उद्यमशीलता, नवप्रवर्तन र शिक्षा–उद्योग सहकार्यको सशक्त मञ्च बन्यो ‘ग्लोबल ग्याम्बिट ’

१८ साउन , काठमाण्डौ ।

Advertisement

GCI Entrepreneurship Club , ग्लोबल कलेज इन्टरनेसनल (GCI) को आयोजनामा, Gobal College of Technology (GCT) को सहकार्य तथा  The Doers | Become a Doer लगायत विभिन्न साझेदार संस्थाको सहभागितामा २ दिने Gobal Gambit: The Pitchers Arena २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

Image

Advertisement

युवामा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा शिक्षा–उद्योग सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा Academia–Industry Connect, Global Business Mela, Business Idea Pitching, Elevator Pitchतथा  TradeX 100  लगायतका विविध कार्यक्रम सञ्चालन गरिएका थिए।

साउन १५ देखि १७ सम्म आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका १३ वटा कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

Image

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित “Academia–Industry Connect;Where Ideas Meet Opportunities” विषयक प्यानल छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) की पहिलो महिला अध्यक्ष भवानी राणाले उद्योग, नेतृत्व, उद्यमशीलता तथा युवाको भूमिकाबारे आफ्ना अनुभव साझा गर्दै शिक्षा र उद्योगबीचको सहकार्य समयको आवश्यकता भएकोमा जोड दिइन् ।

Image

प्यानल छलफलको सहजीकरण युवा अभियन्ता नवीन गिरीले गरेका थिए । छलफलमा सन्तोस पाण्डे (Country Manager, Yango Nepal),  सीए अनुपमा सङ्ग्रौला (Founder, Bright Academy) तथा प्रकिरण श्रेष्ठ (First Vice President, NYEF Lalitpur)ले उद्योग र शिक्षाबीचको सहकार्य, नवप्रवर्तन, नेतृत्व विकास तथा विद्यार्थीलाई अवसरसँग जोड्ने विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।

Image

त्यसैगरी, Gobal Business Mela मा विद्यार्थी तथा युवा उद्यमीहरूले आफ्ना उत्पादन, सेवा र व्यवसायिक अवधारणाको प्रदर्शन गर्दै प्रत्यक्ष बजार परीक्षण गर्ने अवसर प्राप्त गरेका थिए।

Image

मेलाले विद्यार्थीलाई आफ्ना व्यवसायिक अवधारणाको परीक्षण, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया तथा बजारको अनुभव हासिल गर्ने प्रभावकारी प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत आयोजित Business Idea Pitching Competition मा १३ वटा कलेजका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा Texas International College k|yd, Kasthamandap A-level Academy द्वितीय तथा  Gobal Clloege of Management तृतीय हुन सफल भए।

Image

त्यसैगरी, नेपालमै पहिलो पटक लिफ्टभित्र आयोजना गरिएको Elevator Pitch प्रतियोगिताले विशेष आकर्षण सिर्जना गरेको थियो। सीमित समयभित्र आफ्नो व्यवसायिक अवधारणा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उक्त प्रतिस्पर्धामा Kasthamandap A-level Academy का निशान्त ढकाल प्रथम घोषित भए ।

उद्यमशीलताको व्यावहारिक अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको Tradex 100 कार्यक्रममा प्रत्येक टोलीलाई रु १०० उपलब्ध गराई दुई घण्टाभित्र त्यसलाई प्रयोग गर्दै अधिकतम प्रतिफल सिर्जना गर्ने चुनौती दिइएको थियो।

Image

वास्तविक बजार, जोखिम व्यवस्थापन तथा व्यवसायिक निर्णय क्षमतामा आधारित उक्त प्रतिस्पर्धामा Gobal College International A-Level  टोली विजेता बन्न सफल भयो ।कार्यक्रममा निर्णायकको भुमिका अनुप घिमिरे, साविया शाहा र सदेश गैरेले गरेका थिए।

Image

कार्यक्रम इन्चार्ज नविन गिरीका अनुसार ‘Gobal Gambit: The Pitchers Arena 2026’ ले विद्यार्थीमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, नेतृत्व विकास, नवप्रवर्तन तथा उद्योगसँग प्रत्यक्ष सहकार्य गर्ने संस्कृतिलाई थप मजबुत बनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top