नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

१९ साउन ८३, बुधबार

काठमाडौं — नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको सरकारको भनाइ छ।

Advertisement

शपथ ग्रहणपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिइन्। उनले औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्। मन्त्री मेहताले परिषद्को नेतृत्वले गुणस्तरीय औषधि सेवा सुनिश्चित गर्दै फार्मेसी क्षेत्रको सुशासन र पेशागत मर्यादा अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top