×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026

सरकारले ८० हजार टन मल किन्दै

२३ बैशाख २०८३

२३ वैशाख , काठमाण्डौ।

सरकारले ८० हजार टन मल किन्ने भएको छ । सरकारले भारतसँग जीटुजी माध्यमबाट मल खरिद गर्ने भएको हो । मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतसँग जीटुजी माध्यमबाट मल किन्ने सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

सरकारले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैबीच चालू आर्थिक वर्षको पछिल्लो तथ्यांकअनुसार नेपालमा रासायनिक मलको आपूर्ति र उपलब्धतामा सुधार देखिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग हाल १ लाख ६६ हजार २ सय ६७ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयको सहसचिव रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवै कम्पनीको गोदाममा गरी सबैभन्दा बढी युरिया ९३ हजार ४ सय ८५ टन मौज्दात छ।

त्यसैगरी, डीएपी ५४ हजार ४ सय ६७ टन र पोटास १८ हजार ३ सय १४ टन मौज्दात रहेको छ। यस वर्ष हालसम्म कुल ५ लाख ५४ हजार ५ सय २२ टन रासायनिक मल आपूर्ति भएको छ । जसमा कृषि सामग्री कम्पनीको हिस्सा ३ लाख ९७ हजार टनभन्दा बढी छ भने साल्ट ट्रेडिङले १ लाख ५६ हजार टन आपूर्ति गरेको छ ।

बिक्रीतर्फ, हालसम्म कुल ४ लाख ३६ हजार ३ सय ४७ टन मल किसानहरूलाई वितरण गरिसकिएको छ । यसमा युरियाको हिस्सा सबैभन्दा बढी (२ लाख ६२ हजार टन) रहेको छ । आन्तरिक तथा बाह्य मार्गमा गरी अझै ५ हजार १ सय ७२ टन मल बाटोमै रहेको तथ्यांकले देखाएको छ ।

यसमा कृषि सामग्री कम्पनीको मात्र २ हजार टन युरिया र ३ हजार १ सय टनभन्दा बढी डीएपी मल पाइपलाइनमा रहेको छ । मौज्दातको अवस्था हेर्दा कृषि सामग्रीसँग १ लाख ८ हजार ९ सय ५० टन मल मौज्दात छ भने साल्ट ट्रेडिङ कर्पोरेसनसँग ५७ हजार ३ सय १६ टन मल बाँकी छ ।

खेतीको मुख्य सिजन नजिकिँदै गर्दा सरकारसँग रहेको यो मौज्दातले किसानहरूलाई केही राहत पुग्ने देखिए पनि, माग र आपूर्तिको सन्तुलन मिलाउन पाइपलाइनमा रहेका मललाई छिटो भित्र्याउनुपर्ने चुनौती भने कायमै छ । यसैबीच नेपाल सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) बमोजिम यो कार्यविधि बनाएको हो । संविधानमा व्यवस्था गरिएको ‘खाद्य सम्बन्धी हक’ लाई व्यवहारमा उतार्न र लागत सहभागिताका आधारमा कृषकलाई समयमै, सस्तो र पारदर्शी रूपमा रासायनिक मल उपलब्ध गराउन यो कार्यविधिले स्पष्ट खाका तयार पारेको छ ।

यसले मलको माग संकलनदेखि वितरण, मूल्य निर्धारण र अनुगमनसम्मका प्रक्रियालाई व्यवस्थित र विकेन्द्रीकृत गरेको छ । कार्यविधिको सफल कार्यान्वयनका लागि तीनै तहका सरकारबीचको समन्वय र वितरक कम्पनीहरूको कार्यदक्षतामा सुधार हुनु अनिवार्य देखिन्छ ।

यदि यो कार्यविधि पूर्ण रूपमा पालना भएमा, नेपाली किसानले खेतीको सिजनमा मलका लागि घण्टौँ लाइन बस्नुपर्ने र चर्को मूल्य तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने विश्वास गरिएको छ । मल वितरणलाई व्यवस्थित गर्न केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न समितिहरूको व्यवस्था गरिएको छ ।

मन्त्रालयका सचिवको संयोजकत्वमा रहने केन्द्रीय मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले राष्ट्रिय स्तरको नीति निर्धारण र समन्वय गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । मन्त्रालयको सह–सचिवको नेतृत्वमा रहने प्राविधिक समितिले मलको मूल्य निर्धारण, कोटा निर्धारण र प्राविधिक विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

प्रदेशमा सचिवको नेतृत्वमा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र स्थानीय तहमा पालिका प्रमुख÷उपप्रमुखको नेतृत्वमा प्रदेश, जिल्ला र स्थानीय तह समिति रहने व्यवस्था गरिएको छ । यसले मलको वास्तविक माग पहिचान र न्यायोचित वितरणमा सहयोग पु¥याउनेछ ।

कार्यविधिअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने मलको प्रकार र परिमाण फागुन १५ भित्र प्रदेश मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार मलको कोटा निर्धारणको लागि वैज्ञानिक अंकभार राख्ने प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

जसअनुसार खेतीयोग्य जमिनको क्षेत्रफलको आधारमा २० प्रतिशत, बाली सघनताको आधारमा १ प्रतिशत, सिंचाईका उपलब्धताको आधारमा २० प्रतिशत, विवगत ५ वर्षको मल प्रयोगको अवस्थाको आधारमा २० प्रतिशत, आगामी वर्षको मागको आधारमा २० प्रतिशत र व्यावसायिक बाली चिया, उखु, कफीलगायतको क्षेत्रफलको आधारमा २० प्रतिशत अंक भार उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसैको आधारमा मलको कोटा उपलब्ध गराउने कार्यविधिले व्यवस्था गरेको छ । सरकारले आयात बिन्दुमा मलको बिक्री मूल्य तोक्ने व्यवस्था गरेको छ । कार्यविधिको दफा १० अनुसार, आयात बिन्दुमा कृषकका लागि युरिया प्रतिकिलो १४, डिएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ रुपैयाँ कायम गरिएको छ ।विक्रेताहरू अर्थात सहकारी वा फर्मले ढुवानी भाडा र व्यवस्थापन खर्च बापत प्रतिकिलो अधिकतम १ रुपैयाँसम्म थप गरी कृषकलाई बिक्री गर्न पाउनेछन् ।

मल वितरक कम्पनी (कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन) लाई उनीहरूको सेवा बापत प्रतिकिलो १.२५ रुपैयाँसम्म सञ्चालन खर्च उपलब्ध गराइने व्यवस्था छ । अनुदानको मल बिक्री गर्ने जिम्मेवारी मुख्यतः सहकारी संस्थाहरूलाई दिइएको छ । कृषि सहकारी नभएको खण्डमा मात्र निजी फर्म वा कम्पनीलाई विक्रेता तोक्न सकिने व्यवस्था गरिएको छ ।

विक्रेता बन्नका लागि कम्तीमा विगत २ वर्षदेखि कृषि सामग्री बिक्रीमा संलग्न रहेको हुनुपर्ने, कर चुक्ता प्रमाणपत्र र लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुनुपर्ने, प्यानमा दर्ता भएको हुनुपर्ने, नापतौल गर्ने मेसिन र सुरक्षित गोदामको व्यवस्था भएको हुनुपर्ने, विक्रेताले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर मल बिक्री गर्न नपाउने र तोकिएको मूल्यभन्दा बढी लिन पाउने व्यवस्था गरिएको छ ।

खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिएका धान, मकै र गहुँ बालीका लागि कार्यविधिले कुल वार्षिक परिमाणको १० प्रतिशत मल ‘बफर स्टक’ का रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ । यो स्टक मल अभाव भएको समयमा वा बीउ वृद्धि कार्यक्रमका लागि मन्त्रालयको निर्देशनमा परिचालन गरिनेछ ।

साथै, सरकारी कृषि फार्म र अनुसन्धान केन्द्रहरूका लागि पनि छुट्टै कोटाको व्यवस्था गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन कार्यविधिले सूचना प्रविधिको प्रयोगमा जोड दिएको छ । जसअनुसार मल वितरण व्यवस्थापन सफ्टवेयरमा वितरक कम्पनीहरूले दैनिक कारोबारको विवरण अनिवार्य रूपमा सफ्टवेयरमा प्रविष्ट गर्नुपर्नेछ ।

Advertisement

स्थानीय तहले किसान सूचीकरण नम्बर, राष्ट्रिय परिचयपत्र वा नागरिकताका आधारमा वास्तविक किसानको पहिचान गरी मल उपलब्ध गराउनुपर्नेछ । विक्रेताले आफ्नो बिक्री कक्षमा मलको मौज्दात र मूल्य स्पष्ट देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

भर्खरको समाचार

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

सम्बन्धित खबरहरु

Scroll to Top