इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

१६ असार ८३, बुधबार

१७ असार , काठमाण्डौ ।

इक्वेडरलाई पराजित गर्दै मेक्सिको विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा इक्वेडरलाई २–० ले पराजित गर्दै मेक्सिको प्रि– क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो । खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

बल पोजिसनमा इक्वेडर अघि रहेपनि गोल भने गर्न सकेन । मेक्सिकोका जुलियन क्विनोजले खेलको २२ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा रउल जेमिनेजले गोल गर्दै अग्रता फराकिलो बनाए । दोस्रो हाफमा पनि इक्वेडरले गोल गर्न नसक्दा मेक्सिको उक्त स्कोर जोगाउन सफल भयो ।

Advertisement

मेक्सिकोले आगामी यात्राका लागि अन्तिम १६ मा इंग्ल्याण्ड र कंगोको खेलमा विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्याण्ड र डीआर कंगो आज राति अन्तिम १६ को यात्राका लागि खेल हुनेछ ।

मेक्सिको विश्वकप–२०२६ को सह–आयोजक राष्ट्रसमेत समेत हो । यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रविरुद्ध ३–० को जित हात पारेको थियो । उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

Advertisement

मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो । योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन ।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ । पाँचौंपटक विश्वकप खेलेको इक्वेडरले दोस्रोपटक समूह चरण पार गरेको थियो । जारी विश्वकपमा मेक्सिकोले भने कुनै पनि खेलमा हार व्यहोर्नुपरेको छैन । साथै, मेक्सिकोविरुद्ध अहिलेसम्म कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् ।

हाभिएर एगिरेको प्रशिक्षणमा रहेको मेक्सिकोले समूह चरणका तीनवटै खेलमा कुनै पनि गोल नखाई जित हात पारेको थियो र टोली अहिले लगातार ७ खेलेको जितको यात्रामा छ । मेक्सिकोले व्यहोरेको अन्तिम हार सन २०२५ को अन्तिम खेलमा थियो ।

त्यसयता खेलेका ११ खेलमा टोलीले ९ जित र २ बराबरीको नतिजा निकालेको छ भन यस अवधिमा विपक्षीलाई मात्र दुई गोल सुम्पिएको छ । सन १९७० र १९८६ मा विश्वकप आयोजना गर्दा क्वार्टरफइनलसम्म पुगेको मेक्सिको यसपटक त्योभन्दा राम्रो नतिजा निकाल्ने लक्ष्यमा छ ।

मेक्सिको विश्वकप इतिहासमै तीन पटक प्रतियोगिता आयोजना गर्ने पहिलो राष्ट्रसमेत बनेको छ । यसअघि आजै विहान भएका खेलमा फ्रान्स र राति भएको खेलमा नर्वे अन्तिम १६ मा पुगेका छन् । फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो ।

नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे । यता अमाद डियालोले पनि एक गोल फर्काएका थिए । यससंगै हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरे । यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । विश्वकपमा कुल १८ गोलसहित उनी मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन् । अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

सम्बन्धित समाचार

Scroll to Top