२८ वैशाख , काठमाण्डौ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको संवैधानिक परिषद्को बैठकले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मालाई सिफारिस गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की चर्चामा छिन् । उनले सार्वजनिक रुपमा नै संचारमाध्याममा प्रधानमन्त्री बालेनले गरेका निर्णयहरु, उनको स्वभाव , देश र जनताप्रतिको भाव, मेयरका रुपमा सम्पादन गरेका कामहरुको आलोचनात्मक रुपमा कडा टिप्पणी गरेकी छन् ।
सबैभन्दा बढी आक्रोश सुशीलाले प्रधानन्यायाधीशमा मनोजको सिफारिसलाई लिएर ब्यक्त गरेकी छन् । उनले खुलेर सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश बनाउनु पर्नेमा बालेनले त्यसो नगरेको भन्दै यसलाई महिलामाथिको अपमानका रुपमा समेत ब्याख्या गरेकी छन् । सुशीलाका यी अभिब्यक्तिहरुले समर्थन भन्दा आलोचना बढी भएको पाइएको छ ।
कतिपय पूर्व न्यायाधीशहरुले समेत सुशीलाको अभिब्यक्ति प्रति असहमति जनाएका छन् । पछिल्ला ३ दिनमा सुशीला यतिमा मात्रै रोकिइनन् उनले आफूलाई नभई बालेन पत्नीलाई आमाका रुपमा सम्बोधन गर्न भन्दै संचारमाध्याममार्फत आक्रोशपूर्ण रुपमा अभिब्यक्ति पनि दिइन । शनिबार एक कार्यक्रम पश्चात उनले दिएको यो अभिब्यक्तिको झनै चौतर्फी रुपमा आलोचना भयो ।
तर आफूलाई आमा भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री बालेनकी श्रीमतीलाई आमा भन्नु भन्दै आक्रोश प्रकट गरेपछि भएको ब्यापक आलोचनापछि कार्कीले आइतबार आफ्नो बचाउ गरेकी छन् । आफू बालेनप्रति नभइ प्रश्न सोध्ने पत्रकारप्रति रिसाएको उनले प्रतिक्रिया दिएकी छन् ।
आमाको हैसियत पनि परिवर्तन भएको भन्दै प्रधानमन्त्री बालेन पत्नीलाई राष्ट्रिय माता मान्न आफूले बालेनको सपथकै दिन सुझाव दिएको सुशीलाको भनाइ छ । प्रश्न सोध्ने पत्रकारले आफू प्रधानमन्त्री हुँदा बेइज्जत गरेको भन्दै आफू रिसाएको सुशीलाको दाबी छ । उनले प्रश्नकर्ता पत्रकारले आफूलाई विदेशी जासुस, देश बेच्न लागेको, राति राति राजदूतहरुसँग भेट गरेको लगायतका विभिन्न अर्लगत प्रचार गरेको दाबी पनि गरेकी छन् ।
उद्यपि उनले राष्ट्रको माता बन्नु आफ्ना लागि गर्वको विषय भएको समेत बताइन । राष्ट्रियसभामा कार्यक्रम सकेर बाहिरिने क्रममा शनिबार पत्रकार दिवाकर साहले सुशीलालाई ‘आमा’ भनेर सम्बोधन गर्दा कार्कीले प्रतिप्रश्न गर्दै आपत्ति जनाएकी थिइन । शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् ।
कार्यक्रमबाट निस्किँदै गरेकी कार्कीलाई एचटीपी खबरका पत्रकार साहले ‘दर्शन आमा’ मात्रै के भनेका थिए , जहाँ उनले आक्रोश पोखिन् । उनी कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारले ‘आमा’ सम्बोधन गरेर बोलाउँछन् । उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’ पत्रकार साहले ‘मैले भनेको’ भनेपछि कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन् तिमीहरूको आमा नै फेरिइसक्यो ।
लगत्तै ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै प्रश्न गरेपछि उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।’ फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् ।
सुशीलाको यो आक्रोशपुर्ण अभिब्यक्तिको चौतर्फी आलोचना भएपछि आफू आक्रोशपूर्ण प्रस्तुत हुनुको अर्काेरहस्य सुशीलाले आइतबार गरेकी छन् । उनले बालेनप्रति नभई प्रश्नकर्ता दिवाकरसँग आफूलाई रिस उठेको प्रष्टिकरण दिएकी छन् । गएको असोजमा पत्रकार साहले सामाजिक सञ्जालमार्फत आन्दोलन, सत्ता र विदेशी प्रभावसम्बन्धी केही सनसनीपूर्ण दाबी गरेका थिए ।
जसले तत्कालीन तरल राजनीतिक वृत्तमा तरंग ल्याएको थियो । सबैभन्दा ठूलो आरोप उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की माथि लगाएका थिए । साहका अनुसार मध्यरातमा दूतावासका गाडीहरूको लाइन प्रधानमन्त्री निवास पुग्छ र उनी राती–राती विदेशी दूतावासका प्रतिनिधिहरूलाई भेट्छिन्।
साहले चुनौती दिँदै भनेका थिए, “यदि आट छ भने त्यो रातको सीसीटीभी फुटेज सार्वजनिक गरियोस्।” साहले भनेका थिए कि विदेशी सेना नेपाल भित्र्याउने प्रक्रिया चलिरहेको छ। उनका शब्दमा, “नेपालीहरूलाई भेद गरेर विदेशी सेनाहरू ल्याइँदैछ। अब भिड्ने होइन, जुटेर सामना गर्नुपर्छ।” उनले भनेका थिए, “सक्कली जेन्जी आन्दोलनका सदस्यहरूलाई शितलनिवास प्रवेश छैन, तर केही एनजीओ समूहहरूलाई मन्त्रीहरूले नै सहयोग गर्न थालेका छन्।”
उनले थप भनेका थिए कि सुरुमा केपी ओली र लेखकलाई पक्राउ गर्ने तयारी थियो, तर अहिले सुरक्षाकर्मी कटौती गरेर आन्दोलन कमजोर बनाइएको छ । सबैभन्दा चकित पार्ने कुरा उनले आफ्नो जीवनमा खतरा रहेको भन्दै भनेका थिए, “मेरो हत्या हुन सक्छ, मरे पनि सत्य बोलेर मर्छु। निर्मल निवास अगाडिको मेरो भिडियो मजाक थिएन।त्यो भिडियोमा नदेखिएका फुटेज अझै पनि मसँग छन्। प्रधानमन्त्री निवासका केही शंकास्पद दृश्यहरू पनि छन्, तर मेरो ज्यानको जिम्मा कसैले लिन्छ भने मात्रै ती सार्वजनिक गर्छु।”
तर पत्रकार साहले यस सम्बन्धी कुनै दृश्य र प्रमाणहरु अहिलेसम्म सार्वजनिक गरेका छैनन् । राज्यलाई खबरदारी गर्ने प्रश्न, गर्ने अधिकार भएपनि सनसनीपूर्ण रुपमा तत्कालीन अवस्थामा देशको स्वाधिनतामाथि नै प्रश्न उठाइएपनि यसलाई पुष्टि गर्ने आधार र प्रमाणहरु अहिलेसम्म बाहिरिएका छैनन् ।
पत्रकार साह गएको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए । तर संसद छिर्ने योजनासहित चुनावी मैदानमा उत्रिएका साहको मत परिणाम कमजोर आएपछि उनको जमानत नै जफत भएको छ । रास्वपाबाट टिकट पाउने आशा गरे पनि टिकट नपाएपछि उनले पार्टीका प्रवक्ता मनिष झाको आलोचना गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए।
सो क्रममा रास्वपाले टिकट दिनका लागि दिवाकरसँग २ करोड मागेको भन्दै अफवाहपूर्ण र भ्रामक खबर समेत फैल्याइएको थियो । निर्वाचनमा अपेक्षित परिणाम नआएपछि साह अहिले पुनः पुनः रिपोर्टिङमा सक्रिय भएका छन् ।आलोचनापछि सुशीलाले बालेनसँग नभई पत्रकारसँग रिसाएको अभिब्यक्ति दिएपनि बालेनसँगको सन्तुष्टि भने उनले सार्वजनिक रुपमा नै दिएकी छन् ।
सुशीला सरकार रहदासम्म बालेन र कार्कीको सम्बन्ध सुमधुर रहेको थियो । बालेनले बालुवाटार पुगेरै सुशीलालाई सुझाव र सल्लाह दिने गरेका थिए । तर बालेन सरकार बनेयता भने सुशीला सरकारसँग असन्तुष्ट रहेकी थिइन । केही दिन अघि मात्रै सरकारको निर्देशनपछि सुशीलाले दोहोरो गाडी सुबिधा सरकारलाई फिर्ता गरेकी थिइन ।
यस्तै प्रकृति संरक्षण कोषको अध्यक्षमा सुशीलाले जादा जादै गरेको नियुक्ति पनि सरकारले खारेज गदिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त भएका छन् । यस्तै राष्ट्रिय सभा सदस्यमा सुशीलाले मनोनयन गरेका तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिस समेत अहिलेसम्म रोकिएको अवस्था छ ।
अझ पछिल्लो समय त सपना प्रधान मल्ल प्रधानन्यायाधीशमा सिफारिस नभएपछि सुशीला बालेन नेतृत्व सरकारसँग सार्वजनिक रुपमा नै झनै चिढिएकी छन् । गत बिहीबारमात्रै संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश मल्लसहित ३ जना वरिष्ठ न्यायाधीशलाई छाडेर प्रधानन्यायाधीशका लागि रोष्टरको चौथो नम्बरमा रहेका डा. मनोज शर्मालाई सिफारिस गरेको छ ।
सरकारको यो निर्णयको रास्वपा सभापति रवि लामिछाने पनि बचाउ गर्दै संविधान अन्ुरुप नै प्रधानन्यायाधीश सिफारिस भएको बताएका छन् । स्थापित विधि र प्रक्रियाबाटै प्रधानन्यायाधीश सिफारिस भएको उनको भनाइ छ । रास्वपाका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानन्यायाधीशका लागि प्रस्तावित ६ जना सबै योग्य भएको बताए ।
उनले भने, ‘एक जना कसैले भनिदियोस् कसरी असंवैधानिक भयो ? ६ जनालाई योग्य भनेर संवैधानिक सिफारिस किन गरेको ? त्यहीँ असंवैधानिक भयो होला नि । ६ जनाको साटो वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै दिनुपर्ने छ संविधानमा भनेको भए हुन्थ्यो । संवैधानिक परिषद्को बैठक नै बस्नु पर्थेन ।’
परम्परा भत्काइएको विषयमा टिप्पणी गर्दै उनले यदि परम्परा पछ्याइएको भए भागबन्डामै जानुपर्ने बताए । लामिछानेले थपे, ‘परम्परा भत्काइयो भनिरहेका छन् । यदि त्यही परम्परामा जाने भइदिएको भए ६ जनाको उपस्थिति भएको संवैधानिक परिषद्मा कसलाई कति जना भागबण्डा लगाउने भनेर छलफल चलिरहेको हुन्थ्यो । १ जनामा सकिन्नथ्यो । तर हामीलाई भागबण्डामा विश्वास छैन । हामी राजनीतिमा आउनु पूर्व नै बनेको विधि हो । हामी सरकारमा आउनुअघि सर्टलिस्ट आइपुग्यो । त्यसमध्ये एउटा छान्नुस भनियो । त्यही विधिलाई मानेर एकजनालाई सिफारिस गरेको हो । न्यायालयका विषयलाई धेरै अप्ठेरो बनाएर, टसल गरेर, चुनौतीपूर्ण ढंगका अभिव्यक्ति दिएर के लाभ हुन्छ ? जगहसाइ मात्र हुन्छ ।’
आफ्नो गर्दन अहिले पनि अदालतमै रहेको उनले बताए । रास्वपाको सरकार बन्नु अघि सुशीला कार्कीकै सरकारका समयमा फागुन २६ मा न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो । संविधान अनुशार सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् । न्याय परिषद् भने नेपालको संविधान अनुसार गठन हुने संवैधानिक निकाय हो।
यसमा प्रधानन्यायाधीशको अध्यक्षतामा कानून तथा न्याय मन्त्री सदस्य, सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश सदस्य, प्रधानमन्त्रीले सिफारिस गरेको एक जना कानूनविद् सदस्य र नेपाल बार एशोसिएसनले सिफारिस गरेको एक जना वरिष्ठ अधिवक्ता सदस्य रहन्छन् । यस परिषद्को मुख्य काम न्यायाधीशहरूको नियुक्ति, सरुवा, बढुवा, अनुशासन तथा कारबाहीसम्बन्धी सिफारिस गर्नु रहेको छ ।



