×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

२१ चैत्र २०८२

२१ चैत , काठमाण्डौ ।

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बुधानीलकण्ठ क्षेत्रबाट गएराति नियन्त्रणमा लिइएको हो। प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी दिँदै लम्सालमाथि गम्भीर प्रकृतिको आरोप लागेकाले अनुसन्धान अघि बढाइएको बताएका छन्।

Advertisement
Advertisement

प्रहरीका अनुसार अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली युवतीले लम्सालविरुद्ध बलात्कारको आरोप लगाएकी हुन्। ती युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै करिब एक वर्षअघि अमेरिका बसाइका क्रममा उक्त घटना भएको दाबी गरेकी छन्।

उनका अनुसार लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेरौँ’ भन्दै आफू बसेको स्थानमा पुगेका थिए। युवतीको आरोप अनुसार, सुरुमा आफूले चिनेजानेकै व्यक्ति भएकाले सहज रूपमा भेटघाट गरेको र व्यक्तिगत संघर्षका विषयमा कुराकानीसमेत गरेको बताएकी छन्।

तर त्यस क्रममा लम्सालले अप्रत्याशित रूपमा दुर्व्यवहार गर्दै बलात्कार गरेको उनको दाबी छ। उनले पोस्टमा लम्सालको व्यवहारलाई ‘राक्षसी प्रवृत्ति’ भन्दै कडा शब्दमा आलोचना गरेकी छन्। ती युवतीले लामो समयदेखि पारिवारिक सम्बन्ध रहेको व्यक्तिबाटै यस्तो व्यवहार भोग्नुपर्दा आफू गम्भीर मानसिक आघातमा परेको उल्लेख गरेकी छन्।

साथै, नेपालमा न्याय पाउने विषयमा आफू अझै आशंकित रहेको पनि उनले जनाएकी छन्। यद्यपि यस्ता घटनाहरू दोहोरिन नदिन र अन्य पीडितलाई पनि बोल्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफूले घटना सार्वजनिक गरेको बताएकी छन्।

प्रहरीले भने घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। आरोपको पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै प्रहरीले प्रमाण संकलन, बयान लिने तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

यस घटनाले सामाजिक सञ्जालदेखि आम जनमानससम्म व्यापक चर्चा पाएको छ। कलाकारजस्तो सार्वजनिक व्यक्तिमाथि यस्तो गम्भीर आरोप लागेपछि यसको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत उठ्न थालेको छ।

Advertisement
Advertisement

प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राख्दै आवश्यक तथ्य र प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top