प्रधानमन्त्रीको अपिल ‘ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्’

२३ साउन ८३, शनिबार

२३ साउन , काठमाण्डौ ।

Advertisement

काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै आफ्ना महत्त्वपूर्ण निर्णय, योजना र धारणाहरू आम नागरिकसमक्ष पुर्‍याउन सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै आएका बालेन्द्र शाह ९बालेन० ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पनि सोही शैलीलाई निरन्तरता दिएका छन्।

प्रधानमन्त्री शाहले पछिल्लो समय देशमा देखिएका विविध समस्या र नागरिकको बढ्दो निराशालाई सम्बोधन गर्दै धैर्य रहन देशवासीलाई आग्रह गरेका छन्। पछिल्ला केही दिनयता देशको परिस्थिति निकै असहज बन्दै गइरहेको छ।

Advertisement

एकातिर मुलुकभित्रै नागरिकले आत्मदाह गर्नेजस्ता अत्यन्तै हृदयविदारक र गम्भीर घटनाहरू बाहिर आइरहेका छन् भने, अर्कोतिर बजारमा खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुको हाहाकार देखिएको छ। यति मात्र नभई, देशमा रोजगारी र भविष्य नदेखेर विदेशिनका लागि राहदानी ९पासपोर्ट० बनाउने युवाहरूको लामो र कहालीलाग्दो लाइन दिनहुँ देखिन थालेको छ।

जनजीविकाका यस्ता ज्वलन्त समस्याहरू तत्काल समाधान नभएको भन्दै बालेन नेतृत्वको सरकारमाथि सामाजिक सञ्जाल र नागरिक स्तरबाटै तीव्र आलोचना र विरोध सुरु हुन थालेको थियो। चौतर्फी रूपमा उठेका यिनै जनगुनासो, असन्तुष्टि र प्रश्नहरूलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहले शुक्रबार राति आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भावुक तर अर्थपूर्ण सन्देश जारी गरेका हुन्।

Advertisement

उनले सरकारले सुधारका काम गरिरहेको सङ्केत गर्दै, सही नतिजा आउन केही समय लाग्ने भन्दै जनतालाई आश्वस्त पार्ने प्रयास गरेका छन्। नागरिकलाई हतारोमा निराश नहुन र नआत्तिन अपिल गर्दै प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा लेखेका छन्, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।”

बाहिरबाट हेर्दा र सुन्दा जस्तो लाग्छ, सरकार सञ्चालनका क्रममा भित्री यथार्थ सधैँ त्यस्तो नहुने भन्दै उनले आफूले गरिरहेको सङ्घर्षको पनि सङ्केत गरेका छन्। काम गर्ने क्रममा आउने अवरोधहरूको सामना गरिरहेको प्रस्ट पार्दै उनले थप लेखेका छन्, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

प्रधानमन्त्री भएपछि पनि शाहले सामाजिक सञ्जालमार्फत नै जनसंवाद गर्ने आफ्नो पुरानै शैलीलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेका छन्। स्मरण रहोस्, केही दिनअघि मात्रै शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले दिने कर छुटको महत्त्वपूर्ण घोषणा पनि उनले सुरुमा सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेर त्यसलाई मन्त्रिपरिषद्‌ (क्याबिनेट)बाट पास गराएका थिए।

नागरिकले उनीमाथि राखेको उच्च अपेक्षा र अहिलेको कठिन परिस्थितिको बीचमा उनले दिएको यो सन्देशले सरकार सुधारको बाटोमै रहेको तर त्यसको परिणाम देखिन केही समय लाग्ने सन्देश दिएको छ। उनले ‘एक्लै लड्नुपर्छ’ भन्नुले पुराना प्रशासनिक झमेला र राजनीतिक व्यवस्थाभित्र रहेका चुनौतीहरूसँग उनी जुधिरहेको विश्लेषण समेत गर्न थालिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top