संयुक्त राष्ट्र संघको राजदूतबाट निकी हेलीको राजीनामा, राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का

२४ असोज ७५, बुधबार

असोज २४,एजेन्सी
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत पनि गरेका छन् ।

Advertisement

तर के कारणले हेलीले राजीनामा दिइन् भन्ने भने खुलासा भएको छैन । पहिले सन् २०२० को राष्ट्रपति चुनावमा उम्मेदवार बन्नका लागि हेलीले राजीनामा दिन लागेको हल्ला चलेको थियो । तर संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत हेलीले राजीनामा दिँदै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने हल्लामात्रै भएको बताइन् ।

उनले आउँदो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा नै प्रचारप्रसार गर्ने बताइन् । अमेरिकी सञ्चार माध्यमका अनुसार निकी हेलीले गएको हप्ता ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटेकी थिइन् ।

Advertisement

त्यसबेला नै उनले राजीनामा दिन लागेको कुरा बताएकी थिइन् । संयुक्त राष्ट्र संघका लागि अमेरिकाको स्थायी प्रतिनिधि बन्नुभन्दा पहिले निकी हेली साउथ क्यारोलाइनाको गभर्नरका रुपमा कार्यरत थिइन् ।

भारतीय मूलकी हेली राष्ट्रपति ट्रम्पकी करिबी मानिन्छन् । यस्तो अवस्थामा उनको राजीनामा राष्ट्रपति ट्रम्पका लागि ठूलो झट्काका रुपमा लिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top