×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले सदन अवरोध गरेर माग्यो प्रधानमन्त्रीको जवाफ || Nepal Times
May 12, 2026
Playing
कालो पहिरनको ’क्रान्तिकारिता’:राष्ट्रिय पोसाक र मर्यादाको खोजी|| Nepal Times
May 12, 2026
Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026
Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

२९ बैशाख २०८३

२९ वैशाख , काठमाण्डौ ।

यसपाली इतिहासमै पहिलो पटक एसईई परीक्षाको नतिजा छिटो गरेर आयो। परीक्षा भएको २९ दिनमै नतिजा आएको यो पहिलो पटक हो। यसअघि २ देखि ३ महिनासम्म लाग्ने गरेको थियो। तर फागुन २१ मा प्रचण्ड बहुमत ल्याएर बनेको रास्वपा सरकारले सुरूदेखि नै जोड दिंदै आएको एसईई नतिजालाई व्यवहारमा सफल गराएर पुष्टि गर्यो।

Advertisement
Advertisement

अहिले धेरैको मनमा खड्किरहेको छ–यत्ति चाँडो कसरी सम्भव भयो एसईई नतीजा ? कतिपयले यसलाई रास्वपा सरकारलाई धन्यवाद भनिरहेका छन् भने अहिलेसम्म पुराना दलहरू के गरेरबसेका थिए भनेर पनि टिप्पणी गरेका देखिन्छन्। खासमा चैत १३ मा बालेन शाह नेतृत्वमा सरकार गठनसँगै माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा चलिरहेको थियो।

लगत्तै सरकारले परीक्षा नतिजामा हुने ढिलासुस्ती हटाउन एक महिनामै परीक्षा नतिजा सार्वजनिक गर्न निर्देशन दियो। उसले यसका लागि जुन दिनको परीक्षा हो त्यो सकिए लगत्तै परीक्षा केन्द्रमा कापी परीक्षण गर्न भन्यो । चैत १९ बाट जुन विषयको परीक्षा हो, त्यही दिन परीक्षा केन्द्रमा कपी जाँच्न थालियो। चैत २९ मा परीक्षा सकियो।

अन्ततः न्यूनतम पनि परीक्षा नतिजा आउन तीन महिना लाग्नेमा यस पटक २९ दिनमै परीक्षा सार्वजनिक भयो । राष्ट्रिय परीक्षा बोर्डले यसका लागि परीक्षा केन्द्रमा खटिएका परीक्षकहरूलाई धन्यवाद दियो । परीक्षाफल प्रकाशित हुने समयमा बोर्डले पहिलो पटक रेकर्ड राख्यो । परीक्षा नतिजामा पनि गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको देखियो।

यसका लागि अहिले सरकारलाई धन्यवाद दिनेहरूको ठूलै संख्या देखिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले एसइईको रिजल्ट छिटो गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिए। प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्गदाम्बेले आजको संसद बैठकबाटै सरकारलाई धन्यवाद भनेका छन्।

‘ग¥यो भने त सकिने रहेछ नि।’ एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक भएपछि अधिकांशले सामाजक सञ्जालमा यस्तै–यस्तै टिप्पणी गरिरहेका छन्। मूलतः यस पटक जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण भएको थियो। जसका कारण एक महिनामै नतिजा सम्भव भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

बोर्डले अन्तिम परीक्षा सकिएपछि सम्बन्धित विषयको नतिजा, उत्तरपुस्तिका तथा परीक्षासम्बन्धी सबै कागजात वैशाख ५ गतेभित्र बुझाउनू भन्ने निर्देशन दिएको दिएको थियो। अनि वैशाख ९ भित्र देशभरिका सम्पूर्ण जिल्ला शिक्षा इकाईहरूले मार्कस्लिप र उत्तरपुस्तिका बोर्डलाई बुझाए।मार्कस्लिप र उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटर इन्ट्री गर्ने काम पनि बोर्डले छिट्टै सकेको थियो।

अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका परीक्षण सुरू हुने समयमा यसपालि उत्तरपुस्तिका जाँचसँगै ७० प्रतिशत तथ्यांक इन्ट्रीको कामसमेत सम्पन्न भएको थियो। जसले नतिजा छिटो भयो। यसअघि ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक त पर्ने गरेको थियो नै, ब्रिज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको गुनासो सुनिन्थ्यो।

तर शिक्षामन्त्री सस्मित पोखरेलले चाहिं सुरूदेखि नै विद्यार्थीलाई मनोवैज्ञानिक तनाव नदिन एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बताउँदै आए। सरकारले एसईईपछिको ब्रिज कोर्सका कार्यक्रम सञ्चालनमा पनि रोक लगायो। विद्यार्थीको रुचिअनुसार कसैले खेलकुद, कसैले म्युजिक सिकुन् भन्ने उद्देश्य सरकारको हो।

नतिजाको लागि ३ महिना कुर्नुपर्ने बाध्यता हटेकोमा शिक्षक र विद्यार्थी उत्साहित देखिएका छन्। एसईईको नतिजाका लागि ३ महिना कुर्नु नपर्ने भएकोमा खुसी देखिएका विद्यार्थी कृतक पौडेल भन्छन्, ‘पहिला ३ महिना कुर्नुपथ्र्यो। ३ महिना के गरेर बस्ने भन्ने हुन्थ्यो। यस पटक एक महिनामा नतिजा आएपछि समय खेर नजाने भयो । नतिजा आएपछि पढ्न राम्रो हुन्छ।’

यसपटक परीक्षा भएको एक महिनामै नतिजा मात्र सार्वजनिक भएन, नतिजा विगतका तुलनामा सुधार पनि भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार यसपाली दुई लाख ८४ हजार एक सय ६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने एक लाख ४६ हजार पाँच सय सात विद्यार्थी ‘ननग्रेडेड’ भए।

‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको अवसर प्राप्त गर्नेछन्। यसपाली दुई लाख ५७ हजार पाँच सय २७ छात्रा र दुई लाख ५२ हजार चार सय ३४ छात्रले आवेदन फारम भरेकामा चार लाख ३० हजार छ सय ६७ विद्यार्थी परीक्षामा सहभागी थिए। गत वर्षको परीक्षामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए भने संवत् २०८० मा ४७ दशमलव ८७ प्रतिशत पास भएका थिए।

त्यसमा ४८ हजार ३९२ ले जिपिए ३.६ देखि ४ ल्याएका छन्। जिपिए ३.२ देखि ३.६ ल्याउनेको संख्या ८० हजार ३७२ छ। जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी ९४ हजार २२२ छन् भने ५५ हजार ९७७ विद्यार्थीले जिपिए २.४ देखि २.८ को बिचमा नतिजा ल्याए। जिपिए २ देखि २.४ ल्याउने विद्यार्थीको संख्या पाँच हजार १९० र जिपिए १.६ देखि २ ल्याउने सातजना छन्।

प्रदेशगत परीक्षा नतिजा हेर्ने हो भने बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी वर्गीकृत भएका छन्। बागमतीबाट ७७ हजार १ सय १३ जना ग्रेडेड भए। कोशीमा ५० हजार ८ सय ९० जना, मधेसमा ४४ हजार ५ सय ९२ जना, लुम्बिनीमा ४४ हजार २ सय ५६ जना, गण्डकीमा २६ हजार ५ सय ५० जना, सुदूरपश्चिममा २१ हजार ६ सय ६४, कर्णालीमा १९ हजार ९५ जना ग्रेडेड भए।

यस वर्ष १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी नन ग्रेडेड भए। यसमा सबैभन्दा बढी मधेस प्रदेशका छन्। मधेशबाट परीक्षामा सहभागी ३१ हजार ७ सय २५ विद्यार्थी नन ग्रेडेड भए। बोर्डका अनुसार ननग्रेडेड विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने तालिका बनिसकेको छ। नतिजामा चित्त नबुझेको अवस्थामा जेठ १ देखि ७ सम्म पुनर्योगको लागि आवेदन दिन सकिने छ।

शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले एक महिनामै नतिजा सार्वजनिक हुन सम्भव छैन भनेर पूर्वउपकुलपति, पूर्वरजिस्ट्रार र बोर्डका पूर्वअध्यक्षलगायतले सामाजिक सञ्जालमा विरोध गरेको अवस्थामा तोकिएको समयमै परीक्षाफल प्रकाशन हुनुमा उत्तरपुस्तिका परीक्षणमा शिक्षकप्रतिको विश्वास नै पहिलो कारण भएको बताए।

उत्तरपुस्तिका परीक्षणमा शिक्षकबाहेक अरु कोही विज्ञ नहुने भन्दै छिटो नतिजा प्रकाशनलाई शिक्षकको लगाव र मिहिनेतको प्रतिफल भएको उनको भनाई छ। त्यसबाहेक शिक्षामन्त्रीको निर्देशिकाका अतिरिक्त बोर्डले जनशक्ति थप र नयाँ निर्देशिकाको कडाइका साथ कार्यान्वयन गरेकाले समयमा नतिजा आउन सम्भव भएको बोर्डको दाबी छ।

त्यसका लागि यसपाली केही नीतिगत्र सुधारहरू पनि भए, जसले गर्दा नतिजा चाँडो भयो। जस्तो कि, परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने र मार्कस्लिप प्रिन्ट गरी ट्याबमा चढाइ खाममा सिलबन्दी गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।

केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा प्याकेट तोकिएको ढाँचामा लगत खडा गरी सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालयमा पठाउन भन्यो। एसइईलाई सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र सम्परीक्षक व्यवस्था गर्नुपर्ने र नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा प्रकाशन गर्न सकिने व्यवस्था गरियो ।

त्यसबाहेक उत्तरपुस्तिका परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमै रहेर परीक्षण गर्न भनिएको थियो। परीक्षण केन्द्र रहेको विद्यालयको भवनमा सम्भव भएसम्म सिसीटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र सम्परीक्षण गराउने, परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजान नपाइने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्न नपाउने र तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्न नसक्ने प्रबन्ध गरिएको थियो।

उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्नेजस्ता अनियमितता रोक्ने व्यवस्थासहित परीक्षक र सम्परीक्षकले परीक्षण कक्षमा मोबाइललगायत विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ। विसं २०७३ मा भएको शिक्षा ऐनको आठौँ संशोधनले विद्यालयको संरचना बदलेर कक्षा १२ लाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको छ।

संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्र बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशअन्तर्गत राखिएको छ। नयाँ विद्यालय शिक्षा विधेयक संसद्मा पेस हुने चरणमा रहेको छ भने सरकारले आगामी वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी पनि गरेको छ।

Advertisement

यस्तोमा कक्षा ११ को भर्ना प्रक्रिया पनि चाँडो सुरु हुने छ। यसअघिका वर्षमा ११ को भर्ना प्रक्रिया साउनमा मात्र सुरु हुन्थ्यो। तर, यसपटक जेठको अन्तिम सातादेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी छ। यसबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग आवश्यक छलफल गरेर मात्रै पठनपाठन र भर्ना मिति तोक्नेछ।

Advertisement

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

सम्बन्धित खबरहरु

Scroll to Top