वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

१७ असार ८३, बिहीबार

१८ असार , काठमाण्डौ।

पश्चिम तराईका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कपिलवस्तु र कञ्चनपुरमा अति भारी वर्षा भएको छ। झन् पछिल्लो ३ घण्टाको तथ्यांक हेर्ने हो भने त कञ्चनपुरमा १२१ मिलिमिटर र कपिलवस्तुमा १०२ दशमलब ४ मिलिमिटर पानी परिसकेको छ।

यद्यपि, अहिले भने वर्षा केही कम हुँदै गएको महाशाखाले जनाएको छ। विशेष गरी गण्डकीदेखि पश्चिमका क्षेत्रहरूमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ।

Advertisement

अब आज दिनभर र रातिको मौसम कस्तो रहला त ?

महाशाखाका अनुसार, आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। उता मधेश र कोशी प्रदेशको तराईका एक–दुई ठाउँमा पनि चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको छ।

Advertisement

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक–दुई ठाउँमा भने ठूलै वर्षाको सम्भावना रहेको छ। त्यस्तै, रातिको समयमा पनि गण्डकी प्रदेशको पहाडी भेग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कोसी प्रदेश तराईको एक÷दुई स्थानमा पनि मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ ।

हिमाली भूभागको केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको यस्तो आक्रामक रूप र लगातारको वर्षा देखेपछि सम्भावित विपद्बाट बच्न र बचाउन हाम्रा तीनवटै सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पूरै ‘हाइ अलर्ट’मा बसेका छन्।

सेनाले आपत्कालीन हवाई उद्धारका लागि इटहरी र सुर्खेतमा हेलिकप्टर ’स्ट्यान्डबाइ’ राखेको छ भने बाढीले पुल बगाएमा तत्काल बाटो खुलाउन धादिङ, चितवन र बारामा बेलिब्रिज पनि तयारी अवस्थामा राखेको छ।त्यसैगरी, नेपाल प्रहरीका १० हजारभन्दा बढी जनशक्ति देशभरका चौकीहरूमा जुनसुकै बेला खटिन सक्ने गरी तयारी अवस्थामा छन्।

सशस्त्र प्रहरीले त झन् छिटो सूचना पाउन ’एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ नामक मोबाइल एप नै सञ्चालनमा ल्याएको छ। देशभरका ५४ ठाउँमा अस्थायी बेस खडा गरेको सशस्त्रका ८ हजारभन्दा बढी कर्मचारी, १३४ जना गोताखोर र मोटरबोटसहित २४सै घण्टा अलर्ट छन्।

हाम्रा सुरक्षा निकायहरू विपद्सँग जुध्न पूर्ण रूपमा तयार भए पनि हामी नागरिक स्तरबाट पनि उत्तिकै सचेत हुन जरुरी छ । नदी किनार, भिरालो जमिन र पहिरोको जोखिम भएका ठाउँमा बस्ने सम्पूर्णलाई मौसमको जानकारी लिइराख्न र सुरक्षित रहन अनुरोध गरिएको छ ।

अहिलेलाई मनसुन अपडेट यति नै, बाँकी खबर र ताजा जानकारीका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजन, हेर्दै गर्नुहोला। सुरक्षित रहनुहोस्, नमस्कार!

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top