×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला प्रधानमन्त्री हुँदा बेइज्जत गरिएको थियो ?अहिले रिस पोखिन्|| Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

२८ बैशाख २०८३

२८ वैशाख , काठमाण्डौ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।

Advertisement
Advertisement

यो राष्ट्रिय अभियानको औपचारिक उद्घाटन वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताको उपस्थितिमा गरिएको छ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने नयाँ सङ्कल्पका साथ आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको हो ।

स्वास्थ्यमन्त्री निशा मेहेताले वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा सरिक भएर यस अभियानको औपचारिक उद्घाटन गरेकी हुन् । सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह तथा कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो कदम चालिएको हो । मार्गदर्शनको पृष्ठभूमिमा ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ’ भनी उल्लेख गरिएको छ ।

मार्गदर्शनअनुसार अब सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । विशेषगरी मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने योजना छ ।

शौचालयहरूलाई दुर्गन्धरहित बनाउँदै नियमित पानीको व्यवस्था र हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ । शौचालयहरू महिलामैत्री र ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त हुनुपर्ने तथा दैनिक सफाइको अभिलेख राख्नुपर्ने नियम बनाइएको छ । शौचालयहरू सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ ।

फोहोर व्यवस्थापनका लागि कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा राख्नुपर्ने तथा अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक निर्धारण गरिएको छ । सेवाग्राहीले सम्मानित महसुस गर्ने वातावरण बनाउन ‘हेल्प डेस्क’ को व्यवस्था र सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।

यस अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व–मूल्याङ्कन गर्नुपर्ने प्रावधान मार्गदर्शनमा छ । अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ ।

Advertisement

यो अभियानले सबै सङ्घीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ ।

Advertisement

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

सम्बन्धित खबरहरु

Scroll to Top