×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026

‘प्रश्न किन लिनुहुन्न’ भन्दै मोदीलाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’

६ जेष्ठ २०८३

६ जेठ,काठमाण्डौ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको विदेश भ्रमणका क्रममा नर्वे पुग्दा एक महिला पत्रकारले सोधेको प्रश्न र त्यसपछिको घटनाक्रमले यतिबेला निकै चर्चा पाएको छ । नर्वेजियन ती पत्रकारले मोदी र भारतीय अधिकारीहरूलाई कडा प्रश्न सोधेपछि उनी सामाजिक सञ्जालमा भाइरल पनि बनेकी छन् ।

Advertisement
Advertisement

नर्वेको ओस्लोस्थित ‘दागसाभिसन’ पत्रिकाकी पत्रकार हेले लिङ भारतीय कूटनीतिज्ञहरूसँग सार्वजनिक रूपमा बहस गरेपछि तथा प्रधानमन्त्री मोदीलाई सञ्चारमाध्यमका प्रश्न किन नलिएको भनेर प्रत्यक्ष प्रश्न गरेपछि चर्चामा आएकी हुन्। सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीले भारतमा कुनै पनि एकल पत्रकार सम्मेलन गरी प्रत्यक्ष प्रश्नहरूको सामना गरेका छैनन् ।

शनिबार नेदरल्यान्ड्सबाट सुरु भएको उनको चार देशीय युरोप भ्रमणका क्रममा प्रेस स्वतन्त्रता तथा मानव अधिकारसम्बन्धी प्रश्नहरू पटक–पटक उठाइएको थियो । सोमबार मोदी नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरसँग संयुक्त वक्तव्यका लागि उपस्थित भएका थिए । कार्यक्रम सकिएपछि दुवै नेता बाहिरिन लाग्दा पत्रकार लिङले ठूलो स्वरमा प्रश्न गरिन्, “प्रधानमन्त्री मोदी, तपाईं विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसका प्रश्नहरू किन लिनुहुन्न ?”

पछि उनले मोदी बाहिरिँदै गरेको भिडियो सामाजिक सञ्जालमा साझा गर्दै लेखिन्, “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मेरो प्रश्न लिनुभएन र मैले त्यस्तो अपेक्षा पनि गरेकी थिइनँ ।” उनले थपिन्, “हामीले सहकार्य गर्ने शक्तिशाली व्यक्तिहरूलाई प्रश्न गर्नु नै हाम्रो काम हो ।” पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ले सार्वजनिक गरेको सन् २०२६ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत १८० देशमध्ये १५७औँ स्थानमा छ ।

भारत अति गम्भीर श्रेणीमा कायम रहँदा गत वर्षको तुलनामा छ स्थान तल झरेको छ । नर्वे भने उक्त सूचकांकमा पहिलो स्थानमा छ । प्रधानमन्त्री मोदीले प्रश्नको जवाफ नदिई हिँडेपछि भारतीय दूतावास र विदेश मन्त्रालयले हेलेलाई औपचारिक प्रेस ब्रिफिङमा आउन निम्तो दिएका थिए ।

सो ब्रिफिङमा हेले र भारतीय विदेश मन्त्रालयका सचिव सीबी जर्जबीच निकैबेर चर्काचर्की भएको थियो । त्यहाँ उनले भारतीय अधिकारीहरूलाई प्रेस स्वतन्त्रता र मानव अधिकारका विषयमा कडा प्रश्नहरू गरिन् । “हामीले तपाईंहरूसँग साझेदारी बलियो बनाउँदै गर्दा किन तपाईंहरूलाई विश्वास गर्ने ?” उनले प्रश्न गरिन् ।

उनले भारतले मानव अधिकार उल्लंघन रोक्ने स्पष्ट प्रतिबद्धता गर्न सक्छ कि सक्दैन तथा मोदीले भारतीय सञ्चारमाध्यमबाट प्रश्न लिन सुरु गर्छन् कि गर्दैनन् भनेर पनि सोधिन् । हेलेका अनुसार उनले भारतमा मानवअधिकारको अवस्था र प्रेस स्वतन्त्रताका विषयमा प्रश्न सोधेकी थिइन्। तर, भारतीय अधिकारीहरूले ती प्रश्नको सिधा जवाफ दिनुको सट्टा भारतले विश्वलाई दिएको योग र कोरोना भ्याक्सिनका बारेमा चर्चा गरेर विषय मोड्न खोजेका थिए ।

हेलेले भनिन्, ‘म प्रेस कन्फरेन्समा कुनै देशको तारिफ सुन्न जाँदिनँ। मलाई मेरा प्रश्नको ठोस जवाफ चाहिन्छ, जुन त्यहाँ पाइएन।’ विश्व प्रेस स्वतन्त्रता सूचकांकमा नर्वे विश्वकै पहिलो स्थानमा छ भने भारत पछिल्ला वर्षहरूमा खस्किएर १५७औं स्थानमा पुगेको छ । नर्वेमा प्रधानमन्त्रीहरू दुर्गम गाउँमा जाँदा समेत त्यहाँका स्थानीय पत्रिकासँग कुरा गर्ने परम्परा रहेको उल्लेख गर्दै हेलेले भारतमा पत्रकारिता चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको टिप्पणी गरिन् ।

उनले थपिन्, ‘भारतमा पत्रकारहरूले निकै सम्हालिएर काम गर्नुपर्ने अवस्था छ । म जबसम्म पत्रकारितामा रहन्छु, नर्वे आउने जुनसुकै राष्ट्रप्रमुखले प्रश्न नलिने प्रवृत्तिको विरोध गरिरहनेछु।’ भारतीय प्रधानमन्त्री मोदीले विदेश भ्रमणका क्रममा बिरलै मात्र प्रेसका प्रश्नहरू लिने गरेका छन्। यसअघि सन् २०२३ मा अमेरिका भ्रमण र २०२५ को फेब्रुअरीमा मात्र उनले सीमित प्रश्नहरूको सामना गरेका थिए ।

यसबीच भारतीय विपक्षी नेता राहुल गान्धीले पनि मोदीको आलोचना गरेका छन् । उनले भने, “जब विश्वले एउटा असुरक्षित प्रधानमन्त्री केही प्रश्नहरूबाट भागिरहेको देख्छ, त्यसले भारतको छविमा कस्तो असर पार्छ ?” गान्धीले लुकाउनुपर्ने केही छैन भने डराउनुपर्ने पनि केही कारण नहुने तर्क गरे ।

गत साता डच प्रधानमन्त्री रब जेटेनले पनि मोदीसँगको भेटअघि भारतमा प्रेस स्वतन्त्रता तथा अल्पसंख्यक अधिकार खस्कँदै गएको विषयमा चिन्ता व्यक्त गरेका थिए । त्यसपछि भारतीय पक्षबाट तीव्र प्रतिक्रिया आएको थियो । ‘दे भोल्क्सक्रान्त’ पत्रिकाका अनुसार जेटेनले सञ्चारमाध्यमसँग भारतमा प्रेस स्वतन्त्रता र अल्पसंख्यक अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।

उनले भनेका थिए, “यो केवल प्रेस स्वतन्त्रताको प्रश्न होइन, अल्पसंख्यकहरूको अधिकारको विषय पनि हो । विशेषगरी मुस्लिम समुदायमाथि गम्भीर दबाब देखिएको छ । अन्य साना समुदायहरू पनि प्रभावित छन् ।” उनले मुख्य चिन्ता भारतमा सबैलाई समान अधिकार सुनिश्चित हुन्छ कि हुँदैन भन्ने रहेका बताएका थिए ।

मानव अधिकार समूहहरूले पनि मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)का अभिव्यक्ति, हिन्दू धार्मिक चाडपर्वको समयमा हुने साम्प्रदायिक हिंसा तथा मुख्यतः मुस्लिम समुदायका सम्पत्तिमाथि राज्यको प्रायोजित रूपमा देखिएको कारबाहीबारे बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् ।

यसैबीच नर्वेली पत्रकार हेले लेंगले आफ्नो फेसबुक र इन्स्टाग्राम खाताहरू निलम्बित गरिएको बताएकी छिन् । उनले इन्स्टाग्राममा एक पोस्ट मार्फत यो कुराको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छिन्, ’यदि तपाईं मलाई इन्स्टाग्राम वा फेसबुकमा सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने, म तपाईंलाई जानकारी गराउन चाहन्छु कि मेरा दुवै खाताहरू निलम्बित गरिएका छन्। म सकेसम्म धेरै भारतीयहरूलाई जवाफ दिन चाहन्थेँ, तर अब मेरा जवाफहरू ढिलाइ हुनेछन्। मलाई आशा छ कि म मेरा खाताहरू फिर्ता पाउनेछु।’

Advertisement

यसअघि, अर्को पोस्टमा उनले लेखेकी थिइन्, ’मलाई दिनभरि मेरो इन्स्टाग्राम खातामा लग इन गर्न समस्या भइरहेको छ। मेरो खाता अब निलम्बित गरिएको छ। प्रेस स्वतन्त्रताको लागि तिर्नु सानो मूल्य हो, तर मैले पहिले कहिल्यै यस्तो अनुभव गरेको थिइनँ।’

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top