×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

२८ बैशाख २०८३

२८ वैशाख , काठमाण्डौ।

नेपालको राजनीतिमा करिब चार दशकसम्म एकछत्र राज गरेका पात्र, पाँच–पाँच पटक देशको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अहिले कहाँ छन् रु के उनी साँच्चै उपचारका लागि विदेश गएका हुन् कि कानुनी फन्दाबाट बच्न भूमिगत भएका हुन् रु बितेको एक महिनादेखि नेपाली राजनीतिको एउटा शक्तिशाली दम्पती–शेरबहादुर देउवा र आरजु राणा देउवा– प्रहरीको नजरमा फरार र सम्पर्कविहीन छन्।

Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरेलगत्तै उनीहरू हङकङमा सेल्टर लिएर बसेका छन् । यति मात्र होइन, उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० को ढोका ढक्ढक्याएको छ। यो सबै घटनाको जरो गत भदौ २४ गतेको जेन–जी आन्दोलनसँग जोडिएको छ।

आक्रोशित युवाहरूको एउटा समूह बुढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गर्यो। आन्दोलनकारीले त्यहाँ तोडफोड र कुछपिटसहित आगजनी गरे । सो क्रममा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणको नगद फेला पारेको दाबी गर्दै भिडियो सार्वजनिक भए । भिडियोमा पैसाका बिटाहरू जलेको र छरिएको स्पष्ट देखिन्थ्यो ।

सुरुमा शेरबहादुर देउवा र उनको सचिवालयले यो भिडियोलाई फेक भनेर खण्डन गर्यो । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जब यसको विस्तृत प्राविधिक अनुसन्धान गर्यो, तब एउटा डरलाग्दो तथ्य बाहिर आयो । विभागको निष्कर्ष थियो— त्यो भिडियो नक्कली थिएन । देउवा निवासमा ठुलो परिमाणमा शङ्कास्पद नगद थियो।

यही बिन्दुबाट देउवा परिवारको ओरालो यात्रा सुरु भयो । विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढायो। तर, विडम्बना १ पक्राउ पुर्जी जारी हुनुअघि नै देउवा दम्पतीले देश छाडिसकेका थिए । प्रहरीको पछिल्लो सूचना अनुसार देउवा दम्पती अहिले हङकङमा छन् ।

१३ फागुनमा उपचारको बहानामा सिंगापुर उडेका देउवा र त्यसअघि नै भारत हुँदै सिंगापुर पुगेकी आरजु ७ चैतमा हङकङ पुगेका थिए । हङकङ पुगेपछि उनीहरू कतै पनि सार्वजनिक भएका छैनन् । सरकारी संयन्त्रले उनीहरू हङकङमै रहेको पुष्टि गरे पनि ठ्याक्कै लोकेसन ट्र्याक गर्न सकेको छैन ।

यही कारण नेपाल प्रहरीले इन्टरपोलमार्फत उनीहरूलाई समात्न रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ । प्रहरीले पहिलो पटक रेड नोटिसका लागि पत्राचार गर्दा इन्टरपोलले कागजात पुगेन भन्दै अस्वीकार गरिदिएको थियो । तर, प्रहरीले हार खाएको छैन । अहिले सबै कानुनी कागजात र प्रमाणहरू जुटाएर दोस्रो पटक पत्राचार गरिएको छ ।

यदि इन्टरपोलले रेड नोटिस जारी गर्यो भने, देउवा दम्पतीलाई हङकङ प्रहरीले पक्राउ गरी नेपाल डिपोर्ट गर्नुपर्ने कानुनी दबाब सिर्जना हुनेछ । रेड नोटिस जारी नहुँदा उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पक्राउ गरी स्वदेश फर्काउने तत्कालको कानुनी बाटो बन्द भएकाले विभागले इन्टरपोलले उठाएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ र थप ठोस प्रमाण पठाएको छ ।

अर्कोतर्फ हङकङमा रहेका भनिएका देउवा दम्पत्तिलाई किन पनि नेपाल ल्याउन सहज छैन भने हङकङसँग नेपालले सुपुर्दगी सन्धी र पारस्पारिक कानुनी सहायतासम्बन्धी सम्झौता छैन। त्यसबाहेक देशको कुटनीतिलाई हेर्दा, देउवा दम्पतीको राजनीतिक पृष्ठभूमि, राज्यसत्तामा पटक–पटक नेतृत्व गरिसकेको अनुभव अनि जेनजी आन्दोलनका क्रममा उनीहरूले भोगेको आक्रमणजस्ता कारणलाई केही देशहरूले ‘राजनीतिक उत्पीडन’को दृष्टिकोणबाट समेत व्याख्या गर्न सक्ने भएकाले उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया सहज नहुने पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्।

अब कुरा गरौँ, सम्पत्ति शुद्धीकरण विभागले के–के फेला पार्यो तरु शेरबहादुर देउवाको आफ्नै नाममा खासै भौतिक सम्पत्ति देखिँदैन । तर, उनकी पत्नी आरजु राणा र छोरा जयवीरसिंह देउवाको नाममा मुलुकभर ११५ रोपनी ८ आना जग्गा फेला परेको छ। आरजु राणाको नाममाः ३९ रोपनी १५ आना।

(डडेलधुरा, कैलाली, मकवानपुर र बर्दियामा)। जयवीरसिंह देउवाको नाममाः ७५ रोपनी ९ आना। (काठमाडौँको बुढानीलकण्ठ, कास्की, कञ्चनपुर र बर्दियामा) । अझ अचम्मको कुरा के छ भने, छोरा जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति २०७४ देखि २०७८ सालको बीचमा नामसारी भएको देखिन्छ ।

यो त्यही समय हो, जब शेरबहादुर देउवा सत्ताको बागडोर सम्हालिरहेका थिए । जयवीरको आम्दानीको कुनै ठोस स्रोत नदेखिनु र अर्बौँको जग्गा जोडिनुले नै सम्पत्ति शुद्धीकरणको आशङ्कालाई बल पुर्याएको हो । विभागका अनुसार शेरबहादुर देउवाको बैंक खातामा ठुलो कारोबार देखिँदैन, तर आरजु र जयवीरको खातामा भने अस्वाभाविक र ठुलो कारोबार भएको पाइएको छ।

यसैलाई आधार मानेर विभागले जयवीरविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी गरिरहेको छ । देउवा दम्पती विदेशमै रहेका बेला काठमाडौँको बुढानीलकण्ठस्थित उनीहरूको निजी निवास भत्काउन सुरु गरिएको थियो । आगजनी र तोडफोडले खण्डहर बनेको सो घर भत्काएर नयाँ बनाउने तयारी थियो ।

तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्काल उक्त कार्य रोक्न निर्देशन दियो । किनकि त्यो घर आफैँमा एउटा ठुलो प्रमाण हो । त्यहाँ भित्र भेटिएको भनिएको नगद, लुकाइएका दराजहरू र भौतिक संरचनाको सूक्ष्म अध्ययन गर्न बाँकी नै छ । विभागको ठहर छ— “घर भत्काउनु भनेको प्रमाण नष्ट गर्नु हो।“ त्यसैले अहिले त्यो भग्नावशेषलाई सुरक्षा घेरामा राखिएको छ ।

उता पक्राउ पुर्जी जारी भएलगत्तै देउवाले भने सामाजिक सञ्जालमार्फत एउटा विज्ञप्ति जारी गरेका थिए। उनले आफूलाई ’भ्रष्टाचार विरोधी’ नेताको रूपमा प्रस्तुत गर्दै भनेका थिए— “म गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बन्यो र मेरै प्रधानमन्त्रीकालमा भ्रष्टाचार निवारण ऐन, २०५९ कार्यान्वयन भयो।“

उनले आफ्नो र परिवारको सम्पत्ति विवरण पारदर्शी रहेको दाबी गर्दै यसलाई ’भ्रामक प्रचार’ को संज्ञा दिएका छन्। तर, उनी निर्दोष छन् भने कानुनी प्रक्रियालाई सघाउनुको साटो एक महिनादेखि किन सम्पर्कविहीन छन् त भन्ने प्रश्न उठेको छ रु आफ्नै पार्टीका नेताहरूसँग समेत सम्पर्कमा नरहनुले कतै उनी डराएका त छैनन् भन्ने प्रश्न जन्माएको छ ।

नेपालको राजनीतिमा यो एउटा ऐतिहासिक मोड हो । अहिलेसम्म ठुला नेताहरूलाई ’छुनै सकिँदैन’ भन्ने जुन भाष्य थियो, त्यो अब भत्किने सङ्केत देखिएको छ। यदि देउवा जस्तो कदको नेता विरुद्ध रेड नोटिस जारी भएर कानुनी कारबाही अघि बढ्यो भने, यसले नेपालको कानुनी राज्यको इतिहासमा नयाँ मानक स्थापना गर्नेछ ।

Advertisement
Advertisement

राजनीतिमा कोही पनि कानुनभन्दा माथि हुँदैन । देउवाले आफूलाई ’खुला किताब’ त भनेका छन्, तर किताबका धेरै पानाहरू अहिले हङकङको रहस्यमयी ओझेलमा छन्। ११५ रोपनी जग्गा र अस्वाभाविक बैंक कारोबारको जवाफ फेसबुक स्टाटसबाट होइन, अब अदालत समक्ष दिनु पर्ने भएको छ ।

भर्खरको समाचार

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

सम्बन्धित खबरहरु

Scroll to Top