विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

१० असार ८३, बिहीबार

११ असार, काठमाण्डौ ।

सारा विश्व फुटबलको महाकुम्भ अर्थात विश्वकपका खेलहरु हेर्दै आनन्द मानिरहेका बेला आज नेपाली फुटबलका लागि भने कालो दिन रहन गएको छ । किनभने अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो नै पहिलो पटक हो ।

यसले नेपाली फुटबल अनिश्चिता र अन्यौलतातर्फ गएको छ । फिफाले आफ्नो वेब साइटमा उल्लेख गरे अनुसार उसको ब्युरो अफ द काउन्सिलले नेपाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हो ।

Advertisement

यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो, जुन फुकुवा भइसकेको छ । परिषदले एन्फाको प्रस्तावित चुनावलाई मान्यता नदिएपछि त्यो स्थगित भएको थियो । पंकज नेम्वाङ नेतृत्वको अहिलेको कार्यसमितिको समयावधि पनि समाप्त भइसकेको छ ।

फिफा काउन्सिल ब्युरोले भने फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ ।

Advertisement

यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन् । निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम देखि क्लब सम्मको टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

फिफा र एएफसीबाट पाउँदै आएको फण्ड बन्द हुनेछ । एन्फा र यसका कुनै पनि अफिसियलहरु अब फिफा र एन्फाको डेभलपमेन्ट कार्यक्रमहरुमा सहभागि हुनबाट बन्चित हुनेछन् । अर्को फिफा कंग्रेस बस्नुअघि फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले कुनै पनि समयमा यो निलम्बन फुकुवा गर्न पत्रमा उल्लेख गरेको छ ।

यसले अरु खेलकुद गतिविधि पनि प्रभावित हुनेछन् । विश्वकप चलिरहँदा एन्फा निलम्बनमा परेको खबरले आम नेपाली फुटबल समर्थकहरू चिन्तित बनेका छन् । एन्फा पटक–पटक विवादित बन्दै आएको छ । केही दिन अघि फिफाले अहिलेको अर्को निर्वाचन नभएसम्म पुरानै कार्यसमिति काम गर्न भनेको थियो ।

एन्फा कार्यसमितिको असार ६ गते कार्यकाल सकिएको थियो । तेस्रो पक्ष भनेको सरकारको हस्ताक्षेप हो । एन्फाले गत वर्ष चैत १३ गतेका लागि केन्द्रीय निर्वाचन मात्रै गर्ने निर्णय गतेदेखि एन्फा र सरकारबीच विवाद चलेको थियो । तहगत निर्वाचनका लागि पटक पटकको निर्देशन अटेर गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चैत ११ गते एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको थियो ।

पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो । एन्फा नेतृत्वले निशर्त निलम्बन फुकुवा भएको दाबी गरेको थियो । जारी विश्वकपको उद्घाटन समारोहमा भाग लिन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।

अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारी गरि २४ जनालाई राखेपको सिफारिस विदेश जान रोक लगाइएको थियो । सरकार आफै एन्फाको विवादको विषयमा संलग्न पनि भयो । तर विवादको निष्कर्ष निकाल्न सकेन। अन्तत फिफाले एन्फा निलम्बन गरेको‌ छ ।

निलम्बनसँगै नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन। नेपालका फिफा मान्यता रेफ्रीहरूले अन्तराष्ट्रिय खेल खेलाउन पाउने छैनन् । सन् १९५१ मा स्थापना भएको एन्फा १९७२ मा फिफाको सदस्य राष्ट्र बनेको थियो । ५ दशक लामो एन्फाको इतिहासमा एन्फा फिफाबाट निलम्बनमा परेको यो पहिलो पटक हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top