अमेरिकी ठेगानामा इरानको सरप्राइज अट्याक, होर्मुजमा संग्राम, रेड सीमा हूथीको कुच

१३ साउन , काठमाण्डौ ।

Advertisement

मध्यपूर्वमा जारी युद्ध थप भड्किएको छ । यो युद्धमा अब नयाँ खेलाडीका रुपमा साउदी अरेबिया पनि रिंगमा उत्रिएको छ । उता हुथीले नयाँ मोर्चा खोलेको छ । यता अमेरिका–इरानले ७२ घण्टा कायम गरेको धैर्यको बाँध तोड्दै भीषण आक्रमण जारी राखेका छन् ।

बुधबार बिहान अमेरिका र साउदी अरबले आफ्ना विभिन्न सैन्य अड्डामाथि संयुक्त हवाई आक्रमण गरेको इरान समर्थित इराकी सशस्त्र समूह पपुलर मोबिलाइजेसन फोर्सेजले जनाएको छ ।

Advertisement

पपुलर मोबिलाइजेसन फोर्सेजले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक विवरणमा आक्रमणमा धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको छ भने केही भवनमा पनि क्षति पुगेको छ । यद्यपि मृतक र घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन ।

समूहले उक्त आक्रमणलाई इराकको सार्वभौमिकतामाथिको गम्भीर उल्लङ्घन तथा देशका आधिकारिक सुरक्षा निकायमाथिको हमला भएको भन्दै कडा निन्दा गरेको छ । उता अमेरिकी सेना र साउदी अरबको सेनाले भने इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि संयुक्त आक्रमण गरिएको पुष्टि गरेका छन् ।

Advertisement

उनीहरूका अनुसार अमेरिकी सैनिक र साउदी अरेबियाको तेल पूर्वाधारमाथि भएका आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो । पपुलर मोबिलाइजेसन फोर्सेज इराकको आधिकारिक सुरक्षा संरचनाभित्र रहेको छाता संगठन हो, जसमा मुख्यतः सिया अर्धसैनिक समूहहरू आबद्ध छन् ।

इरानले यस संगठनमार्फत इराकमा आफ्नो प्रभाव विस्तार गर्दै आएको पश्चिमी देशहरूको आरोप छ । यस संगठनको स्थापना सन २०१४ मा आईएसआईएसले इराकका ठुला भूभाग कब्जा गर्न थालेपछि गरिएको थियो ।

त्यसबेला सरकारले नागरिकलाई सरकारी सुरक्षाबलसँग मिलेर लड्न आह्वान गर्दै स्वयंसेवक र विभिन्न सशस्त्र समूहलाई एउटै संरचनामा समेटेको थियो । पपुलर मोबिलाइजेसन फोर्सेजले आईएसआईएसविरुद्धको युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

त्यसपछि सन २०१६ मा यसलाई औपचारिक रूपमा इराकको राज्य सुरक्षा संयन्त्रमा समावेश गरिएको थियो । यस संगठनभित्रका केही शक्तिशाली समूहहरूको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग घनिष्ठ सम्बन्ध रहेको मानिन्छ ।

ती समूहहरू तेहरान नेतृत्वको एक्सिस अफ रेजिस्टेन्स गठबन्धनको हिस्सा हुन्, जसमा हिजबुल्लाह (लेबनान), हमास (गाजा) र हुथी (यमन)लगायत समूह पनि समावेश छन् । यता अमेरिकी सेनाले इरानले मध्यपूर्वमा रहेका आफ्ना आधार शिविरमा “अचानक आक्रमण“ गरेको र धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

यद्यपि अमेरिकी सेनाले सबै क्षेप्यास्त्र सफलतापूर्वक रोकिएको बताएको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण मंगलबार साँझ गरिएको थियो । हमला गरिएका लक्ष्य वा स्थानबारे जानकारी दिइएको छैन ।

जवाफमा अमेरिकी र साउदी अरेबियाली सेनाले पूर्वी इराकमा ‘इरान–समर्थित आतंकवादी अड्डा’विरुद्ध संयुक्त कारबाही सञ्चालन गरेका हुन् । सेन्टकमले भनेको छ, ‘यो कारबाही विगत ७२ घण्टामा अमेरिकी आधार शिविरहरूमा ३० वटा ड्रोन आक्रमणको जवाफमा गरिएको हो, जसलाई इरानले समर्थन गरेको आरोप छ।’

इरानले यस विषयमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । यो हमला धेरै दिनदेखि अमेरिका र इरानबिच कुनै प्रत्यक्ष आक्रमण नगरिएको र वार्ता पुनः सुरु गर्ने आशाबिच गरिएको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भनेका थिए, ‘इरानसँग निकै मैत्रीपूर्ण वार्ता भइरहेको छ।’ पछिल्ला घटनाक्रमले दुई देशबिचको अस्थायी शान्तिलाई फेरि खतरामा पारेको छ र मध्यपूर्वमा नयाँ तनावको डर बढाएको छ ।

यसैबीच उता यमनको इरान–समर्थित हुथी समूहले साउदी अरेबियाको एउटा तेल ट्यांकरमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा साउदी जहाजहरूमाथि समुद्री नाकाबन्दी घोषणा गरेको एक साताभन्दा बढी समयपछि मिसाइल प्रहार गरेको दाबी गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै हुथी समूहका सैन्य प्रवक्ता याह्या सारेले साउदी तेल ट्यांकर ‘एनसीसी गजाल’ले समूहले लगाएको समुद्री आवतजावत प्रतिबन्ध उल्लंघन गरेको भन्दै त्यसलाई निुाना बनाएर सैन्य कारबाही गरिएको बताएका छन् ।

उनले उक्त आक्रमणमा धेरै ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताए । त्यसपछि जहाजलाई आफ्नो मार्ग परिवर्तन गरी पछि हट्न बाध्य पारेको दाबी गरेका छन् । यसैबीच, समुद्री सुरक्षा अनुगमन निकाय यूके म्यारिटाइम ट्रेड अपरेसन्सले लाल सागर पार गरिरहेको एउटा ट्यांकरमा विस्फोट भएको जानकारी प्राप्त भएको जनाएको छ ।

यूके म्यारिटाइम ट्रेड अपरेसन्सले जहाजका सबै चालक दलका सदस्य सुरक्षित छन् । घटनाबाट कुनै वातावरणीय क्षति नभएको जनाएको छ । हुथीहरूले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेका थिए ।

त्यसयता उनीहरू साउदी अरेबियाको समर्थन रहेको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त येमेनी सरकारविरुद्ध एक दशकभन्दा बढी समयदेखि युद्धरत छन् ।

गत जुलाई २० मा हुथीहरूले साउदी नेतृत्वमाथि करिब १२ वर्षदेखि यमेनमाथि अन्यायपूर्ण र दमनकारी घेराबन्दी लगाएको, देशका स्रोतसाधन लुटेको र पूर्ण नाकाबन्दी लागु गरेको आरोप लगाउँदै आफ्नै समुद्री नाकाबन्दीको घोषणा गरेका थिए ।

हुथीहरूले गत साता पनि लाल सागर हुँदै यात्रा गरिरहेका दुई साउदी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेका थिए । जुलाई २२ मा सैन्य प्रवक्ता याह्या सारेले सशस्त्र बलले लागु गरेको नाकाबन्दीको निर्णय उल्लंघन गरेका ‘एन्सेलिया’ र ‘लेला’ नामका दुई साउदी तेल ट्यांकरलाई निसाना बनाएको दाबी गरेको थिए ।

साउदी प्रेस एजेन्सीले साउदी अरेबियाको यातायात सामान्य प्राधिकरणका एक अधिकारीलाई उद्धृत गर्दै ‘एन्सेलिया’ ट्यांकरमा क्षति पुगेको, तर चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको थियो ।

बाब अल–मन्देब जलमार्गले लाल सागरलाई अदनको खाडीसँग जोड्छ, विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । विशेषगरी तेल तथा पेट्रोलियम पदार्थको ढुवानीका लागि यसको रणनीतिक महत्त्व अत्यन्त ठूलो छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top