×

NEPAL TIMES UPDATES

Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

३० बैशाख २०८३

३० वैशाख , काठमाण्डौ।

विद्यालयहरुमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि स्थानीय तहहरुले स्वविवेकले विद्यालयहरु संचालन गरिरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति आज एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो।

Advertisement
Advertisement

मन्त्रिपरिषदले २०८२ चैत्र २२ गते गरेको निर्णयबमोजिम शैक्षिक सत्र २०८३ मा विद्यालयहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । यसै निर्णयको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो ।

यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र सबै विद्यालयहरूलाई पठाइएको छ । परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन निम्नअनुसारका व्यवस्थापन गर्नुपर्नेछः

– प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्ने छ ।

–सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।

–हिउँदे र बर्से बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ ।

–पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिनेछ ।

–अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।

–स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवम् परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित

बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ । परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ’परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ ।

यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको परिपत्रमा उल्लेख छ । यसअघि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुई दिने सार्वजनिक बिदा सम्बन्धी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

मन्त्रिपरिषद् बैठकले चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले विद्यालय तहको शैक्षिक क्यालेन्डरमा दीर्घकालीन असर पार्ने नेसनल प्याब्सनले जनाएको छ।

नेसनल प्याब्सनका अनुसार हप्तामा दुई दिन बिदा कायम हुँदा वार्षिक रूपमा करिब ४० दिन थप बिदा हुने अवस्था सिर्जना हुने र सरकारले निर्धारण गरेको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गम्भीर चुनौती उत्पन्न गर्नेछ। यसका कारण पठन–पाठन प्रभावित भई समग्र शिक्षण–सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ।

त्यसैगरी, शैक्षिक सत्र सुरु हुने मिति वैशाख १ बाट १५ गतेमा सार्ने निर्णयले पनि शैक्षिक क्यालेन्डरमा थप दबाब सिर्जना गर्ने नेसनल प्याब्सनको भनाइ छ। दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन गर्न कठिन हुने भन्दै यसले सामाजिक तथा आर्थिक असर पनि पार्ने उल्लेख गरिएको थियो । यी सबैविषयलाई शिक्षा मन्त्रालयले सम्बोधन गर्दै नयाँ शैक्षिक क्यालेन्डर जारी गरेको छ ।

शिक्षा नियमावलीमा एक शैक्षिक सत्रमा हिउँदे र बर्खे बिदा गरेर विद्यालयमा वर्षमा ४५ दिन बिदा गर्न सकिने व्यवस्था छ। यस्तै विद्यालय व्यवस्थापन समितिले थप ५ दिन स्थानीय बिदा दिन सक्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार विद्यालयमा ५० दिन बिदा हुन्छ। यसबाहेक दसैँ–तिहारलगायत विभिन्न चाडपर्व तथा सार्वजनिक बिदा पनि हुन्छ।

शनिबारका साथै अब वर्षको ५० दिन आइतबार बिदा हुने भएपछि विद्यालय खुल्ने र पठनपाठन हुने दिन घटेको छ। यो शैक्षिक सत्रमा विगतका वर्षभन्दा २ हप्ता ढिलो पठनपाठन सुरु भएको छ। शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुलेको हुनुपर्छ।

Advertisement
Advertisement

आइतबारे बिदाका कारण समयमा कोर्स नसकिने र पाठ्यक्रमले तोकेको सक्षमता हासिल नहुने गुनासो शिक्षकहरूले गरेका छन्। पढाउनुपर्ने कोर्स र कन्टेन्ट उही, तर पढाइ हुने दिन घटेपछि पठनपाठन कसरी व्यवस्थापन गर्ने भनेर उनीहरू अन्योलमा भएकामा मन्त्रालयले त्यसको समाधानसहित नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

भर्खरको समाचार

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top