अर्थतन्त्रलाई गति दिन बैंकिङ क्षेत्रसँग सहकार्य आवश्यक छः अर्थमन्त्री वाग्ले

१८ साउन ८३, मंगलबार

 

Advertisement

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणाली उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र रहेको बताउँदै आर्थिक रूपान्तरणमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

निजी क्षेत्रका उद्योगी व्यवसायीसँगको छलफलपछि बैंकिङ क्षेत्रसँग संवाद गरिएको उल्लेख गर्दै उनले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि सरकारले स्पष्ट दिशा तय गरेको र अब त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए । “हाम्रो साझा लक्ष्य नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने हो,” अर्थमन्त्री वाग्लेले भने।

Advertisement

उनले ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा रूपान्तरण हुन नसकेकोलगायतका विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए।अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणको प्रभावकारिता र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वयबारे बैंकर्सहरूसँग सुझाव मागे।

सरकारले नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार कानुन, प्रक्रिया र संस्थागत समन्वयमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

“सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमन हुने निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो,” अर्थमन्त्री वाग्लेले भने ।

उनले छलफललाई समस्या पहिचानमा मात्र सीमित नराखी समाधान, समयसीमा र जिम्मेवारीसहित अघि बढाउने बताए । बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि र उच्च आर्थिक वृद्धि हासिल गर्ने साझा उद्देश्यका साथ आजको संवादबाट कार्यान्वयनयोग्य निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top