१ वर्ष नपुग्दै फुट्यो प्रलोपा

२१ साउन ८३, बिहीबार

काठमाडाैं- पार्टी गठन भएको एक वर्ष नपुग्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएको छ। हाल पार्टीको नेतृत्वमा रहेका सन्तोष परियार र दुर्गा सोव अलग हुने सहमतिमा पुगेका हुन्।

Advertisement

परियार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर तथा सोव नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) परित्याग गरेर गत वर्ष मंसिरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए। डा. बाबुराम भट्टराईलाई संरक्षक बनाएर पार्टी अघि बढाउने तयारी भए पनि माओवादी पृष्ठभूमिबाट आएका नेताहरूबीच, विशेषगरी जनार्दन शर्मा पक्षसँगको टकरावका कारण संगठनले अपेक्षित गति लिन सकेन।

२१ फागुनको निर्वाचनपछि पार्टीभित्रको आन्तरिक विवाद झन् चर्किँदै गयो। अध्यक्ष परिषद्का सदस्यहरू नै कोही पार्टी छाड्ने, कोही निष्क्रिय हुने अवस्थामा पुगेपछि संगठनभित्रको संकट गहिरिएको थियो।

Advertisement

बुधबार दुवै पक्षबीच भएको सहमतिअनुसार अलग–अलग बाटो रोज्ने निर्णय गरिएको हो। सहमतिअनुसार दुर्गा सोवले आफ्नो पुरानो पार्टी पुनः ब्युँताउने भएकी छन्। प्रलोपाको निर्वाचन चिन्ह ‘आँखा’ पनि उनैले पाउने सहमति भएको छ।

यता सन्तोष परियारले भने प्रलोपालाई नै निरन्तरता दिने भएका छन्। यद्यपि, उनले नयाँ निर्वाचन चिन्ह लिनुपर्नेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top