डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

१७ असार ८३, बिहीबार

१८ असार , काठमाण्डौ।

ह्यारी केनको दुई गोलसँगै ’थ्री लायन्स’ ले पछि परेको स्थिति उल्टाउँदै सह–आयोजक मेक्सिकोविरुद्ध अन्तिम १६ को भिडन्त पक्का गरेको छ । ’राउन्ड अफ ३२’ को बुधबार राति भएको खेलमा प्रजातान्त्रिक गणतन्त्र डीआर कंगोलाई २–१ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपको अन्तिम १६ मा सह–आयोजक मेक्सिकोविरुद्धको भिडन्त पक्का गरेको हो ।

खेलको सातौं मिनेटमा ब्रायन सिपेन्गाले गरेको आश्चर्यजनक गोलपछि अघि बढेको कगोलाई ह्यारी केनले अन्तिम १५ मिनेटभित्र दुई गोल रोकेको मात्र थिएन उछिनेर जित पनि पारेको थियो ।ह्यारी केन प्रेरित रहयो इङ्गल्याण्डको खेल । थोमस टुचेलको टोलीलाई डीआर कंगोले सुरुवातमा नै ठूलो झट्का दिएको थियो ।

Advertisement

आफ्नो विश्वकप यात्रामा पहिलो पटक ऐतिहासिकरुपमा नकआउट खेल खेल्दै गरेको कंगोले खेलको सातौं मिनेटमै ब्रायन सिपेन्गाको गोल मार्फत अग्रता लिएको थियो । तर केनले आफ्नो टोलीलाई संकटबाट भने जोगाएर नै छाडे ।खेल सकिन १५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदानमा उत्रिएका एन्थोनी गोर्डनको क्रसमा हेडरमार्फत इङ्ल्यान्डका लागि बराबरी गोल फर्काएका केनले ८६औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाउन सफल भए ।

इंग्लिस खेलाडी केन यो दुई गोलसँगै विश्वकपमा १३ गोल गर्ने ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेभन्दा अघि पुगेका छन् र यसले इङ्ल्यान्डको ’अन्तिम १६’ मा मेक्सिकोसँगको भेट पक्का गरेको छ; । जुन खेल सोमबार मेक्सिकोको एज्टेका रंगशालामा हुनेछ ।

Advertisement

जित हासिल गर्न इङ्गल्याण्डले निकै संघर्ष गर्नुप¥यो; सिपेन्गाले रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोलकिपरको नजिकको पोस्टबाट जोर्डन पिकफोर्डलाई छक्याएर अप्रत्याशित रूपमा पहिलो गोल गरे भने अर्कोतर्फ डीआर कङ्गोका गोलकिपर लियोनेल एमपासीले लगातार उत्कृष्ट बचाउ गर्दै इङ्गल्याण्डलाई गोल गर्नबाट रोके।

जुड बेलिङघम तीन पटक गोल गर्नबाट रोकिए भने मार्कस रासफोर्डको प्रहारलाई आरोन वान–बिसाकाले गोललाइनबाटै विफल पारिदिए । यसअघि बक्सभित्र एमपासीको सम्पर्कका कारण लड्दा पेनाल्टी नपाएको विवादास्पद निर्णयको सामना गरेका केनले अन्ततः गोल गर्दै टोलीका लागि अग्रता दिलाए ।

अनुशासित टोली इंङ्गल्याण्डले प्रतिद्वन्द्वी कंगोविरुद्ध लामो समयसम्म निकै सङ्घर्ष गर्नुपरेको थियो । तर टुचेलले आफ्नो टोलीमा गरेका परिवर्तनहरूले नतिजामा प्रभाव देखायो । इङ्गल्याण्डको अन्तिम १६ मा प्रगति नै अन्ततः महत्त्वपूर्ण देखिएको छ । यदि इंग्ल्याण्डले ट्रफी उचाल्ने हो भने राउन्ड अफ ३२ मा गरको कमजोर प्रदर्शन उनीहरुले विर्सन सक्नु पर्छ ।

तर मुख्य प्रशिक्षक थोमस टुचेलले सुधारको लागि आफ्नो टोलीमा कुनै कसर बाँकी राख्ने अवश्य छैनन् । टोलीको दायाँ–ब्याकको अवस्था टुचेलको लागि एक समस्या हो । जसलाई अगाडि आउने कठिन परीक्षाहरू पार गर्न र ह्यारी केनलाई वरपरका सहयोगी खेलाडीहरुबाट पनि बढी सहयोग आवश्यक छ । जसलाई टुचेलले सुधार्ने अपेक्षा गरिएको छ ।

खेल पछि आफ्ना टोलीका नायक एवं कप्तान केनको बारेमा टुचेल भने ः केनबाट हामी यही अपेक्षा गर्छौं, उनी स्वयं पनि आफैंबाट पनि यही अपेक्षा गर्ने खेलाडी हुन् । उनले अगाडि भने – “कठिन र प्रतिस्पर्धात्मक खेलहरूको नतिजा आफ्नो पक्षमा पार्नकै लागि ह्यारी यहाँ छन्। उनी उच्च स्तरका खेलाडी हुन्।“

यता खेलका नायक बनेका कप्तान केनले खेलपछि सञ्चारकर्मीलाई भने ः हाम्री उत्कृष्ट र आक्रामक प्रदर्शन सफल भयौ, साँचो रुपमा भन्नुपर्दा, यो जितमा निकै गौरव महसुस भइरहेको छ। कस्तो रोमाञ्चक खेल ! सबैभन्दा पहिले त, हामी एउटा बलियो र संगठित टोलीविरुद्ध खेलिरहेका थियौं। यहाँ हरेक खेलहरूमा धैर्य गर्नुपर्ने अवस्था छ । पछिल्ला दुई खेलहरू धेरै समान थिए । दबाब बढी छ। तर यति पक्का हो हामी यहाँ हार्न आएका होइनौं । आक्रमणकारी दृष्टिकोणबाट, यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो। हामी प्रतियोगिताको त्यो भागमा छौं जहाँ हामीले जित हासिल गर्नैपर्छ । ’

अमेरिकाको एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ को खेल जारी विश्वकपको यादगार खेलहरु भित्र भने समेटियो । जहाँ कंगोको खेल बेजोड देखिदा उसको हार कल्पना भन्दा बाहिरको अवस्था बनिसकेको थियो । तर यो अवस्थालाई उल्ट्याउन कप्तान केन सफल भए । जसले कंगोको ऐतिहासिक नकआउट चरणको यात्रालाई थप अघि बढ्न दिएनन् ।

यस खेलमा दुई गोल गरेपछि केनले जारी विश्वकपमा आफ्नो खातामा गोल संख्या ५ पु्र्याएका छन् । उनीसँगै नर्वेका एर्लिङ हालान्डले पनि ५ गोल गरेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीले समान ६ गोल गरेका छन् ।

साथै केनले विश्वकपमा गोल संख्या १३ पु¥याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका जस्ट पोन्टेनसँगै संयुक्त रुपमा छैटौं स्थानमा उक्लिएका छन् । गोल्डेन बुटका दाबेदारको रुपमा चर्चा गरिएका खेलाडीहरुले धमाधम गोल गर्न सफल देखिएपछि गोल्डेन बुटको होडमै आधा दर्जन खेलाडी पंक्तिबद्ध बनेका छन् ।

यसपटक लियोनल मेसी र किलियन एमबाप्पे समान ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा देखिदा ह्यारी केन र एर्लिङ हालान्डले समान ५ गोलसहित दाबेदारी बलियो बनाएका छन् । यस्तै ब्राजिलका भिनिसियस जुनियर र फ्रान्सका उसमान डेम्बेले ४ गोलका साथ गोल्डेन बुटको दौडमा आफुलाई कायम राखेका छन् ।

गोल्डेन बुटको दाबेदारिता पेचिलो बन्दै गर्दा अब अन्तिम १६ का खेलहरुले धेरैका भाग्य तय गर्नेछ । अन्तिम १६ मा जुलाई ६ मा ब्राजिल र नर्वे भिड्ने तय भइसकेको छ । जुन खेलमा हालान्ड र भिनिसियस आमने सामने हुनेछन् । यो अवस्थामा यी दुई खेलाडी मध्ये एकको गोल्डेन बुट यात्रा रोकिने छ ।

गोल्डेन बुट रेसमा रहेका मध्ये मेसीले समूह चरणमै ६ गोल गरेका थिए । उनको राउण्ड अफ ३२ को खेल खेल्न बाँकी नै छन् । मेसीलाई यहाँ आफ्नो गोल संख्या थप्ने सम्भावना बलियो छ । अब राउण्ड ३२ का अर्जेन्टिना जुलाई ४ मा केप भर्डेसँग खेल्दैछ । यसपटक देखिएको यो रोमाञ्चक दौडमा आफुलाई उभ्याएका इंग्लिस कप्तान ह्यारी केनले कंगोविरुद्धको खेलबाट बलियो दाबेदारी पेश गरे ।

अब बाँकी खेलमा उनको प्रदर्शन कस्तो होला यो उनीमा निर्भर छ । तर यसपटक उनले धेरै कीर्तिमानहरु आफ्नो पक्षमा कोरिसक्दा केनले थप चमत्कार मच्चाउन सक्ने अपेक्षा गर्नु अस्वभाविक हुन्न पनि ।=

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top