अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

१४ असार ८३, सोमबार

१५ असार , काठमाण्डौ।

नेपालको अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले जनकपुरमा आफ्नो ९औँ रिटेल आउटलेट सञ्चालनमा ल्याउने भएको छ। कम्पनीले यही असार १७ देखि जनकपुरको भानु चोकस्थित नयाँ आउटलेटमार्फत सेवा सुरु गर्दै उद्घाटनको अवसरमा ९ दिने ‘जनकपुर ओपनिङ धमाका’ अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

कम्पनीका अनुसार असार १७ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा विशेष छुट, फ्ल्यास अफर, खरिदमा निःशुल्क उपहार तथा ‘स्पिन एन्ड विन’ लगायतका ग्राहकमुखी कार्यक्रम समावेश गरिएका छन्। उद्घाटनको दिन जनकपुर आउटलेटमा पुग्ने पहिलो ९९ जना ग्राहकले लोकप्रिय अल्टिमा बुम स्लिक इयरबड्स केवल ९९ रुपैयाँ मा खरिद गर्न सक्नेछन्। यो अफर जनकपुर आउटलेटमा मात्र लागू हुनेछ।

Advertisement

यस अवधिमा अल्टिमाले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट पनि उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार बुम स्लिक इयरबड्स ९९९ रुपैयाँ, वाच फ्लेक्स १,९९९ रुपैयाँ, क्लियर माइक २,९९९ रुपैयाँ तथा साउन्डबक्स s20 ३,९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। यी अफर सीमित स्टकका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीले खरिद रकमका आधारमा ग्राहकलाई निःशुल्क उपहार पनि उपलब्ध गराउने भएको छ। ८ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुम स्लिक इयरबड्स, १० हजार रुपैयाँभन्दा बढीको खरिदमा वाच फ्लेक्स तथा १२ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुस्ट 20k प्रो पावरबैंक निःशुल्क प्रदान गरिनेछ। यी अफर नेपालभरका अल्टिमा आउटलेटहरूमा अभियान अवधिभर लागू हुनेछन्।

Advertisement

यसैबीच कम्पनीले ‘जनकपुर ग्रान्ड कम्बो’ पनि सार्वजनिक गरेको छ। ९,९९९ रुपैयाँ मूल्यको यस प्याकेजमा अल्टिमा प्राइम, बुस्ट 20k प्रो पावरबैंक, मार्भल स्पिकर र म्याग्नम E ४०० स्मार्टवाच समावेश गरिएको छ। कम्पनीका अनुसार यी उत्पादनहरूको कुल बजार मूल्य १४,५०० रुपैयाँभन्दा बढी रहेको छ।

उद्घाटन अभियानलाई जनकपुर तथा मिथिला सभ्यताको सांस्कृतिक पहिचान झल्किने गरी मिथिला–थिममा आयोजना गरिने कम्पनीले जनाएको छ। अभियान अवधिभर ‘स्पिन द व्हिल’, इन्फ्लुएन्सर अन्तरक्रिया तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिनेछन्।

अल्टिमा लाइफस्टाइलले जनकपुरमा आउटलेट विस्तारसँगै मधेश प्रदेशमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार नयाँ आउटलेटमार्फत स्मार्टवाच, अडियो उत्पादन, पावर सोलुसन तथा मोबाइल एक्सेसरिजहरू ग्राहकलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top