दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

१० असार ८३, बिहीबार

११ असार, काठमाण्डौ ।

यसअघि नै अन्तिम ३२ मा पुगेको सह–आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत नतिजा निकालेको छ । समूह ‘ए’ को अन्तिम खेलमा चेकियालाई ३–० ले पराजित गर्दै मेक्सिको समूह विजेता बनेको छ। मेक्सिको सिटी स्टेडियममा आज भएको खेलमा माटेओ चाभेज, जुलियन किन्योनेस र आल्भारो फिडाल्गोले गोल गरे ।

पराजयसँगै चेकियाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ । खेलअघि नै समूह विजेता र नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको मेक्सिकोविरुद्ध चेकियालाई अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न जित आवश्यक थियो । त्यसैले खेलको सुरुआतमा चेकियाले बढी आक्रामक प्रदर्शन ग¥यो ।

Advertisement

आठौं मिनेटमा डेनिस भिसिन्स्कीको प्रहार पोस्ट नजिकबाट बाहिरिँदा चेकियाले अग्रता लिने अवसर गुमायो । पहिलो हाफमा केही राम्रो अवसर सिर्जना गरे पनि चेकियाले गोल गर्न सकेन । दोस्रो हाफमा भने मेक्सिकोले आफ्नो लय समात्यो । खेलको ५५औँ मिनेटमा चाभेजले तीव्र गतिमा रक्षापंक्ति चिर्दै गोल गरेपछि घरेलु समर्थकहरू उत्साहित बने ।

६१ औं मिनेटमा किन्योनेसले नजिकको दूरीबाट गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यो गोलपछि चेकियाको पुनरागमनको सम्भावना झन् कठिन बन्यो । खेल सकिन १२ मिनेट बाँकी रहँदा प्रशिक्षक हाभियर अगिरेले ४० वर्षीय अनुभवी गोलरक्षक गुइलेर्मो ओचोआलाई मैदानमा उतारे ।

Advertisement

ओचोआ विश्वकपको छैटौं संस्करणमा सहभागी हुने दुर्लभ खेलाडीमध्ये एक हुन् । इन्जुरी समयको चौथो मिनेटमा फिडाल्गोले अर्को गोल थपेपछि मेक्सिकोले ३–० को सहज जित सुनिश्चित ग¥यो । यो नतिजासँगै मेक्सिकोले तीन खेलबाट ९ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।

दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । आजै दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई‌ १–० ले हराएको थियो । दक्षिण कोरिया ३ अंकसहित तेस्रो र चेकिया १ अंकसहित पुछारमा रह्यो । मेक्सिकोले विश्वकप इतिहासमा पहिलोपटक समूह चरणका तीनै खेल जितेको हो ।

साथै सन् १९७० पछि पहिलोपटक विश्वकपको समूह चरणका सबै खेलमा क्लिन सिट राख्न सफल भएको छ । मेक्सिकोका माटेओ चाभेज‌प्लेयर अफ द म्याच भए । यता दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गर्दा दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पु¥याएका हुन् ।

समूह तालिकामा चार अंक बटुल्दै उसले विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश सुनिश्चित गरेको हो । यसअघिका खेलमा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भएको थियो भने उसले चेक रिपब्ल्किसँगको खेल बराबरी गरेको थियो । दक्षिण कोरियासँग जित हात पारेसँगै उसले तालिकामा चार अंक जोडेको छ ।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन । दक्षिण कोरियाले एक खेलमा मात्रै जित हातपार्दा उसले तीन अंक बटुल्यो ।

एक खेल बराबरी खेलेको चेक रिपब्लिक मेक्सिकोसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको छ । बिहान भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको छ । यस्तै मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । स्विट्जरल्यान्डले क्यानडालाई २–१ ले पराजित गरेको छ ।

यस्तै, बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले हरायो । अब तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुग्ने दक्षिण कोरियाको सम्भावना जिवितै छ । त्यसका लागि अन्य टोलीको नतिजामा निर्भर हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top