×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले सदन अवरोध गरेर माग्यो प्रधानमन्त्रीको जवाफ || Nepal Times
May 12, 2026
Playing
कालो पहिरनको ’क्रान्तिकारिता’:राष्ट्रिय पोसाक र मर्यादाको खोजी|| Nepal Times
May 12, 2026
Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026
Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

२९ बैशाख २०८३

२९ वैशाख , काठमाण्डौ ।

प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरु निकै चर्को सुनिए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमभन्दा पनि उनीहरु सबैको प्रश्न, आलोचना र विरोधको घेरामा थिए प्रधानमन्त्री बालेन्द्र शाह । त्यसपछि सत्तारुढ रास्वपा र उसको सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे पनि विपक्षीहरुले जवाफ मागे ।

Advertisement
Advertisement

सो क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त एक कदमअघि बढ्दै प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे चासो ब्यक्त गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न मागसमेत गरेको छ । बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन् ।

आङ्देम्बेले संसद्मा बोल्दै भने, ’आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वभाविक होइन । यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।’

उनले प्रधानमन्त्रीको यो व्यवहारलाई ’अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरे। कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर–जिम्मेवार व्यवहार नदेखाउने भन्दै आङ्देम्बेले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरे ।

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको भन्दै टिप्पणी गरे । उनले संसारमा यस्तो नदेखिएको बताए । “आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचमै हिडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ,“ उनले भने ।

उनले प्रधानमन्त्री रास्वपाको मात्रै सम्पत्ति नभएको बताए । उनले युवा प्रधानमन्त्रीको मन शान्त र स्थिर नदेखिएको टिप्पणी गरे । “हिजोको उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । शीर निहुरिएको छ,” उनले भने । उनले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सदनलाई गरिमामय बनाउन नसक्नु दुःखको कुरा भएको बताए ।

यसअघि काँग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने र गम्भीर प्रकृतिको भएको बताइन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल सामान्य घटना मात्र नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरित भएको उनको ठहर छ।

पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरिन् । यस्तै नयाँ संसद आएपछि पहिलो पटक आज संसदमा बोलेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले मर्यादा पालना नगरे संसद्को गरिमा नहने बताए ।

उनले प्रधानमन्त्रीको कार्यशैलीमा सबैको भविष्य जोडिएको धारणा राखे । “प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन,” उनले भने । यस्तै ‘प्रचण्ड’ले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताए । सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरे ।

उनले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान भएको बताए । ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विरुद्ध रहेको ध्यानाकर्षण गराए । उनले विद्यार्थी शैक्षिक सुधारका बाधक हुन् भन्ने बुझाई सरकारको अपरिपक्व धारणाका रूपमा व्याख्या गरे ।

ट्रेड युनियनमाथिको प्रतिबन्ध अलोकतान्त्रिक भएको भन्दै अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेको महासन्धीहरूविरुद्ध नउभिन उनले आग्रह गरे । प्रचण्डले प्रधानन्यायाधीश प्रकरणमा सरकारले प्रस्ट पार्नुपर्ने बताएका छन् । सरकारमाथि विधि र वरिष्ठता मिचेको आरोप लागेको भन्दै यस विषययमा सरकारले नै प्रस्ट पार्नुपर्ने उनको भनाइ छ ।

‘प्रधानन्यायाधीश नियुक्तिको विषयमा विधि, प्रक्रिया वरिष्ठतालाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिएको कुरा छ । पर्याप्त समझदारी र गृहकार्य नगरी गरिएकाले सरकारले प्रस्ट धारणा राख्नुपर्छ,’ उनले भने । यस्तै नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा सरकारले संसदको अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासनतन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको आरोप लगाए ।

उनले रास्वपा र रास्वपा सरकारको नीति र नेतृत्वबारे टिप्पणी गर्दै रास्वपाले पाएको सफलता दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीका एआई जादु, साथै विश्व भु राजनीतिका अदृश्यको प्रभाव भएको बताए । उनले वैशाख २८ गते राष्ट्रपतिले सरकारका सय बुँदे नीति कार्यक्रम सार्वजनिक गरेको भन्दै उनले आगामी निर्वाचनमा रास्वपाले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रास्वपाको एकल नेतृत्व स्थापित गर्न लागिरहेको बताए ।

‘यो लक्ष्य हासिल गरेपछि रास्वपाको कथित निलो क्रान्तिले पूर्णता पाउनेछ’, थापाले भने, ‘सरकारको नीति तथा कार्यक्रम मुलुकको विकास र समृद्धि तथा लोकतन्त्रको अपरिहार्य मार्गचित्र हुनुपर्ने बताए । उनले रास्वपा कुनै विचारधारमा आधारित दल नभएर महत्त्वाकाङ्क्षी र अराजक जमातको अस्थायी गठजोड भएको भन्दै राजनीतिक रूपमा लोकप्रियतावादको दलदलको जगमा अडिएको बताए ।

‘यो चरम अवसरवाद र अस्थिर प्रवृत्ति हो’, थापाले भने, ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्त घातक हुन्छ । भ्रम र विरोधाभासको दर्शन हो । उनले लिपुलेक, टीओवी काण्डबारे नीति तथा कार्यक्रम चुपचाप भएको, शिक्षक तथा पेशा कर्मीको अधिकार खोसिदा नीति कार्यक्रमको घण्टी नबजेको, ऋण लिएर विकास हुँदैन भन्नेहरूले किन ऋण लिइरहेका छन् भन्दै बादलले दर्जनौँ प्रश्न गरे ।

तर थापाले संसदमा राखेको धारणामा दुई सांसदले नियमापत्ति पनि गरे । सेनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रास्वपा सांसद मनिष खनाल र राप्रपा सांसद खुश्बु ओलीले नियमापत्ति गरेका हुन् । उनीहरूले सेनाबारे थापाले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । यस्तै सांसद खनालले जनताबाट अनुमोदिन रास्वपाबारे पनि थाािले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।

यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा पनि प्रश्न गरे । सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे । ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’

उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने पनि टिप्पणी गरे । ‘प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त?,’ उनले जनता सरकारसँग डराएर बाच्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले सरकारले सीमा रक्षा गर्न नसकेको विषयमा पनि प्रश्न उठाए ।

‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? जनताको जिउधनको रक्षा गर्न नसक्ने सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यलाई सोधेर गरिररहेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार पनि मुकदर्शक भएरहेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो ।

उनले संसदमा सांसदहरूको उपस्थिति कम रहको विषयमा पनि प्रश्न उठाए । यस्तै राप्रपाका दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले सुकुम्बासीमाथि अत्याचार गरेको भन्दै व्यवस्थापनविना बस्ती हटाउन नहुनेमा जोडदिए । आफू सरकारी जग्गा कब्जा गर्नेहरुविरुद्ध रहेको भएपनि वास्तविकक सुकुम्बासीलाई नभइ हुकुमबासीमाथि डोजर लगाउन सुझाव दिए ।

शाहीले नीति तथा कार्यक्रममा कर्णालीलाई उपेक्षा गरिएको गुनासो गरे । यस्तै स्वतन्त्र सांसद महावीर पुनले आफूलाई एक्लो सांसद भएर ५ मिनेट मात्रै समय दिएकोमा आपत्ति जनाए । उनले विज्ञान प्रविधि र नवप्रवद्धक सम्बन्धी नयाँ मन्त्रालय गठन गर्न माग गरे । उनले नवप्रवद्धकका लागि बजेट छुट्याउन माग गरे ।

महावीरले नवप्रवद्धक तथा विज्ञान र प्रविधि विना देशविकास हुन् नसक्ने बताए । उनले नीति तथा कार्यक्रममा विज्ञान भन्ने शब्द नै उल्लेख नगरिएको भन्दै आपत्ति जनाए । विज्ञानसँग किन यति सारो रिस भन्दै महावीरले प्रश्न गरे विज्ञानले के खाइदिएको छ ।

विपक्षीहरुले यस्ता आरोपहरु लगाइरहँदा रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले भने सरकारप्रति आम जनताको विश्वास र भरोसा रहेको बताए । जनताको विश्वासको कारणले नै दुई तिहाइ नजिक समर्थन प्राप्त भएको बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ झन्डै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दै छ। हामीले हाम्रा वाचापत्र मात्र कुरा गरेर हाम्रा बाचा पत्रका मात्र कुरा गरेनौँ। हामीले त प्रतिपक्षका बाचा पत्रका पनि कुरा ग¥यौँ।’

Advertisement
Advertisement

उनले रास्वपाले निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्ने जिकिर गरे । उनले विपक्षी दललाई सोधे, ‘तपाईँहरूको ती वाचापत्र निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थे होलान् र जनतालाई गरिएका ती बाचाहरू विगतको ३७ वर्षमा कति पूरा गरियो र ती आफैँले लेखेका बाचा पत्रहरू हेरेर कति चोटि जनतामाझ पुगियो होला?’ उनले सयौँ वटा कार्यदेश तयार पारेर सरकारले पनि आफ्नो काम कारबाही अगाडि बढाएको बताए।’

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

सम्बन्धित खबरहरु

Scroll to Top