विश्वकप बहिष्कार गर्ने युरोपको चेतावनी, फिफासँग किन बिच्कियो युरोप ?

१२ साउन ८३, बुधबार

१३ साउन , काठमाण्डौ ।

Advertisement

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नयाँ योजनाप्रति युरोपेली फुटबलमा चर्को असन्तुष्टि देखिएको छ । बेलायती पत्रिका द सनका अनुसार केही युरोपेली राष्ट्रले फिफाको प्रस्तावको विरोधस्वरूप विश्वकप बहिष्कार गर्ने विकल्पसमेत छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेका छन् ।

समाचारअनुसार इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ कम्पनी स्थापना गरी त्यसको करिब २० प्रतिशत स्वामित्व निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेका छन्। उक्त कम्पनीले भविष्यमा विश्वकप र क्लब विश्वकपजस्ता प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ ।

Advertisement

यसबाट ३ अर्ब पाउन्डभन्दा बढी रकम उठाउने लक्ष्य रहेको बताइएको छ । तर युरोपेली फुटबल महासंघ (यूईएफए) र विभिन्न राष्ट्रिय फुटबल संघहरूले यो योजनाले विश्व फुटबललाई निजी लगानीकर्ताको नियन्त्रणतर्फ धकेल्ने, पारदर्शिता कमजोर बनाउने र फुटबलको मौलिक चरित्र नै परिवर्तन गर्ने भन्दै कडा विरोध गरेका छन् ।

द सनका अनुसार यूईएफए आबद्ध राष्ट्रहरूबीच आपतकालीन भर्चुअल बैठक बोलाएर फिफामाथि दबाब बढाउने र आवश्यक परे विश्वकप बहिष्कार गर्ने विकल्पबारे छलफल गर्ने तयारी भइरहेको छ ।

Advertisement

यद्यपि हालसम्म कुनै पनि युरोपेली राष्ट्र वा यूईएफएले आधिकारिक रूपमा विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छैन। अहिलेको अवस्था फिफाको योजनाविरुद्ध चेतावनी, विरोध र परामर्शको चरणमा मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यदि युरोपेली राष्ट्रहरूले अन्ततः विश्वकप बहिष्कार गर्ने निर्णय गरे भने स्पेन, फ्रान्स, इङ्ग्ल्यान्ड, जर्मनी, इटाली, पोर्चुगल र नेदरल्यान्ड्सजस्ता शक्तिशाली टोलीहरू प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना रहनेछ, जसले विश्वकपको प्रतिस्पर्धात्मक स्तर, प्रसारण अधिकार र व्यावसायिक मूल्यमा ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

यसैबीच केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको आकर्षक गोल फिफा विश्वकप २०२६ को गोल अफ द टुर्नामेन्ट घोषित भएको छ ।

फिफाले गत सोमबार सार्वजनिक गरेको नतिजाअनुसार राउन्ड अफ ३२ मा अर्जेन्टिनासँग भएको खेलमा काब्रालले गरेको गोल समर्थकहरूको मतका आधारमा प्रतियोगिताकै उत्कृष्ट गोल बनेको हो ।

मायामी स्टेडियममा भएको उक्त खेलको अतिरिक्त समयमा काब्रालले अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरलाई छलाउँदै एमिलियानो मार्टिनेजको गोलपोस्टको माथिल्लो कुनामा उत्कृष्ट कर्ल प्रहार गरेका थिए। त्यस गोलले खेल २–२ को बराबरीमा पु¥याएको थियो ।

यद्यपि केप भर्डे अन्ततः ३–२ ले पराजित भएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलको दौडमा काब्रालले उज्बेकिस्तानका एल्डोर शोमुरोदोभ र हैटीका विल्सन इसिडोरलाई पछि पारे । यसअघि मेक्सी रोड्रिगेज, डिएगो फोर्लान, जेम्स रोड्रिगेज, बेन्जामिन पाभार्ड र रिचार्लिसनले गोल अफ दि टुर्नामेन्ट जितेका थिए ।

पुरस्कारपछि प्रतिक्रिया दिँदै २३ वर्षीय काब्रालले गोल गर्ने क्षण अझै अविस्मरणीय रहेको बताए । ’विपक्षी खेलाडीलाई छलाएपछि मैले गोल गर्ने अवसर देखें। माथिल्लो कुनालाई लक्ष्य बनाएर प्रहार गरेको थिएँ। बल त्यहीँ जाँदै गरेको देखेपछि आफैंलाई विश्वास लागिरहेको थिएन,’ उनले भने।

उनका अनुसार विश्वकपमा गोल गर्नु नै हरेक खेलाडीको सपना हो, त्यसमाथि अर्जेन्टिनाजस्तो शक्तिशाली टोलीविरुद्ध यस्तो गोल गर्नु आफ्नो जीवनकै विशेष क्षण बनेको छ । गोल गरेपछि उनी सिधै दर्शकदीर्घातर्फ आमालाई भेट्न दौडेका थिए।

तर अत्यधिक खुसीका कारण उनकी आमा टेरेसा बेहोस भएको उनले खुलासा गरे । ’मैले खेलअघि गोल गरेँ भने आमालाई भेट्न आउने वाचा गरेको थिएँ। तर पुग्दा उहाँ बेहोस हुनुभएको रहेछ। सबैजना उहाँलाई सम्हाल्न व्यस्त थिए,’ काब्रालले भने ।

ब्राजिल तथा रियल म्याड्रिडका पूर्व स्टार मार्सेलोले पनि आफ्नो गोललाई प्रतियोगिताकै उत्कृष्ट गोलका रूपमा मतदान गरेको सन्देश पठाएको खुलासा गर्दै काब्रालले त्यसलाई आफ्नो करिअरकै ठूलो सम्मानमध्ये एक भएको बताए ।

यता दुईपटकको फिफा विश्वकप विजेता फ्रान्सले नवनियुक्त मुख्य प्रशिक्षक जिनेदिने जिदानलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ । गत हप्ता फेडरेशन फ्रान्सेइस डे फुटबल (एफएफएफ) र जिदानबीच ६ वर्षका लागि सम्झौता भएको थियो ।

एक हप्तापछि एफएफएफले राष्ट्रिय टोलीका पूर्व कप्तान जिदानलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । विश्व फुटबलले पाएको अहिलेसम्मकै सर्वोत्कृष्ट मिडफिल्डरमध्ये एक जिदानको सम्मानस्वरुप एफएफएफले ‘ट्रिब्युट’स्वरुप सामाजिक सञ्जालमा स्वागत भिडियो पनि पोस्ट गरेको छ ।

उमेरले ५४ वर्षका जिदानले युइएफए नेसन्स लिग २०२७, युरोपियन च्याम्पियनसिप २०२८ र फिफा विश्वकप २०३० सम्म फ्रान्सको टचलाइन सम्हाल्नेछन् । फ्रान्सले सन् १९९८ मा घरेलु भूमिमा विश्वकप र दुई वर्षपछि बेल्जियम र नेदरल्यान्ड्समा भएको युरोपियन च्याम्पियनसिप २००० को उपाधि जित्दाका प्रमुख सदस्य थिए ।

त्यतिबेला टोलीका कप्तान थिए डिडियर डेसाउँ । जिदान यिनै डेसाउँलाई प्रतिस्थापन गर्दै फ्रान्सको मुख्य प्रशिक्षक बनेका हुन् । सन् २०१२ मा पहिलोपटक टचलाइन सम्हालेका डेसाउँले भर्खरै सम्पन्न विश्वकप २०२६ पछि जिम्मेवारी छाडेका हुन् ।

जिदानको कप्तानीमा फ्रान्सले जर्मनी २००६ मा विश्वकप फाइनल खेलेको थियो । जतिबेला टोली पेनाल्टी सुटआउटमा इटालीसँग पराजित भएको थियो । जिदानले यसअघि दुईपटक स्पेनिस महारथी रियाल मड्रिडको टचलाइन सम्हालिसकेका छन् ।

सन् २०१६ देखि २०१८ सम्म आफ्नो पहिलो स्पेलमा उनले लगातार तेस्रो संस्करण रियाललाई युइएफए च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । यसबीच सन् २०१६–१७ मा रियालले ला लिगा उपाधि पनि उचालेको थियो ।

जिदानले त्यसपछि सन् २०१९ देखि २०२१ सम्म रियालको जिम्मेवारी सम्हाले । आफ्नो दोस्रो स्पेलमा उनले टोलीलाई ला लिगा उपाधि दिलाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top