×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला प्रधानमन्त्री हुँदा बेइज्जत गरिएको थियो ?अहिले रिस पोखिन्|| Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

२८ बैशाख २०८३

२८ वैशाख , काठमाण्डौ।
सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्न लागेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ ।

आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरु हुँदैछ । सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई उच्च प्राथमिकता दिने भएको छ । आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोगमार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ ।

Advertisement
Advertisement

नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ ।

यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेश हुने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रियसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले सभामा पेस गर्न लागेका हुन् ।

दिउँसो २ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । राष्ट्रिसभा बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकको प्रारम्भमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

उनले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त अरू पत्रहरूको व्यहोरो जानकारी गराउने सम्भावित कार्यसूची छ । आजै प्रतिनिधिसभाको बैठक पनि बस्नेछ । प्रतिनिधिसभाको बैठकमा पनि यी अध्यादेश पेस गर्नेलगायत सम्भावित कार्यसूची छ। बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

Advertisement

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । उनले नै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस्तै, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका निम्ति पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

सम्बन्धित खबरहरु

Scroll to Top