×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

५ चैत्र २०८२

५ चैत , काठमाण्डौ ।

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।

Advertisement
Advertisement

भोलि ६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भनेका छन्, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अहिले उनीहरु कांग्रेसमा २ सभापति रहेकै भन्ने अडानमा छन् । तत्कालीन सभापति देउवा र उनको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए ।

पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । चुनावी नतिजापछि गगनमाथि नैतिक दबाब परेको थियो । तर पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ ।

बैठक चैत ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको हो । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही बैठकले गगनको राजीनामा बारे निर्णय गर्नेछ । बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यसमिति विशेष महाधिवेशनबाटै निर्वाचित गगन अनुकुलको भएका कारण उनको राजीनामा स्वीकृत नहुने निश्चित देखिन्छ । निर्वाचनको परिणाम पार्टी प्रतिकूल आउनुलाई विशेष महाधिवेशन पक्षधर र विपक्षमा रहेका नेताहरू एक–अर्कामाथि दोष थोपरिरहेका छन् । निवर्तमान सभापति देउवा समूहले निर्वाचनमा असहयोग गरेको विशेष पक्षधरको दाबी छ ।

तर, देउवा समूह भने विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेकाले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने बताइरहेको छ ।देउवा नेतृत्वको कार्यसमितिमा प्रचार विभाग सम्हालेका नेता मीन विश्वकर्मा कांग्रेसमा दुई जना सभापति रहेको तर्क गरिरहेका छन् ।

देउवा पक्षीय नेताहरू निर्वाचनमा पार्टीले बेहोरेको पराजयसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भएको पनि बताइरहेका छन् । कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले विशेष महाधिवेशनकै कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको भन्दै सभापति थापाको राजीनामा मागिसकेका छन् ।

यसैबीच २१ फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षाअनुरूप परिणाम नआएपछि कांग्रेस नियमित महाधिवेशनको तयारीमा जुट्ने संकेत देखिएको छ । पार्टीका संस्थापन पक्षीय नेताहरू अब आफूहरू १५ औं महाधिवेशनको तयारीमा जुट्ने बताइरहेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा युवा मतदाताहरूको असन्तुष्टीको शिकार बन्दा कांग्रेसले अनपेक्षित परिणाम बेहोरेको छ ।

निर्वाचनमा सभापति थापासहित उम्मेदवार रहेका सबै पदाधिकारीहरू पराजित भएका छन् । १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले सभापति थापासहित आठ जना पदाधिकारीहरूलाई उम्मेदवार बनाएको थियो । जसमध्ये कसैलाई पनि अब गठन हुने प्रतिनिधि सभामा देख्न नपाइने भएको छ ।

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर कांग्रेस निर्वाचनमा गएको थियो । कांग्रेसका उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिएनन् । उपसभापति शर्मालाई कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक तोकेको थियो ।

सभापति थापा अमरेशकुमार सिंहसँग झण्डै ११ हजार मतले पराजित हुँदा कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे काठमाडौं–५ र मोरङ–४ मा रास्वपाका उम्मेदवारसँग पराजित भए । यस्तै कांग्रेसका पाँच जना सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा पनि पराजित भए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा समेटिएको छ भने समानुपातिकतर्फ २० सिटमा चित्त बुझाउनु परेको छ । प्रत्यक्षतर्फ कांग्रेसबाट कोशीमा चार, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन स्थानमा मात्रै विजयी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको मतपरिणामअनुसार कांग्रेसले २० सिट पाएको छ ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top