फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

१५ असार ८३, मंगलबार

१६ असार, काठमाण्डौ ।

विश्व फुटबलको महाकुम्भ, विश्वकप अब आफ्नो निर्णायक मोडमा आइपुगेको छ । समूह चरणका रोमाञ्चक खेलहरू सकिएसँगै अब गल्तीको कुनै ठाउँ नभएको नकआउट चरणका खेलहरु जारी छन् । र, यो नकआउटको पहिलो खुड्किलोमै एउटा यस्तो भिडन्त हुँदैछ, जसले फुटबल जगतको ध्यान खिचेको छ ।

एकातिर छ—साविक विजेता तथा विश्व फुटबलको जायन्ट फ्रान्स, जसले समूह चरणमा आफ्नो आक्रामक फुटबलले विपक्षीको सातो उडाएको छ । अर्कोतिर छ—स्वीडेन, एउटा यस्तो टोली जसलाई कम आँकलन गर्नु कुनै पनि ठूलो टोलीका लागि घातक सिद्ध हुन सक्छ ।

Advertisement

आज हुने यो भिडन्त मात्र एउटा खेल होइन, यो इतिहास र कीर्तिमानहरूको लडाइँ पनि हो । के फ्रान्सले आफ्नो अपराजित यात्रा कायम राख्दै नयाँ कीर्तिमान रच्लारु वा ग्राहम पोटरको स्वीडेनले फुटबल इतिहासकै सबैभन्दा ठूलो उलटफेर मध्ये एक गर्ला ?

मङ्गलवार हुने अन्तिम ३२ को यो खेल केवल एउटा फुटबल म्याच मात्र होइन, यो फुटबल इतिहासका कयौँ पुराना पानाहरू पल्टाउने र नयाँ कीर्तिमान लेख्ने एउटा ऐतिहासिक अवसर हो । एकातिर छ— सन् १९९८ को लयलाई पछ्याइरहेको डिडिएर डेसच्याम्प्सको फ्रान्स, र अर्कोतिर छ— ग्राहम पोटरको रणनीतिक जालोमा बुनिएको स्वीडेन ।

Advertisement

सबैभन्दा पहिले कुरा गरौँ युरोपेली जायन्ट फ्रान्सको । फ्रान्सले यसपटक समूह ‘आई’ मा जे गर्यो, त्यसले विपक्षी टोलीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकिसकेको छ । सेनेगल, इराक र नर्वे— यी तीनै टोलीलाई पराजित गर्दै फ्रान्सले समूह चरणमा शतप्रतिशत जित निकाल्यो । फुटबल फ्यानका लागि यो एउटा सुखद र आश्चर्यजनक सङ्केत हो ।

किनभने सन् १९९८ को विश्वकपपछि फ्रान्सले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको समूह चरणमा सबै खेल जितेको यो नै पहिलो पटक हो । र रोचक कुरा के छ भने, सन् १९९८ मा जब फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो, तब टोलीको कप्तान यिनै डिडिएर डेसच्याम्प्स थिए, जो आज यस टोलीका मुख्य प्रशिक्षक छन् ।

के डेसच्याम्प्सले २८ वर्ष पुरानो इतिहासलाई फेरि प्रशिक्षकको रूपमा दोहोर्याउन लागेका हुन्रु यो प्रश्न अहिले विश्व फुटबलमा चर्चाको विषय बनेको छ । फ्रान्सको आक्रामक पङ्क्ति अहिले यति खतरनाक मुडमा छ कि उसलाई रोक्नु भनेको फलामको च्युरा चपाउनु सरह हो । फ्रान्सले आफ्ना पछिल्ला चार विश्वकप खेलमा कम्तीमा तीन गोल गर्दै आएको छ ।

र, मङ्गलवार स्वीडेनविरुद्ध पनि यदि फ्रान्सले तीन वा सोभन्दा बढी गोल गर्न सक्यो भने, फुटबल इतिहासमा एउटा नयाँ रेकर्ड बन्नेछ । फ्रान्स विश्वकप इतिहासमै लगातार पाँच खेलमा तीन वा सोभन्दा बढी गोल गर्ने पहिलो टोली बन्नेछ । अहिलेसम्म संसारको कुनै पनि शक्तिशाली टोलीले यो सफलता पाउन सकेको छैन ।

यो आक्रामक आँधीको मुख्य मेसिन हुन्— किलियन एमबाप्पे र उसमान डेम्बेले । यस विश्वकपमा यी दुवै खेलाडीले समान ४–४ गोल गरिसकेका छन् र उनीहरू नै फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् । नर्वेविरुद्धको खेलमा डेम्बेलेले शानदार ह्याट्रिक गर्दै फ्रान्सलाई समूह विजेता बनाएका थिए ।

तर, उनीहरूको व्यक्तिगत गोलभन्दा पनि खतरनाक कुरा के हो भने उनीहरूबिचको मैदानभित्रको केमेष्ट्रि र तालमेल । यो विश्वकपमा मात्रै यी दुईबिच ५ गोलमा प्रत्यक्ष संयोजन भइसकेको छ । एमबाप्पेले डेम्बेलेका लागि दुई गोलको अवसर सिर्जना गरिदिए भने डेम्बेलेले एमबाप्पेका लागि तीन गोलको अवसर बनाइदिए । यसमा दुई गोल त सन् २०२२ को विश्वकपको पनि जोडिएको छ ।

इतिहास साक्षी छ, फ्रान्स नकआउट चरणमा पुगेपछि झन् बढी खतरनाक बन्छ । सन् १९९८ को विश्वकपयता फ्रान्सले खेलेका १८ नकआउट खेलहरूमध्ये १५ खेलमा जित निकालेको छ । यानी कि, नकआउटमा फ्रान्सको सफलताको दर अविश्वसनीय ८३ प्रतिशत छ ।

तर, यसको मतलब यो होइन कि फ्रान्स अपराजित छ । यस अवधिमा फ्रान्स तीन पटक नकआउट चरणबाट बाहिरिएको छ, र ती तीनै पटकका कथाहरू निकै पीडादायी छन् । सन् २००६ को फाइनलमा इटालीसँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ५–३ को पराजय भएको छ।

सन् २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० को झिनो अन्तरले पराजित भएको छ । सन् २०२२ को फाइनलमा अर्जेन्टिनासँग ३–३ को रोमाञ्चक बराबरीपछि पेनाल्टीमा ४–२ को हार व्यहोरेको छ । यसले के स्पष्ट पार्छ भने, फ्रान्सलाई यदि ९० मिनेट र अतिरिक्त समयमा रोक्न सकियो र खेल पेनाल्टी सुटआउटसम्म पुर्याउन सकियो भने, फ्रान्स दबाबमा पर्न सक्छ ।

के स्वीडेनले यो रणनीतिको फाइदा उठाउन सक्ला ? अब कुरा गरौँ ‘अन्डरडग’ तर कडा चुनौती दिन सक्ने टोली स्वीडेनको । प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा रहेको स्वीडेनलाई धेरैले कमजोर आँक्ने गल्ती गरिरहेका छन् । हो, समूह ’एफ’ मा स्विडेनले आफ्नो नाम अनुसारको उत्कृष्ट प्रदर्शन गर्न सकेन।

नेदरल्यान्ड्स र जापानपछि तेस्रो स्थानमा रहेर जसोतसो नकआउट चरणमा पुगे पनि यो टोली फ्रान्सलाई स्तब्ध पार्ने क्षमता राख्छ । र, स्वीडेनको यो अभियानको मेरुदण्ड हुन् — भिक्टर ग्योकेरेस । समूह चरणमा ग्योकेरेस स्वीडेनका सबैभन्दा मूल्यवान् खेलाडी साबित भए ।

उनले विपक्षीको पोस्टमा ११ पटक कडा प्रहार गरे र आठ पटक गोलका उत्कृष्ट अवसरहरू सिर्जना गरे । सन् १९६६ यता विश्वकपको एउटै संस्करणमा १० भन्दा बढी प्रहार र १० भन्दा बढी अवसर सिर्जना गर्ने उनी स्वीडेनका केवल तेस्रो खेलाडी हुन् ।

प्रतियोगिता अघि बढ्दै जाँदा स्वीडेनका युवा स्टारहरूले आफ्नो वास्तविक क्षमता देखाएका छन् । यासिन अयारीले मध्यपङ्क्तिबाट खेल्दै दुई महत्त्वपूर्ण गोल गरेर टोलीलाई नकआउटसम्म पुर्याउन ठुलो योगदान दिए । त्यस्तै, एन्थोनी एलाङ्गा अहिले आफ्नो जीवनकै सर्वश्रेष्ठ लयमा छन् ।

उनले नेदरल्यान्ड्स र जापानविरुद्धका लगातार दुई खेलमा गोल गरिसकेका छन् । र अब, यदि मङ्गलवार फ्रान्सविरुद्ध पनि एलाङ्गाले गोल गर्न सके भने, उनी विश्वकप इतिहासमा लगातार तीन खेलमा गोल गर्ने चौथो स्विडिस खेलाडी बन्नेछन् । स्वीडेनले समूह चरणमा कुल ७ गोल गर्यो, जुन विश्वकपको एउटै समूह चरणमा स्वीडेनले गरेको अहिलेसम्मकै सर्वाधिक गोल हो ।

सन् १९९४ को विश्वकपमा कुल १५ गोल गरेयता विश्वकपमा स्विडेनको यो सबैभन्दा उत्कृष्ट गोल संख्या हो । अर्को रोचक तथ्य के छ भने, स्वीडेन इतिहासमा आठौँ पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । र यसअघिका सात सहभागितामध्ये पहिलो नकआउट खेलमा उसले केवल दुई पटक मात्र हार बेहोरेको छ— सन् २००२ मा सेनेगलसँग २–१ ले र सन् २००६ मा जर्मनीसँग २–० ले ।

यसको मतलब, स्विडेन नकआउटको पहिलो गाँसमै मख्खन जस्तै पग्लिने टोली होइन, यसले अन्तिम समयसम्म लड्न जानेको छ । अब कुरा गरौँ यी दुई टोलीबिचको ऐतिहासिक टक्करको । फ्रान्स र स्वीडेनबिच अहिलेसम्म सबै प्रतियोगिताहरू गरेर कुल २३ पटक भेट भइसकेको छ । मङ्गलवारको खेल उनीहरूको २४औँ भेट हुनेछ ।

अहिलेहसम्म फ्रान्सको जित १२ खेल र स्वीडेनको जितः ६ खेल तथा ५ खेल बराबरी भएको छ । तथ्याङ्कमा फ्रान्स दोब्बर बलियो देखिए पनि एउटा ट्वीस्ट छ । प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा यी दुईबिच यो केवल तेस्रो भेट मात्र हो, र विश्वकपको इतिहासमा भने यी दुई टोली पहिलो पटक आमने–सामने हुन लागेका हुन् ।

यसअघि सन् १९९२ को युरोपियन च्याम्पियनसिपमा यी दुई टोली १–१ को बराबरीमा रोकिएका थिए । तर, सबैभन्दा ठुलो झट्का सन् २०१२ को युरो कपमा लागेको थियो, जहाँ स्वीडेनले फ्रान्सलाई २–० ले स्तब्ध पारेको थियो । त्यसैले, स्वीडेनका लागि फ्रान्सलाई हराउनु कुनै असम्भव कुरा भने होइन ।

निर्धारित ९० मिनेटभित्रै फ्रान्सले यो खेल जित्ने सम्भावना ७५.१ प्रतिशत छ । गणितीय रूपमा फ्रान्स अत्यधिक बलियो दाबेदार हो । अर्कोतिर, स्वीडेनले ९० मिनेटभित्रै फ्रान्सलाई हराउने सम्भावना केवल ९।५ प्रतिशत मात्रै देखाइएको छ। र, यो खेल ९० मिनेटमा बराबरी भएर अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्ने सम्भावना १५।४ प्रतिशत छ ।

फ्रान्सको पक्षमा यो बलियो सम्भावना हुनुको पछाडि अर्को एउटा बलियो कारण पनि छ— फ्रान्सले विश्वकपमा युरोपेली टोलीहरूविरुद्ध खेलेका आफ्ना पछिल्ला लगातार ६ खेलमा जित हासिल गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top