महान खेलाडी रोनाल्डोको सपना स्पेनले चकनाचुर पारिदियो

२२ असार ८३, मंगलबार

२३ असार , काठमाण्डौ।

विश्व फुटबल जगतका महान् खेलाडीमध्येका एक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका लागि फिफा विश्वकप जित्ने सपना फेरि पनि अधुरै बनेको छ । उनको विश्वकपको ट्रफी उचाल्ने सपना स्पेनले चकनाचुर बनाइदिएको छ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको हो ।

खेलपछि ४१ वर्षीय रोनाल्डो भावुक बने र मैदानमै उनका आँखाबाट आँसु झरे । डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका महानायक रोनाल्डोको प्रतिष्ठित विश्वकप खेल जीवनको अन्त्य भएको छ । अन्तिम १६ को खेलमा स्पेनसँग पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएका हुन् ।

Advertisement

खेल सकिएलगत्तै भावुक बनेका पोर्चुगिज कप्तान रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको औपचारिक पुष्टि गरे । डलास स्टेडियमको चारैतिर हेर्दै, दर्शकलाई ताली बजाएर धन्यवाद दिँदै र हातमा क्याप्टेनको आर्मब्यान्ड समातेर चेन्जिङ रुम तर्पm जाँदै गर्दा रोनाल्डोका आँखा रसाएका थिए ।

उनले पत्रकारसँग भने, “यसरी विश्वकपबाट बाहिरिनु पर्दा म निकै दुःखी छु । मैले आफ्नो तर्फबाट सबैथोक दिएँ, उत्कृष्ट प्रयास गरेँ र अब म सफा मन लिएर मैदानबाट निस्किँदै छु । यो मेरो अन्तिम विश्वकप थियो, तर म अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यास लिनेबारे अहिल्यै कुनै हतारोमा निर्णय गर्ने छैन ।”

Advertisement

आफ्नो खेल जीवनमा विश्वकपको सुनौलो ट्रफी उचाल्न नपाए पनि रोनाल्डोले फुटबल इतिहासमै विरलै खेलाडीले पाउने गौरवमय कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन् । जारी विश्वकपको समूह चरणमा उज्वेकिस्तानविरुद्ध ५–० को जितमा दुई गोल गर्दै उनी लगातार ६ वटा फरक विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बनेका थिए ।

पोर्चुगलका लागि सबैभन्दा धेरै २७ विश्वकप खेल खेलेका रोनाल्डोले देशका लागि ११ गोल गरे । यसै संस्करणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै उनी ४१ वर्ष १४७ दिनको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने इतिहासकै सबैभन्दा पाको खेलाडी बनेका थिए । समग्र विश्वकप इतिहासमा भने उनी क्यामरुनका रोजर मिला (४२ वर्ष ३९ दिन) पछिका दोस्रो पाको गोलकर्ता हुन् ।

चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेस्सीसँगको तुलनामा रोनाल्डोले ६ वटै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो पक्षमा राखेका छन्, जुन मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न नसक्दा गुमाएका थिए । यद्यपि, मेस्सीको ३० विश्वकप खेल र १९ गोलको कीर्तिमान भने रोनाल्डोको भन्दा अगाडि छ ।

रोनाल्डोको बिदाइसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले स्पेनविरुद्धको यो हारलाई टोलीको एउटा स्वर्णिम युगको अन्त्य भनेका छन् । रोनाल्डोले साउदी प्रो लिगमा अल–नास्रबाट आफ्नो व्यावसायिक क्लब फुटबललाई भने निरन्तरता दिने अपेक्षा गरिएको छ ।

यस वर्षको विश्वकपमा समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै पोर्चुगललाई ५–० को जित दिलाएका रोनाल्डोले नकआउट चरणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गरे। रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। उनले विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन्।

समग्र विश्वकप इतिहासमा उनी क्यामरुनका रोजर मिल्लापछि दोस्रो सबैभन्दा पाका गोलकर्ता हुन्। मिल्लाले सन् १९९४ मा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए। रोनाल्डोले विश्वकपमा २७ खेल खेलेका छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले हालसम्म ३० खेल खेलिसकेका छन्।

गत साता मियामीमा केप भर्डेविरुद्ध गोल गर्दै मेस्सीले विश्वकपमा आफ्नो २०औँ गोल पूरा गरेका थिए, जसले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ। रोनाल्डो, मेस्सी र मेक्सिकोका अनुभवी गोलकिपर गिलेर्मो ओचोआ छ वटा विश्वकप खेल्ने दुर्लभ खेलाडी हुन्।

तर रोनाल्डोको विशेषता के हो भने उनले खेलेका सबै छ संस्करणमा गोल गरेका छन्। मेस्सी भने सन् २०१० को विश्वकपमा गोल गर्न असफल भएका थिए। रोनाल्डोले राष्ट्रिय टोलीका लागि खेल्न पाउँदा गर्व गर्ने र फुटबललाई प्रेम गर्ने बताएका छन्। अब उनले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक संन्यास घोषणा गर्ने अपेक्षा गरिएको छ।

तर उनी साउदी प्रो लिगको क्लब अल–नासरका लागि भने खेलिरहने सम्भावना बलियो छ। उता पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि स्पेनसँगको हारपछि आफ्नो पद छोड्ने घोषणा गरेका छन्। उनले रोनाल्डोलाई आदर्श कप्तानको संज्ञा दिँदै पोर्चुगल फुटबलमा पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गरे।

यद्यपि उनले कहिल्यै विश्वकप ट्रफी उचाल्न सकेनन्, रोनाल्डो विश्व फुटबल इतिहासकै सबैभन्दा सफल र सम्मानित खेलाडीहरूमध्ये एकका रूपमा सदाका लागि स्मरणीय रहनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top