विराटनगरमा पुस ६ देखि विराट टे«ड एक्सो

२३ असोज ७५, बुधबार

असोज २४, विराटनगर
बिराटनगरमा अगामी पुस ६ देखि १४ गतेसम्म बिराट टे«ड एक्सो आयोजना हुने भएको छ ।मोेरङ व्यापार संघको आयोजनामा वदेशीलगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता,उत्पादक,वितरक,निर्यातकर्ता र उपभोक्तालाई एकै स्थानमा समेटने उद्देश्यले बिराटनगरमा बिराट टे«ड एक्सो आयोजना हुने भएको हो ।

आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरी उत्पादन र उपभोक्ताबीच सम्बन्ध स्थापना गर्नको लागि एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको छ । एक्स्पोमा स्वदेशी उत्पादनका साथै भारत ,बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादन र प्रर्दशनी समेत रहने छन । मोरङ व्यापार संघ मेला तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले उपभोक्ता र उत्पादनहरुलाई एकै स्थानमा भेला गराई उद्योगी व्यवसायीबीच औद्योगिक र उपभोग्य वस्तुहरु लगानीका नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारी आदान प्रदान गर्न एक्स्पोको आयोजना गरिने लागेको बताए ।

राठीका अनुसार एक्स्पोलाई मुख्तय चार भागमा विभाजन गरिएको छ । जसमा औद्योगिक प्रर्दशनी तथा बिक्री कक्ष,सांस्कृतिक तथा सांगितिक क्षेत्र ,वाल उद्यान तथा मनोरञ्जन र खानपानको क्षेत्र रहने छन । एक्स्पोमा अटोमोवाईल्स,बैक तथा वित्तीय संस्था,मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी,निर्माण समाग्री,अन्तराष्ट्रिय औद्योगिक उपकरण तथा जुत्ता चप्पल प्रदर्शनी रहनेछन । २ सय ५० वटा स्टल रहने एक्स्पोमा ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

Advertisement

एक्स्पो आयोजनाका लागि १ करोड ७ लाख खर्च अनुमान गरिएकोमा १ करोड २० लाख आम्दानी हुने आयोजकपक्षको अनुमान छ । मोरङ व्यापार संघले यस प्रकारका ठूला औद्योगिक प्रदर्शनी प्रत्येक बर्ष आयोजना गदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top