आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

१७ असार ८३, बिहीबार

१८ असार , काठमाण्डौ।

अफ्रिकी मुलुकहरुको कडा चुनौतीलाई पन्छाउन दुई युरोपेली मुलक सफल हुँदा इंग्ल्याण्डसँगै बेल्जियमले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । जहाँ दुबै टोलीले पुनरागन जित हात पार्न सफल भए । अमेरिकाको सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले उत्कृष्ट पुनरामगन जित हात पार्न सक्षम बन्यो ।

जुन जारी विश्वकपको रोमाञ्चक खेल मध्ये एक बन्न पुगेको छ । खेल सुरुदेिख नै सेनेगलको नियन्त्रणमा थियो । मध्यान्तर अघि नै खेलमा अग्रता लिएको सेनेगल निश्चित विजयतर्फ अग्रसर थियो । तर बेल्जियमले हार स्वीकार गर्न मानेन । उसले अन्तिम ५ मिनेटमा खेलमा देखाएको उत्कृष्ठ पुनरागमनले सेनेगलको सनसनीमा ब्रेक लाग्न पुग्यो ।

Advertisement

खेल अन्ततः ३–२ ले बेल्जियमको पक्षमा उभियो । निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि परेको अवस्था थियो । जतिखेर बेल्जियम हारको डिलमा उभिएको थियो । २४औं मिनेटमा पहिलो गोल गर्दै हबीब डायराले सेनेगललाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई अग्रता दोब्बर पुर्याए । दुई गोलले पछि परेको खेलमा बेल्जियम ठूलो दबाबमा थियो । तर निर्धारित समयको अन्तिम ५ मिनेट आश्चर्यमयरुपमा बेल्जियमको नाममा रह्यो। यही अन्तिम पाँच मिनेट भित्र गरेको दुई गोलले बेल्जियमलाई सम्भावित हारबाट जोगाउँदै बराबरीमा उभ्यायो ।

Advertisement

वैकल्पिक खेलाडीकोरुपमा मैदानमा आएका रोमेलु लुकाकु यहाँ नेर नायकको भूमिकामा देखा परे । खेलको ८६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउन गरेको प्रयासलाई ८९ औं मिनेटमा युरी टिलेमान्सले थप सहयोग गरे । उनको गोलले बेल्जियमलाई बराबरीमा फर्काउन मात्र सफल भएन ।

पुनरागमन जितको ढोका पनि खोल्न सफल भयो । निर्धारित समयको खेले २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा बेल्जियमले पाएको पेनाल्टी उसका लागि बरदान सावित भयो ।

सेनेगलका लामिन क्यामाराले बेल्जियमका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टी अवसरलाई युरीले खेर फ्यालेनन । जसले बेल्जियमको पक्षमा ३–२ को रोमाञ्चक जित निकाल्यो । अन्तिम ५ मिनेट सम्हालिन नसक्नु सेनेगलका लागि दूर्भाग्यपूर्ण सावित हुँदा बेल्जियमको गोल्डेन जेनेरेशनका उत्पादनहरुले आफ्नो जीवनको अन्तिम विश्वकप खेलिरहदा यो उपस्थितिलाई अविष्मरणीय बनाउने संकेत दिन सफल भएका छन् ।

अन्तिम ३२ को यो सननसीपूर्ण खेलमा सेनेगलविरुद्ध ३–२ को अविश्वसनीय पुनरागमन जित निकाल्दा बेल्जियमले खेलको अन्तिम समयको अन्तिम क्षणमा पाएको पेनाल्टीलाई विवादास्पद मानिएको छ । भीएआरले पनि लामो समय पछि पेनाल्टीको मान्यता दिएको अवस्थालाई सदुपयोगन गर्न बेल्जियमका युरी चुकेनन ।

समूह चरणको खेलमा निकै उत्तारचढावपूर्ण अवस्था भोगेका दुबै टोली अन्तिम ३२ को खेललाई यादगार बनाउन लागिपरेका थिए । समूह चरणको खेलमा समूह जीमा रहेको बेल्जियम आफ्नो पहिलो खेलमा इजिप्टसँग १ – १ को बराबरीमा रोकिदा इरानसँगको दोस्रो खेलमा पनि गोलरहित बराबरीमा रोकिएको थियो ।

अन्तिम खेलमा भने बेल्जियमले न्जूजिल्याण्डमा माथि ५–१ को शानदार जित हात पार्दै नकआउट चरणको यात्रा तय गरेको थियो । यसतै सेनेगलले समूह आईको आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । फ्रान्ससँग ३–१ ले हारेको सेनेगल दोस्रो खेलमा पनि नर्वेसँग ३–२ ले पराजित भएको थियो ।

तर इराकलाई ५–० ले हराउँदै नाटकीयरुपमा सेनेगलले अन्तिम ३२ मा स्थान बनाएको हो । सेनेगलको यात्रा भने यसपटक अन्तिम ३२ मा नै टुंगिएको छ । ०००

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top