कर्नालीको डाको

२४ असार ८३, बुधबार
Share this
743shares

२४ असार , काठमाण्डौ ।

Advertisement

हुन त तुमिसँग उम्तै पटक

गुनासो गरिसक्याको छु,

Advertisement

बिन्ती हजुरौ भुनिकन

बिन्ती बिस्याएको छु।

Advertisement

म तुमिकन कैथरी बुझाऊँ ?

कर्नाली तुम्मो सिंहदरबारबाट दूर नाई भुनिकन,

बरु दूर त कर्नालीबाट तुम्मो सिंहदरबार छ।

कर्नालीसँग निकट हुन नसक्याको

तुम्मो सिंहदरबारले कैथरी देखला र

कर्नालीको सुइना,

कर्नालीको दुस्ख,

कर्नालीको चीत्कार,

कर्नालीको भोगाइ

अनि कर्नालीको अस्तित्वरु

भुन्न त तुमिले कैथो राम्मो गरिकन भुनिदियौ  कर्नालीका सुइना अब हाम्मा सुइना ।

कर्नालीको सुइना केवल कर्नालीले मात्तै देख्याको छ,

तुम्मो आश्वासनले कर्नालीको पीडा क्या बुझला ररु

ओ निलो सरकार

तुमिकन निको छ होला,

तर मेरो कर्नालीकन निको नाई।

मेरो कर्नालीका माण्ठका आँखाबाट

कर्नाली बग्याको छ,

यहीँ बग्याको कर्नालीमा,

कर्नालीका माण्ठ बेपत्ता हुदाछुन।

भैगो सरकार, भैगो अब

कर्नालीका सुइना अब हाम्मा सुइना

भुनिकन झुट नबोलिदिया,

आस नदेखाइदिया।

भैगो अब, भैगो सरकार

सायद कर्नालीबाट सिंहदरबार दूर नभयाको भया, कर्नाली थोक्कै नापा हेपिन्छियो कि ?

खस भाषामा लेखिएको कविता

विक्रम तिरुवा ‘सलिन’ , जुम्ला

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top