‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

१० असार ८३, बिहीबार

११ असार, काठमाण्डौ ।

जल तथा मौसम विज्ञान विभागले आजका लागि पनि हिटवेभको सूचना जारी गरेको छ । खासगरी देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना छ । विभागले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको हो ।

विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरिन् । विभागको मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।

Advertisement

भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ । यता कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा पनि वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसेल्सियस रहने पूर्वानुमान गरिएको छ । विभागले अत्यधिक गर्मीको समयमा बासिन्दालाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ ।

Advertisement

जलवायुविद्का अनुसार, जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ्दै गएको छ । त्यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ । आज दिउँसो धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्ने छ । जहाँ वर्षाको सम्भावना शून्य छ ।

यसैगरी वीरेन्द्रनगर, घोराही, भैरहवा र सिमरामा आज तातो दिन रहने छ । यी क्षेत्रहरूमा पनि दिउँसो वर्षा हुने कुनै सम्भावना छैन । भैरहवाको अधिकतम तापमान ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ । जनकपुरमा अधिकतम तापमान ३४ देखि ३६ डिग्री सेल्सियस रहने देखिन्छ ।

डडेलधुरा, दिपायल, जुम्ला, जोमसोम र जिरीमा पनि दिउँसो हल्का वर्षाको सम्भावना छ । राति पनि पोखरा, सिमरा, काठमाडौँ र ओखलढुङ्गामा राति मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विराटनगरमा राति ६० प्रतिशत वर्षाको सम्भावनासहित मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान छ ।

त्यस्तै धनकुटा, धरान र ताप्लेजुङमा पनि राति मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ भने जनकपुरमा राति हल्का वर्षा हुने सम्भावना छ। रातिको समयमा सबैभन्दा कम न्यूनतम तापमान जोमसोममा ११ देखि १३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ । यसैबीच जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याएको छ ।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज झापा, मोरङ, धनकुटा र आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

यसैगरी, भोलि र पर्सी पनि देशका विभिन्न भागमा बहाव बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको छ । आगामी दुई दिन कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भएर बहने केही स–साना नदीहरूमा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान महाशाखाको छ ।

यद्यपि, देशका प्रमुख ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसका साथै कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि अहिले जलसतह सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपालले मनसुन विपद् व्यवस्थापनका लागि ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा स्टान्डबाई राखेको छ । सशस्त्र प्रहरी बलले आज विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल परिचालन, पूर्वतयारी र प्रतिकार्य योजना जारी गरेको हो ।

जसअनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुरूप देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका २१,६९९ जनशक्तिहरूलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा राखिएको छ भने असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई अनुशिक्षण तालिम प्रदान गरिसक्ने योजना रहेको छ ।

यस्तै विपद् प्रतिकार्यको निमित्त ८१८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४सै घण्टा स्टान्डबाई रहनेगरी राखिएको छ । देशभर रहेका कार्यालयहरूमा डिजास्टर फोकल पर्सनहरू तोकी अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ।

एनडीआरआरएमए, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रहरू, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रहरूमा सञ्चार तालिम प्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई आवश्यक समन्वयका लागि खटाइएको छ ।

यस्तै सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरूबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानहरूको पहिचान गरी कोसी प्रदेशमा ६, मधेस प्रदेशमा ११, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ८ गरी ५४ स्थानहरूमा अस्थायी मनसुन बेस स्थापना गरी कार्य गरिरहेको छ । १६ वटा जोखिमयुक्त स्थानहरूमा विपद् व्यवस्थापन बेस स्थापना गरी जनशक्ति एवं स्रोतसाधनसहित तयारी अवस्थामा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top