर्ने हो भन्ने चिन्ता देशब्यापी रुपमा उठ्न थालेको छ। यस विषयमा कलाकारहरुदेखि विभिन्न संघ संस्था र सार्वसाधारणहरुले सामाजिक संजालमा खबरदारी गरेका छन् ।

इनिशाको बलात्कारपछि हत्याको विरोधमा देशैभर प्रदर्शन भइरहँदा कलाकारहरूले पनि बोल्न सुरु गरेका छन् । गायिका एलिना चौहानले इनिशाको न्यायको माग गर्दै बलात्कारीलाई कठोर कानुनी सजायको माग गरेकी छन् ।उनले सञ्जालमा इनिशाको तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘जबसम्म बलात्कारीलाई फाँसी जस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिन्छ जस्तो लाग्दैछ । नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ । कहिलेसम्म र कति समयपछि बन्द हुन्छ यस्ता घटनाहरू ?’

चौहानले दुखी भएको इमोजी राख्दै ‘ह्यासट्याग जस्टिस फर इनिशा बिक’ लेखेकी छन् । अर्की गायिका रचना रिमालले पनि इनिशाको तस्बिर सेयर गर्दै यो देशमा निर्मला पन्त, निरु बिक, इनिशा बिक जस्ता पीडितले कहिले न्याय पाउने भनेर प्रश्न गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘हामी सबैले आवाज उठाउनै पर्छ । छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउनुपर्छ । अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउनुपर्छ । पीडितलाई दोष दिने होइन, साथ दिनुपर्छ । अब मौन बस्ने समय सकिएको छ ।’

उनले छोरीहरूको सुरक्षा कुनै विकल्प नभएर अधिकार भएको बताएकी छन् । गायक प्रकाश सपूतले इनिशा घटनामा कानुनले शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘र, तर, वा, अथवा, तथापि भनेर अपराधीलाई उम्काउने बहना नखोजियोस् । हामीले थप छोरीहरू गुमाउन नपरोस् ।’ गायक शिव परियारले पनि ‘ह्यासट्याग जस्टिस फर इनिशा’ लेख्दै अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

अभिनेत्री केकी अधिकारीले दोषीलाई कडा सजायको माग ग रेकी छन् । उनले लेखेकी छन्, ‘हामी समाजका रूपमा कहाँ उभिएका छौँ ? हामी प्रायः दोष अरूमा खोज्छौँ । तर, कतै हामीले नै यस्तो जघन्य हिंसालाई सामान्य बताइरहेका त छैनौँ ? दोषी नउम्कियोस् । कडा सजाय दिलाइयोस् । समाजको चेत खुलोस् । अनि विकासको कुरा गरौँला ।’

यस्तै अभिनेत्री सुरक्षा पन्तले आफ्नो सामाजिक सञ्जालमार्फत समाजका पुरुषहरूलाई लक्षित गर्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधको मूल कारणबारे प्रश्न उठाएकी हुन् । उनले सोधेकी छिन् ‘प्रिय पुरुष पात्र, केवल एक प्रश्नको उत्तर दिनुभए आभारी हुने थिएँ । बलात्कार–हत्याजस्तो जघन्य अपराधको जड के हो ? सत्य बोल्नु होला । यद्यपि यसको उत्तर छोरीहरूलाई थाहा नभएको होइन, तर पनि हाम्रो उकुसमुकुसलाई सम्बोधन गर्नु तपाईँहरूको पनि धर्म हुनुपर्ने हो । माया अमर रहोस् ।’

उनले पोस्टको अन्त्यमा ‘मौन, बलात्कारमुक्त तथा समाज जस्ता ह्यासट्याग प्रयोग गरेकी छिन् । १६ वर्षीया किशोरी इनिशामाथि चार जना किशोरद्वारा बलात्कारपछि हत्या गरिएको घटनाले देशभर आक्रोश फैलिएको छ । उक्त घटनाले बालिका र महिलामाथि हुने यौन हिंसाबारे पुनः गम्भीर वहस प्रारम्भ गराएको छ ।

घटनापछि सामाजिक सञ्जालमा न्यायको माग गर्दै विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन् भने धेरैले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । साथै, सामाजिक सञ्जालमा अहिले ‘बलात्कारमुक्त समाज’ को मागसहित विभिन्न अभियानहरू पनि चलिरहेका छन् । धेरैले अपराधीलाई कडा सजाय मात्र होइन, दीर्घकालीन रूपमा समाजको सोच र संस्कार परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत स्थित वनमा १६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको थियो । कर्णालीप्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् ।

जिल्लाप्रहरी कार्यालय सुर्खेतकाअनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले १६ वर्षीय बालकलाई फागुन २३ गते नै घटनास्थलबाटै गिरफ्तार गरेको थियो ।

प्रहरीले थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय बालकहरुलाई पनि नियन्त्रणमा लिएको हो ।यद्यपी हालसम्म परिवारजनले बालिकाको शव बुझेका भने छैनन् । शव परीक्षण प्रतिवेदन अनुसार जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख गरिएको छ ।

गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । शरीरभरि निलडाम र रगताम्य अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्याउने बित्तिकै मृत घोषणा गरेका थिए ।

इनिशा कुकृत्यको शिकार बन्नु अघि यस्तै अन्य किशोरीहरु समेत यस्तै घटनाको शिकार बनिसकेका छन् ।जसले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । निर्मला पन्तको ८ वर्षअघि बलात्कारपछि हत्या भयो उनको मुद्दाले राष्ट्रलाई स्तब्ध बनायो र देशभर ठूलो विरोध प्रदर्शन भयो तर आज पनि यस घटनाका अपराधीहरुले सजाय पाउन सकेका छैनन् ।

यस्तै घटनाको शिकार बनेका बैतडीकी १७ वर्षीया भागीरथी भट्ट, रपन्देहीकी १३ वर्षीया अंगिरा पासी कन्चनपुरकै १४ वर्षीया प्रमिला थारु,बझाङकी १२ वर्षीया एक दलित बालिका , सुनसरीकी १२ वर्षीया दलित बालिका तथा पोखराको नमिता सुनिता कलात्कार र हत्या प्रकरण समुदायलाई हल्लाउने त्रासदी र ह्दयविदाक घटनाहरु हुन् ।

यी घटनाहरुले अझैपनि न्याय मागिरहेका छन् । अहिलेसम्म उनीहरूको चिच्याहट मौनतामा गुन्जिरहेको छ । हाम्रो प्रणालीले उनीहरूको पीडा बिर्सेको झै देखिएको छ । हाम्रो देशमा भएका धेरै यस्ता हृदयविदारक घटनाहरूले हामीलाई न्याय र सुरक्षाको लागि लडाई अझै बाँकी नै रहेको देखएका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top